जनता निरिह हुँदा रहेछन्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जंगबहादुरको उदयको समय देखी भन्दा पुर्वको कुरा गर्दा त्यो बेलाको समाज अबिकसित थियो । तैपनि नेपालको निर्माण गर्न पृथ्वी नारायण शाहले गरेका हरेक युद्धरत कामले विशाल नेपालको निर्माण भएको थियो । जंग बहादुर राणाले गरेका हरेक कामको बारेमा सबैलाई थाहा नै छ त्यसबेलामा नेपालको सत्ता राजाहरुको हातमा थियो । खोसेर आफुले लिदा व्यवस्थामा परिवर्तन भएका थिए तर जनताको इच्छा अनुसार भने भएको होईन । जनताको इच्छा विपरित शासन सत्ता फेरियो । राणा शासनको विरुद्धमा राजा त्रिभुवनलाई समेत हातमा लिई पंडित जवाहरलाल नेहरु (भारतका प्रधानमन्त्री) ले राणा विरुद्ध लडाई छेड्न सहयोग गरे पनि २÷४ जनाको सहमति बाहेक जनताको कुनै मतलिने दिने मौका जनताले पाएन । २००७ मा शासन व्यवस्था परिवर्तन भयो जनता भने टुलुटुलु हेरी रहे ।
त्यस्तै २००७ मा प्राप्त व्यवस्थालाई २०१७ मा फालियो त्यो पनि जनमत लिईएन बरु पछि सहमत गरायो र जनतामा सहमतिका केही संकेत देखिए । २०३६ सालमा त्यस्तै अवस्था आयो तर जनमत संग्रह भयो जनता पक्ष विपक्षमा विभाजित भए । २०४६ मा परिवर्तन भयो निर्दलको ठाउँमा बहुदलिय व्यवस्था आयो नाम जनआन्दोलन रह्यो जनताको जनमत बेगर बलजफति फेरियो । ऐन कानून संविधान देशले मान्नै पर्दछ यदि मानेन भने दुर्घटना हुन्छ । सामान्य सवारी सञ्चालन दाया वा बाया देशको नियम बमोजिम पालना गरेन भने अवश्य भयानक दुर्घटना हुन्छ । २०४७ सालको संविधानको पालना नगरेको बाम घटकहरुलाई रामचन्द्र बाजे, गिरिजा प्रसाद कोईरालाले गिज्याएकै कारण र प्रजातान्त्रिक तरिकाले सभासदहरु पुष्पकमल दाहाल,
बाबुराम भट्टराई समेतले सरकारसँग जनताको हितको लागी केही मागेका मागहरुको मात्र खिल्ली नउडाई नेपालको संविधान २०४७ बमोजिम राजनितिक पार्टीसमेत खोल्न नदिएकोले बाध्य भई एक गु्रपले जंगल पसी हात हतियार उठाई सशस्त्र आन्दोलन गर्न तम्सियो ।
प्रथम पटक ब्यारेकमा सुतीरहेका सैनिक माथि मात्र हैन कर्तव्य हराम सैनिक कर्मचारीको सहयोगमा दाङ सैनिक व्यारेकमा आक्रमण गरी हतियार लुट्नमा बिद्रोही दल सफल भएको थियो । माओबादी नियन्त्रणको लागी राजा बिरेन्द्र प्रधानसेनापती, प्रधानमन्त्रि गिरिजा प्रसाद कोईराला बिच बिबाद र अलग अलग मतमतान्तर रहेकाले तिनै पक्षमा बिछोड परेको थियो । ने.का र एमालेका नेताहरुले सारा जनताका हल्ला चलायो कि प्रचण्ड भनेको छदैछैन प्रचण्ड त ज्ञानेन्द्रलाई नै भन्ने गर्दछन् र ज्ञानेन्द्र नै माओबादीका प्रमुख हुन भन्ने गरेका थिए । जब एमाले ने.का.का नेताहरु स्वयम त्यस्तो भन्दथे भने खाली अफबाह हो भनी जनताले बुझ्न सकेन । त्यस्तै जब राजाको हत्या भयो छानबिन आयोगमा नेता माधब कुमार नेपाल नियुत्ती गरिए तठस्थ कुरा बाहिर आउला भन्ने कुरामा जनता आसाबादी थिए तर पछि छानबिन गर्नबाट पछि हटे मनगडन्ते भ्रमिक कुरा मात्र गर्न थाले । जनताका कानमा त्यही भ्रामक कुरा पार्यो हत्यामा राजा ज्ञानेन्द्रको हात हो भन्ने जनताका कुरा जनतालाई थाहा हुदैन त्यही कुरालाई पार्टीगत तरिकाले जनता माझ अलग अलग कुरा जान्छ र जनता पनि आफु नजिकमा नेताको कुरा सही हो भन्ने मान्छे तर तथ्य कुरा जनता पनि बुझ्न खोज्दैनन् । २०६२।६३ का आन्दोलनको बिन्दु २०५२ सालमा रोपिएको हो । माओबादी एमालेको बारेमा ने.का.का सभापति गिरिजा झुटा प्रचारबादी गर्न थाले फलमा द्धन्द हिंसा, हत्या समानताको व्यबहारको सुरुवात देशभर भयो ।
२०६३।६४ मा २।३ जनाको हटले देशभर अबैधानिक तरिकाबाट नेपालको संबिधान २०४७ को संबिधान बमोजिम निर्माण र सोही बमोजिम म्याद सकिई विगठनमा रहेका संबिधान सभा एकल लड्ने गिरिजाले पहल गरि राजा ज्ञानेन्द्र शाहलाई समेत गलत सल्लाह दिई मृत सभालाई जिवित गराई माग्यो । नया जनादेश लिन जनताको विश्वास मानेन र अबैधानिक सभा द्धारा २०४७ को संबिधान निलम्बन खारेज गरी अन्तरिम संबिधानको निर्माण गरी प्रथम संबिधान सभाको निर्माण गर्यो । बिधान बनाउन सकेन र दोस्रो संविधानसभाको निर्माण गर्यो ।
व्यवस्था परिवर्तन गर्न जनमत लिने कुर गर्दा गर्दा जनतालाई कोरा गफमा पारी बलजफती नेपालको संविधान २०७२ को निर्माण भई ०७२÷६÷३ गते घोषणा गरी संविधान लागु गर्ने प्रतिबद्धता जनाई घोषणा गर्यो भोली पल्टनै मधेशी जनताले भारतको नाममा नेपालमा नाकाबन्दी लगायो अन्तमा देशले सास्ती व्यहोर्यो । जनताको मत बुझ्ने काम २०३६ को परिवर्तन बाहेक बाकी कहिल्यै भएन । नेपाली जनता स्वदेशी र विदेशी तानाशाहको फन्दामा फसेको भएपनि उम्कन पाउने मौका देखिदैन ।
जव देशमा कुनै पनि निर्वाचन हुन्छ तब मात्र बाध्य भएर एक पार्टीको उम्मेदवार छानी मत दिन्छन् तर कोही पनि मेरो नजरमा राम्रो र उपयुक्त लागेन म मत दिन चाहन्न भन्ने प्रमाणिक आधार जनताले पाउन सकेको छैन । एक पार्टीलाई मत दिनै पर्ने तानाशाह व्यवस्था अझै हटेको छैन । विश्वका धेरै देशहरुमा नो भोटको अर्थ हुन्छ नेपाल र नेपाली जनताले अझै त्यो स्थितिमा पुग्ने मौका पाएका छैनन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *