मृत्यु सर्वाधिक सत्य








“अवश्य जन्मने मर्छ, मर्नेको जन्म निश्चय छ
नभई नहुने माथि तिम्रो शोक अयोग्य छ ।”
शिर्षकमा मृत्यु नै अन्तिम सत्य भनि संबोधन राख्न खोज्दा अन्तरमनमा द्विविधा पैदा भएर सर्वाधिक सत्य भनि मध्यमार्गी बाटो लिए । बस्तुतः मृत्यु भनेको भौतिक अवस्थालाई परिचालन गर्ने चेतना समाप्त भन्ने बुझिन्छ । तर यो पनि सर्वाभौम
सत्य मान्न नसकिने आधार छन् अध्यात्मिक जगतमा ध्यान र समाधि अष्टाङ्ग योगका अन्तिम चरण मानिएका छन । ध्यान के हो
त ? क्रिया भाव सोचबाट शुन्यको अवस्था हो ? समाधिमा ध्यानको चरम स्थिति उत्कर्षमा पुग्दछ ।
मानव साक्षी भावमा पुर्ण रुपले प्राप्तिहिन हुन्छ । बस्तुतः धर्मका नाममा अनेकौ हांगावाद, सम्प्रदाय फैलिएका देखिन्छन् प्रत्येक धर्महरुमा विविध अन्तर विरोधी हांगा फिजाएर सम्प्रदायको रुपमा महिमा मण्डित गरेको स्पष्ट छ तर यी त श्रेष्टता कायम गर्नका लागी मानवले मानवलाई कमजोर पारी बसमा
राख्ने उपायका रुपमा प्रकट भई रहेका छन जेसस क्राइष्ट महामानव थिए यसमा शंका गर्नु अपराध होला, उनकै नामबाट इसाई धर्म भनेर चिनिए पनि कैथोलिक प्रोटेष्टेण्ट लगायतका हांगा फैलाईए त्यसो गर भनेर क्राइष्टले त बताउनु भएको थिएन ।
कैथोलिक पादरीहरु बाल यौन दुराचारका दोषी किटान भई रहेका डर लाग्दा एकपछि अर्को समाचार सुन्नमा आई रहन्छन्, इस्लामी चरम पन्धिहरुले त महिला बाल बालिका यौन दाश दाषीका श्रपमा प्रयोग गर्छन, नाईजेरियाका बोको हराम लगायत संसार भरमा यस्ता दुष्कर्म धर्म कै नामसँग जोड्न खोजिन्छन् । महान अध्यात्मिक दर्शन रहेको हिन्दुत्वलाई कलंकित पार्दै आशाराम, रामरहीम लगायतका प्रतिकहरु यौनाचारसँग जोडिएको प्रत्यक्ष छ ।
उपयुक्र्त विषयान्तर भएको होइन, पारलौकिक जगतमा पुग्नु नै अन्तिम लक्ष्य प्राप्तिका लागि देह त्याग गरेपछि स्वर्ग प्राप्तिका प्रलोभन गरिने हुनाले मृत्यु आवश्यमभावी भएर पनि सांसारिक मायाजालमा फसेका हामी निरिह प्राणीहरुले जान्नै पर्ने र अनुभूति गर्ने भनेको मृत्युसँग साक्षात्कार नै हो, के यो संभव छ ? देह त्याग गर्दा मृत्यु भएको अभिधारणा रहे पनि त्यो नै यथार्थ परक हुन सक्तैन किनभने निन्द्रामा गहन ध्यानमा, समाधिस्थ हुदै मृत्युसँग साक्षात्कार संभव छ, यो लेखि रहदा स्वयं त्यस भित्र प्रवेश भएको सन्देश दिने धृष्टता गर्न सकिदैन तर प्रत्येक मानवले अध्यात्मका यी चरम अवस्था पार गर्ने प्रयास पनि वरदान बन्न सक्दछ । यसमा भने प्रवेश भएको अनुभूति छ ।
जीवन जसरी चली रहन्छ मृत्यु पनि त्यसै भित्र पर्दछ । ध्यान मार्गमा स्वीकारले दुःखको विसर्जन भन्ने शक्तिशाली विधि छ यो प्रारम्भिक गीताको वाक्यबाट नभई नहुने माथि तिम्रो शोक अयोग्य छ, तादात्म्यता राख्दछ ।
साक्षीभावमा प्रविष्ट हुन सक्नु नै सारा वेद वेदान्त, उपनिषद, कुरान, बाईवल, गुरुग्रन्थ लगायत ध्यान जगतको सोपान हो, कर्म गर्ने फलको आशा नराख्ने “कर्मण्ये वाधिकारस्ते मा फलेणु कदाचिन” त्यसको स्पष्ट सन्देश निरपेक्ष जीवन धारा हो र मृत्युको परिभाषा भित्र यो नपर्ने कुनै कारण हुन सक्दैन ।
नाचिकेताको र यमको अद्भूत संवाद उपनिषदहरुमा पाइन्छ, यम त मृत्युका प्रतिक मानिन्छन् उनैसँग बालक नाचिकेताको ‘संवाद अत्यन्त मुल्यवान छ मृत्युसँग शाक्षात्कार संभव छ भनि अध्यात्मिक जगतका मनिषीहरुले अनुभव गरेका कतिपय उदाहरण छन् ।
व्यर्थको दंभ ऐश्वर्य, मान पदवी छन दौलतका लागि मरि मेट्ने आपराधिक प्रवृत्ति मानव संस्कृतिको अविभाज्य अंग जस्तै हुन पुग्यो, श्यमशम वैराग्य र प्रसुति वेदना यी दुई अवस्थालाई स्थायी बनाउन सके मुक्तिका द्वार स्वतः खुल्न जान्छन् जुन प्रायः संभव भइरहेको हुदैन । प्रकृतिको माया यति शक्तिशाली छ कि क्षण भरमा नै भुलाई दिन्छ । प्रसुतिको पीडा भोग्ने महिला त्यसबाट विरक्त भएको हुदैन । त्यस्तै श्मशानबाट फर्केपछि स्वयं पनि एकदिन त्यही गतिमा पुग्छु भन्ने भुल्ने प्रवृत्ति मायाजाल हुन । त्यसैले महात्मा बुद्धले कम्तिमा पनि ३ महिना श्मशानमा शरीर समाप्त भएको अभ्यास गर्न आलय विज्ञान नामकरण गरे । महान अध्यात्मिक वैज्ञानिक महात्मा बुद्धको विपश्यना ध्यान बुद्धत्वको अनमोल साधन हो । विपश्यनामा श्वासको आवागमन निरपेक्ष रुपमा अवलोकन गर्नु पर्ने हुन्छ । र ध्यानका विधिहरुमा यसको शक्तिशाली स्थान पनि छ । श्वासनको क्रिया योगको अमूल्य विधि हो यसमा शरीरलाई शिथिल पारी लम्पसार शरीर पारी शव जस्तो परिकल्पनाबाट मृत्युको अनुभूति संभव हुन सक्दछ । मन्दिर मस्जिद, चर्च गुरुद्वारा गुम्बाहरुमा प्राथना पूजा गर्ने परिपाटि यस्तै पारलौकिक जगत प्राप्ति अर्थात साक्षी भावमा प्रतिष्ठित गराउने पद्धति कर्मकाण्डमा रुपान्तरित हुन पुगेकाले पाखण्ड सिवाय अरु केही हुन सक्दैन । आफ्ना परम्परा अनुसारको कर्तव्य पालन आफैमा खराव होइन तर औपचारिकताका लागि यस्तो गरिने हुनाले त्यसबाट मुक्तिको मार्ग मिल्न सक्दैन, जो जे को अनुभायी भए पनि गन्तव्य एउटै हो तर ढकोसला गर्नु भन्दा आत्मानुभूति गर्न सके त्यही नै सर्वोत्तम उपाय हुन सक्दछ ।







