भुकम्प सम्बन्धि सचेतना सडक नाटक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ११ जेठ
कञ्चनपुरको भिनपा २ उल्टाखाम स्थित सरस्वती माध्यमिक विद्यालयमा भुकम्पबाट कसरी बच्ने सम्बन्धि सचेतना सडक नाटक प्रर्दशन गरिएको छ ।
भुकम्प आएको बेला जनधनको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बिषयलाई लिएर सडक नाटक प्रर्दशन गरिएको हो । नाटक प्रर्दशन कार्यक्रममा भिनपा २ का वडा अध्यक्ष डम्बर कार्की प्रमुख अतिथि रहेका थिए । उनले सडक नाटकका माध्यमबाट दिएको संदेस राम्रो भएको र यस्ता नाटकहरु भीमदत्त नगरपालिकाको सबै वडाहरुमा प्रर्दशन गरि सचेतना फैलाउन बडा मार्फत रकमको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरे । एकता संस्था भीनपा २
कञ्चनपुरको आयोजनामा नाटक प्रर्दशन गरिएको हो । संस्थाका अध्यक्ष महेश प्रसाद भट्टको अध्यक्षतामा आयोजना गरिएको सडक नाटकको सञ्चालन संस्थाका महा सचिव चेतराज भट्टले सञ्चालन गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *