सदरमुकाम महेन्द्रनगरमा व्यापार न्युन, चहलपहल सुन्य जस्तै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १२ जेठ
सधै चहलपहल भिडभाड रहने महेन्द्रनगर स्थानीय निकायको स्थापनासँगै मन्दी देखिएको छ । केही वर्ष पुर्व पुर्णागिरी माताको दर्शन गरी सिद्धबाबाको दर्शन अनिवार्य मानिएकोमा विगत देखि नै सिद्धबाबाको स्थापना ब्रहमदेवमा भएको तथा पुरानो ब्रहमदेव कवानी डाडाकै फेदमा
पौराणिक पुरानो सिद्धबाबाको मन्दिर समेत रहेको र टनकपुर पुर्णागिरी मन्दिर देखि नजिकमा रहेको तथा सुविधाजनक रहने भएकोले महेन्द्रनगर बजारमा भारतीय आगन्तुकहरु घटदै गएका छन् ।
त्यस्तै सरकारी सेवा सुविधाको काम पनि गाउँ नगर पालिकाहरुमा हुने भएकोले जिल्लामा आउने सेवाग्राहीको संख्या पनि न्यून रहेको छ । अर्को तर्फ व्यापार गर्ने स्थान व्यक्तिहरुले पनि गाउँ ठाउमा नै सुविधा लिन दिन गाउपालिका र नगरपालिकाहरुका चोक चोकमा स्थानीय बजार निर्माण भई सकेकोले पनि सदरमुकामको भिडभाड व्यापारमा कमि आएको छ । केवल भारतमा समयानुकुल रोजागरी गरी घर फर्कनेहरु पनि भारतबाट रात्री बसबाट आई विहान महेन्द्रनगरमा पुग्ने वित्तकै पहाड मधेशतर्फका बसहरु यात्री लगेर गैहाल्ने हुँदा महेन्द्रनगरको बजारको अवस्था र झलारी दैजी बेलौरी वाणी,
कृष्णपुर, पुनर्वास, गड्डाचौकी, जिमुवा, लगायत बजारहरु जस्तै देखिन गएको छ सदरमुकाम महेन्द्रनगरको बजार ।
सरकारी पक्षबाट व्यापारीको शोषण खेतीपातीमा असिना पर्छ अनिकालको अवस्था पनि किसानले भोगेका हुन्छन् सरकारबाट न्यूनतम नै भए पनि
राहत दिने गर्दछन केही नभए पनि मालपोत सम्म मिनाहा गरेको हुन्छ तर साना
व्यापारीहरु प्रति सरकारको दृष्टिको त्यस्तो छैन व्यापारी माथि शोषण भइरहेको छ । भन्सार दरबन्दी वैज्ञानिक छैन न भन्सार महसुल बुझाउन र बुझ्न सुलभ छ पहिले निजामती कर्मचारीहरुमा मात्र भन्सार दरबन्दीमा जान हानथाप लगानी हुने गरीन्थ्यो भने आज सुरक्षा निकाय लगायतका विभिन्न निकायहरुको आँखामा रहेको भन्सार, भन्सार दरबन्दीमा कम मुल्य लिने गरेमा बढी व्यापारीहरुको संग्नता हुने थियो र लामो प्रक्रिया नभई छोटो प्रक्रियाबाट भन्सार महसुल लिने दिने व्यवस्था भएमा बढी राजश्व असुल हुने थियो । व्यापारीहरु हमेशा संकटमा रहेका छन कहिले ख्यालठट्टामा बजारबन्द गराउछन बन्द कर्ताहरुले, कहिले चन्दा आतंक हुन्छ भने कहिले प्रतिस्पर्दाको नाममा घटाघट असिमित गराउनु पर्छ तै पनि व्यापारीले सहनै पर्ने भएको
छ ।
विश्व विद्यालय जस्तो व्यापारीको भुक्तानीमा पनि हिस्सा खोजी भुक्तानी नदिनु वर्षौसम्म साना व्यापारीको रकम रोक्नु त्यसबारे पिडा सुनिदिने पनि कोही नहुने जस्ता क्रियाकलापहरु भई रहेका छन् । उत्पादन हुदाखेरी देखि नै विदेशी कम्पनीहरु सित मिली ठूला कम्पनीहरु सित सरकारले मिलोमतो गरी सिन्डीकेट तरिकाले भारतीय विदेशी कम्पनीहरुबाट जीप, कार, मोटरसाईकल, टेक्टर आदि कृषि औजार सामग्री समेत एकद्वार प्रणाली अर्थात सिन्डिकेट तरिकाले नेपाली जनताले चौगुणा बढी मुल्यमा खरिद गर्नु परेको छ ।
सर्वसाधारण महेन्द्रनगरका स्थानीय व्यापारी यदि व्यापारीकै भरमा
रहेका भए आफ्नो र आफ्ना कामदारको लागी दैनिक ज्यालासम्म पनि आउने थिएन घरघाडा तिर्न त परै जावस तर यहाँ सबैको खेतवारी छ साझ घरमा बस्छन खाना घरमा नै खान्छन र झण्डै अतिरिक्त कारोबार झै रहेकोले स्थानीय व्यापारी टिकी रहेका छन् । १० वर्षे द्वन्दकालमा गाउँतर्फका व्यापारीहरु जुन विद्रोहीको विपक्षमा थिए उसले अथाह दुःख पाए तर आजसम्मको कुनै पनि सरकारले हेरेन महेन्द्रनगरकै कुरा गर्दा धेरै व्यापारीहरु महेन्द्रनगर नगर विकास समिति, नगरपालिका तथा साल्ट ट्रेडिङको भवन सटरहरु भाडामा लिई बसेका छन् ।
नगर विकास समितिले २०४०÷४१ मा १५ हजार धरौटी लिई भाडामा दिएको हो भने करिव ५४÷५५ सालतर्फ नगरपालिकाकै त्यस्तै ६३÷६४ तर्फ साल्ट ट्रेडिङले सटर सुरु भाडामा दिएको थियो । १५ हजार धरौटी रहेको सटरहरुको भाडा करिव २ हजार देखि ३ हजारसम्म मासिक छ भने बढाबढमा लिएका भवनहरुको भाडा दर ३३०० देखि ७ हजारसम्म रहेको छ भने साल्ट ट्रेडिङले ५÷६ हजारसम्म लिने गरेको भए पनि पुनः बढाबढको लागी ३ पटक टेन्टर निकाली सकेको भए पनि व्यापार मन्दी भएकै कारण कसैको पनि टेन्टर दर्ता हुन नसके पनि सरकारले व्यापारीहरुलाई आतंक गर्न छोडेको छैन ।
नगर विकासको भाडा दरको बारेमा पुर्व क्याम्पस प्रमुख, महेन्द्रनगर नगर विकास समितिका पुर्व अध्यक्ष समेत रहेका यज्ञराज भट्ट भन्नु हुन्छ पहिले व्यापारीहरुले राखेको धरौटी रु १५ हजारमा त्यसबेला ३ वटा घडेरी पाइन्थ्यो आज भाडा थोरै छ भन्छन् तैपनि भाडामा केही प्रतिशत सम्म भाडा बृद्धि गर्नु स्वभाविक हो तर व्यापारीहरुको प्रतिनिधि संस्था उद्योग वाणिज्य संघ र व्यापारी सित सल्लाह गरेर भाडामा हेरफेर गर्नु ठीक हो भन्नुहुन्छ भने त्यस्तै मनसायका विचर व्यक्त गर्नु हुन्छ महेन्द्रनगरका व्यापारीहरु ।
व्यापारीहरुको अभिभावक सरकार नै भएकोले सरकारीतर्फबाट व्यापारीहरुलाई कयौं पटक घरखाली गर भनि पत्र दिनु ३÷४ पटक पुनः घरभाडाको लागी टेन्टर निकाल्नु जायज होइन यसरी सताउने भए हाम्रो लगानी फिर्ता गरीदेउ तिम्रा भवनमा तिमी नै राज गर भन्नु हुन्छ साल्ट ट्रेडिङ भवनका सटरहरुमा मोबाईलको व्यापार गरि बस्ने दुई जना व्यापारीहरु ।
घर भाडाबाट मनग्य आम्दानी गर्ने नगर विकास समिति महेन्द्रनगर नगरपालिका तथा साल्ट ट्रेडिङले पनि सार्वजनिक सौचालयको व्यवस्था सम्म
गरेको छैन । सदरमुकाम भन्दा बाहिरबाट आउने आगन्तुक सेवाग्राहीहरु पिसाव फेर्ने ठाउँ खोजिराखेका हुन्छन र व्यापारीहरुले बजारमा त्यो ठाउँ देखाउन नसक्दा शीर निहुराउन परेको छ यसतर्फ सम्बन्धित निकायको ध्यान जानै पर्छ भन्छन व्यापारीहरु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *