निर्माण कार्यमा ढिलाई सेवाग्राही आतंकित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ५ जेठ
विकास निर्माणतर्फ हेर्दै जानेको हो भने २०१८ सालदेखि आजसम्मको महेन्द्रनगरमा आकाश पतालको फरक ल्याएको छ निर्माण कार्यले । यस आर्थिक वर्षमा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा सडक, नाली, पेटी सुधार कार्यक्रम अन्तर्गत सडक चौडा गर्ने क्रममा बनेका सडकहरु भत्काई नाली खन्ने काम भएको छ ।
एक किनारबाट काम सुरु गर्दै पुरा नगरी बीच बीचमा छोड्दै अधुरो अधुरो छोडी काम गर्दा न सकड पिच हुन सकेको छ न नालीहरु नै निर्माण हुन सकेका छन् । कतै नाली खनेको मात्र छ भने कतै चिनाई सम्म भएको छ । नालीका ढक्कन निर्माण गरिएका छैनन् कतै नाली नै पुरा गरिएको छैन । बीचमा सरकारी जमिन व्यक्तिले दवाएको भनेर छोड्दै गएको छ भने यसरी सरकारी जमिन दवाएर निर्माण कार्य नदिने व्यक्तिहरुमाथि न स्थानीय सरकारबाट कार्वाही भएको छ न जमिन नै खाली भएको छ । सरकार मौन बसेको छ । सेवाग्राही जनता आतंकित बनेका छन् । धुलो र हिलोले गर्दा बाहिर आउन जान अपठ्यारो मात्र होईन साना साना बालबालिका भएको घरहरुमा त्राही मच्चिएको छ कतिबेला बालबालिका नालीमा खस्छन् कति पटक त सेवाग्राहीले चाडो काम गरिनुपर्यो अथवा एक किनारबाट काम पुरा गरी दिनुपर्यो भनेर वडा कार्यालयमा पनि नधाएका होईन । नगरपालिकाले कडा अनुगमन गरी के गर्न उचित लाग्छ तुरुन्त कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *