के हो गणतन्त्र दिवस ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज विश्वभरी धेरै किसिमका दिवस मनाउने गरेका छन् । नेपालको हकमा पनि यस्ता दिवसमा सर्वप्रथम २००८ सालदेखि प्रजातन्त्र दिवस मनाउन सुरु गरे जुन यस वर्ष मात्र हटेको छ । सरकारी संस्थानमा विदा दिने काम क्यालेन्डरबाट हटेको छ । २०७५ मा प्रजातन्त्र दिवस फागुन ७ गतेपछि मनाईने अर्को पर्व हो पुस १ गते संविधान दिवस २०१९ को त्यस्तै प्रजातन्त्र दिवसलाई कायम राखी नया“ संविधान २०४७ को दिवस कार्तिक २३ गते रह्यो भने साथ साथै अरु दिवस पनि यथा स्थितिमा रहे भने नेपालको संविधान दिवस पुस १ गतेबाट कार्तिक २३ मा सर्यो । कार्तिक २३ को संविधान दिवस असोज ३ गते ३÷४ महिना तल झर्यो प्रजातन्त्र दिवस लाजकाज पचाएर भएपनि फागुन ७ मा नै बस्न र बाच्न पुग्यो । प्रजातन्त्र दिवस २०६२÷६३ पछि अपहरण भई आज लोकतन्त्र दिवस आएको छ । जेठ १५ गते गणतन्त्र दिवस २०७५ लाई धुमधामका साथ मनाउने भनि सरकारले घोषण गरि सकेको छ । त्यस्तै सबै भन्दा बढी मनाईने प्रजातन्त्र दिवस तथा संविधान दिवस हुदा त्यसको यौटा झझल्को आउछ कि पुसको १ गतेको जाडोमा शिक्षक विद्यार्थी कर्मचारी सबैको उपस्थिति अनिवार्य गरिन्थ्यो आज त्यस्तो छैन । आज देशले धेरै दिवस मनाउदै छ त्यसमध्ये नारी दिवस, मानव अधिकार दिवस, बाल अधिकार दिवस, निजामती कर्मचारी दिवस तथा कण्डम दिवसहरु पनि मनाउने गरेका छन यि सबै दिवसको आ–आफ्नै महत्व छ । मानव समाजलाई सञ्चालन गर्ने यी सबै दिवस मध्ये प्रमुख शहीद दिवस किन हो भने त्यो दिवस आफू मेटिई अरुलाई दिने दिवस पनि हो । यौटाबाट सत्ताखोसी अर्कोलाई दिने काम मात्र गर्दैन कि अरुलाई फलाउने र फुलाउने काम पनि गर्दछ । प्रजातन्त्र दिवस र लोकतन्त्र दिवस समान प्रकृतिका जस्तै हुन भने गणतन्त्र दिवस अलग प्रकृतिको हो । संघीयता गणतन्त्रका आज घोर विरोधी देखिएका जनमोर्चाका अ.चित्रबहादुर केसी मात्र हुनु हुन्छ भने उनलाई साथ दिनेको संख्या पनि बृद्धि भईरहेको
छ ।
सही सत्य कुरा र तथ्य के हो अझै एकिन भएको छैन, प्रजातन्त्र र लोकतन्त्रमा रहेको भिन्नता जनतामाझ ल्याएको सुनिदैन । व्यवहार हर्कत काम कारवाही लोकतन्त्र र प्रजातन्त्रमा उस्तै उस्तै लाग्छ । एक अर्काले अर्थात चित्र बहादुर बामको एक २ वटा घटके नरुचाए पनि कसको के लाग्छ हिजो संवैधानिक राजतन्त्र चहाने बाम र संवैधानिक राजतन्त्र नचाहने बाम कुल मिलाएर हत्या हिंसा ध्वन्सात्मक नचाहने बाम मात्र हैन कि राजाको घाटी सित आफ्नो घाटी जोड्ने कांग्रेसले राजसंस्था काटिदा आफ्नो घाटी वडा जतनले काटिनबाट बचाएकै कारण र नेपाली जनताको वैदिक सनातन हिन्दु अधिराज्यलाई तहसनहस पारेकै कारणबाट समेत जनताबाट तिरस्कृत हुनु परेको यथार्थको मनन् गर्नै पर्दछ ।
आज विश्व स्वास्थ्यकर्मि तथा मेडिकलहरुले बडो धुमधामका साथ कण्डम दिवस मनाउछन भने प्रजातन्त्र दिवस राष्ट्रिय एकता दिवस जस्ता महान पर्वहरु कसरी मनाई रहेका छन हामी सबैको सामु छ जुन बाटो गए पनि पुग्ने ठाउ एउटै हो । जनचाना बमोजिमको काम नेताहरुले गर्नुको विकल्प छैन । यस्ता यी दिवसहरु केवल कागजी कारवाहीमा मात्र मनाउने हैन कि जनताले यी दिवसहरुको महत्व बुझीने गरी आफ्नो घरदैलोमा लगिसक्नुपर्ने देखिन्छ । जनताको हितको लागी जे जति आजसम्म काम गरिदै आए यी सब एकै प्रकृतिका हुन तर सत्तामा पुग्न मात्र फरक देखाई नेताहरुले भाषणमा मात्र यी कुरा सिमित राखेका छन् । हो आज इतिहासहरु मेटाउने काम भएको छ, जुन हुनु पर्दैनथ्यो त्यही भईराखेको छ त्यसकारण राष्ट्रिय तथा स्थानीय नेता कार्यकर्ताहरुले देशको पहिचान जिवित राख्न सक्नुपर्छ त्यो नै हाम्रो धर्म हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *