सार्वजनिक कृषि सडकहरुको सिमाना प्रष्ट हुनु पर्यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १२ जेठ
नेपालको जग्गा वितरण प्रणाली न्याय संगत नभएकाले देश विकासमा पनि अवरोध आएको छ । नयाँ वसोबास व्यवस्थित भएका क्षेत्रहरुमा पुनरवास क्षेत्र आरक्ष विस्तार आयोजनाबाट खाली गराई पुनरर्वास गराएका क्षेत्रमा व्यवस्थित बाटाघाटा बस्तीहरु छन, त्यस्तै अव्यवस्थित बसोबास भएको क्षेत्रमा सिचाईको नहर प्रणालीले गर्दा बाटाघाटाहरुमा केही सुलभता आए पनि राजमार्ग उत्तरका सम्पूर्ण सडकहरुमा एकरुपता छैन । एकै सडक पनि दर्जनौं ठाउँमा चौडाई घटी बढी छ । कुनै ठाउँको सडक नक्सामा छैन भने कुनै ठाउँको सडक नक्सामा छ तर फिल्डमा नक्सा जस्तो छैन । नापी हुने बेलामा अज्ञानता र स्वार्थको कारणले गाउँको जल्लादहरुले नक्साबाट बाटो कटाउन लगाई आज उनीहरु (जसलाई सडक चाहिदैनथ्यो) लाई समेत अपठ्यारो भएको छ । निर्माण काम पनि रोकिएका छन् यसतर्फ स्थानीय न.पा., गा.पा.हरुको विशेष ध्यान जानु पर्नेछ । स्थानीय निकायले कडा रुपमा उत्री यस्ता सार्वजनिक सम्पत्तिमा हक जमाउने माथी कारवाही गरी यदि संरचना बनाएको भए पनि तोडी सडक खोल्ने चौडा गर्ने निर्माण गर्ने काममा पछि पर्नु हुदैन भन्दछन् सेवाग्राहीहरु । नगर क्षेत्रको फिल्ड निरिक्षण गरी नगरको गुरुयोजना समयमा नै तयार गरी त्यही बमोजिम चल्नु पर्ने आजको माग रहेको छ । यदि जनताबाट निर्माण काममा अवरोध नै गरिने हो भने जमिनको वितरण प्रणाली नै बदल्नु पर्छ तर त्यस्तो कार्य गर्न नगरको गुरुयोजनाको आवश्यक पर्ने हुँदा जनतालाई प्रत्यक्ष नोक्सान पनि पर्दैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *