समाजवादको अर्थ साझेदारी सरह

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

साझेदारी कम्पनी सरह गणना भएको छ समाजवाद । नेपालमा साझाका वसहरु समाजवाद कै रुपबाट संचालित भएका हून । वित्तिय संस्थानहरुमा बैंक यातायात यि सबै समाजवादकै अवधारणामा संचालन भएका हुन भन्नमा आपत्ति छैन, यि कुराहरु हाम्रा नेताहरुले नबनाई दिएर प्रकृतिले नै बनाई दिएको हो । यस प्रकृयाको बिकास गर्न मात्र इमानदारी नेताको आवस्यकता पर्दछ । अन्यथा साझा सम्पत्तिको लुटपाट निश्चित रहेको पाईन्छ । समाजवादको आड भरोसामा सामाजिक (सामुहिक सम्पत्तिमा क्षेति पु¥याउने काम हर क्षेत्रमा भएको छ ।)
समाजवाद प्राकृतिक नियम हो । ७०।८० वर्ष पुर्व देशको जनसंख्या थोरै थियो । वेइमानी देशहरुको हावा यहाँ पुग्न वाँकि थियो । हरेक कठिन कार्यहरु सामुहिक रुपमा गरिन्थ्यो । सामुहिक खेति, सामुहिक खेडी (घोडी) मिलेर घर वनाउने टाढा टाढाबाट धुरि वसाला पात्थर बोक्ने काम खेडीको नामबाट सामुहिक हुने गर्दथे ।
आज स्वार्थी समाजमा समाजवादी भित्रबाट हटाई गोठमा पुग्न गएको छ । पशुहरुमा समाजवादको वृद्धि हुदैछ तर मानवले छोडी सक्यो । जनतालाई ठगी सकेको छ । आज सु.प.को तराई वेल्टमा बर्षभरि दोहन गरेर छोडेका गाई बाच्छाहरु सयौँ घरबाट छोडिएका भएपनि सँगै हिड्ने सडकको वासमा पनि सँगै बस्ने सत्रुको प्रतिकार सामुहिक रुपमा गर्ने गरेका छन । जंगली जनावरको एकताझै छाडा पशुमा पनि भएको छ । जंगली पशुमा त एकदम सक्रियता रहेको हामी पाउछौँ । पशुहरुको समाजबाद अत्यन्त विचारणिय छ । अवको समाजवाद प्रेम पुर्वको हुने छैन । मनुष्य आफ्नै तरिकाको प्रगति चाहन्छ त्यसकारण पशुतुल्य समाजवादको आवस्यक छैन । तर प्राकृतिक समाजलाई जतिसुकै खलबल्याए पनि खलबलिने छैन । सभासदहरु निति कार्यपालिका व्यवस्थापिका वनेको छ । नरनारी विना श्रृष्टी हुदैन कम्पनीहरु साझेदारीमा नै चलेका छन् । यात्रु, बस, रेल, हवाई जहाजहरु समाजले नै चलेका छन् यी यस्ता प्रक्रिया पनि समाजबादकै निसानी हो । तानाशाहमा पनि समाजवादकै जरुरत पर्छ । कुनै पनि वादमा इमान्दारीता चाहिन्छ तर पनि कट्टर समाजवाद जंगलका मृगहरुमा छ अन्य पशुपन्छीमा छ तर मनुष्य त्यस्तो समाजवाद पहिले चहान्थे आज चहादैनन् । आफ्नै कुराको समाजवादमा अटल थिए राउटेहरु अव उनी पनि आधुनिकता तर्फ जादैछन् । प्राकृतिक समाज विना कुनै पनि प्राणी बाच्न सक्दैन त्यो सत्य हो तर कसैले म समाजवाद राजनीतिमा लागु गर्छु भन्छ भने त्यो वाहियात हो । उनीहरुले निर्माण गरेको समाजवादमा स्वार्थ लुकेको हुन्छ ।
संघियता खारेजीको विकल्प छैन
ठूला ठूला विद्वानहरुबाट नेपाललाई संघीय प्रणालीमा लागेता पनि त्यस्तै अन्य विद्वानहरुको भनाई रहेको छ कि संघीयता खारेजीको विकल्प छैन । संघीयताले भावी दिनहरुमा राष्ट्र जोगाउन धौधौ पर्ने छ तर विकास र विनास संगसंगै हुनेहुँदा तुरुन्त
खारेजीको माग गरिएको छ । संघीयताले संविधान निर्माण गर्दा जनमत लिएको भए संघीयताको उत्पत्ति हुने थिएन, नेपालको संघीयता विखण्डन जस्तो भएकोले अब यसलाई एकिकरणको जरुरत पर्ने जनधारणा रहेको छ त्यसकारण संघीयतालाई जनताले दुःख पाउनुपुर्व नै खारेज गरी विकेन्द्रिकरणको आधारमा हालका गाउपालिका र नगरपालिकालाई यथास्थानमा राज्य व्यवस्था सञ्चालन गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *