यातायात विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कालोपात्रे ढल्केबर पथलैया (५८ किलोमिटर) कालोपत्रे, बुटबल नारायणबाट (११२.५ किलोमिटर) कालोपत्रे, नौबिसे पोखरा (पृथ्वी राजमार्ग) र काठमान्डौ भत्तपुर (१२ किलोमिटर) कालोपत्रेको निर्माण कार्य पुरा गरियो । काठमान्डौ चक्रपथको निर्माण कार्य शुरु गरिएको थियो । योजनाको अन्तिम वर्ष २०३१।३२ मा देशभर कुल सडकहरुको खुद लम्वाई ३१७६ किलोमिटर भएको देखिन्छ । कुल लम्बाइमा कालोपत्रे १५४९ सकिलोमिटर, खण्डाश्मित ६६७ किलोमिटर रहेको थियो । चौथो योजनाले सर्वप्रथम देशभर गोरेटो, घोडेटो स्तरका मुल बाटोहरु १०००० किलोमिटर रहेको अनुमान गरी १६५२ किलोमिटर गोरेटो, वोडेटो र चक्रेटो निर्माण तथा स्तरोन्नती गर्ने र १३ विभिन्न अञ्चलका जिल्लाहरुमा २७ वटा झोलुङ्गेपुलहरु (यसमा पछि ८ वटा थपिन आएकोले ३५ वटा) को निर्माण गर्ने कार्यक्रम राखिएको थियो । निर्धारित लक्ष्यमध्ये गोरेटो र घोडेटोतर्फ कति उपलब्धि भयो सो चथ्याङ्कको अभाबमा एकिन भन्न सकिदैन तर झोलुङ्गे पुलतर्फ विभिन्न पहाडी तथा दुर्गम जिल्लाहरुमा १७ वटा झोलुङ्गे पुलहरुको निर्माण भएको थियो ।
(घ) पाचौ योजना (२०३१।३२ –२०३६।३७)
देशका अधिकांश जिल्लाहरु सडक यातायात सुबिधाबाट वसञ्चित भएर
रहेको हुदा चौथो योजनाले सडक विकाससम्बन्धी कार्यक्रम बीस बर्षे दीर्घकालिन लक्ष्यको आधारमा तर्जुमा
गरिएको परिप्रेक्ष्यमा पाचौ योजनाले पाचौ योजनाले चौथो योजनामा निर्माण कार्य
प्रारम्भ भएका सडकहरुलाई नै प्राथमिकता दिएको थियो । यस योजनाले सडक यातायात विकासका प्रमुख उद्देश्यहरु उल्लेख गरी विभिन्न नितिहरु अपनाउने उल्लेख
गरेको थियो ।
देशका विभिन्न भागहरु एक अर्कातिर आबद्ध गरी राष्ट्रियता र प्रादेशिक अक्षुणताको आधारलाई सुदृड गर्ने, व्यापक राष्ट्रिय दृष्टिकोणबाट देशको आर्थिक सन्तुलन र आर्थिक एकीकरणको हिसाबले सडक यातायात सुबिधा विस्तार गर्ने,
मोटर यातायात र हवाई सेवा पुर्याउन समय लाग्ने, आवागमनका मुलबाटाहरुमा पर्ने नदी नालाहरुमा झोलुङ्गे पुलहरुको निर्माण गर्ने तथा निर्माण भइसकेको सडकहरुको सुधार र पुनः निर्माण गर्ने जस्ता प्रमुख उद्देश्यहरु राखी यस अनुरुप विभिन्न नितिहरु लिइएको थियो ।
सडक विकास कार्यक्रम सम्बन्धी यस योजनाले प्राथमिकता क्रमहरु
निर्धारित गरेको थियो । जस अनुसार चालु आयोजनाहरुको बाकी निर्माण कार्य र झोलुङ्गे पुललाई उच्चतम् प्राथमिकता प्रदान गरेको थियो । चौथो योजनाकालमा गरिएका सडकहरुको वर्गीकरणमा यस योजनाले सरलीकरण गर्ने कार्य गरेको
थियो ।
सडकलाई मुख्यतः १ राष्ट्रिय स्तर र २. स्थानीय स्तरको बाटो गरी २ वर्गमा बिभाजन गरिएको थियो । राष्ट्रिय स्तरको वगीकरण अन्तर्गत आउने सडकहरुमा १. राजमार्ग २. सहायक मार्ग र ३. मुख्य शहरी मार्ग रहेका छन् । स्थानीय स्तरका बाटाहरुमा १. भकेटो,२.घोडेटो र ३.
गोरेटो पर्दछन् । यस वर्गीकरण अनुसार ्रराष्ट्रिय स्तरका सडकहरु श्री ५ को सरकारको सम्पुर्ण खर्चमा निर्माण गर्ने तर स्थानीय स्तरको बाटो ? श्री ५ को
्रसरकारको अनुदानमा अथवा स्थानीय स्रोतबाट स्थानीय पंचायतबाट निर्माण गर्ने निति लिइएको थियो ।
उपरोक्त उद्देश्य, निती तथा प्राथमिकता आदिलाई दृष्टिगत गरी यस योजनाले सडक विकास कार्यक्रमलाई मुख्यतः क. राजमार्ग निर्माण, ख. सहायक मार्ग निर्माण, ग.संभाव्यता अध्ययन तथा विस्तृत सर्वेक्षणपछि निर्माण गर्न सडक, घ.मुख्य शहरी सडकहरु, ङ.सर्वेक्षण तथा संभाव्यता अध्ययन गरी ५ शीर्षकहरुमा विभाजन गरिएको थियो ।
सर्वप्रथम यस योजनाले राजमार्ग निर्माण कार्यक्रम अन्तर्गत मध्य पहाडी पुर्व पश्चिम राजमार्गको निर्माया प्रस्तावित गरेको थियो । राजमार्गलाई मुख्यतः ३ शीर्षकमा विभाजन गरिएको थियो ।
महेन्द्र राजमार्ग, उत्तर दक्षिण राजमार्ग र मध्य पहाडी पसुर्व पश्चिम राजमार्ग योजना अबधिमा सडक निर्माण कार्यक्रम अन्तर्गत विभिन्न सडक आयोजनाहरु कार्यान्वयन गरी न्युनतम १२०७ किलोमिटर र अधिकतम १६२४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य निर्धारित गरिएको थियो ।
सडकहरुको स्तर अनुसार कालोपत्रे ४९० किलोमिटर देखि ५४५ किलोमिटर, खण्डाश्मित ५८० किलोमिटर देखि ८१७ किलोमिटर र कच्ची १३७ किलोमिटर देखि २६२ किलोमिटर निर्माण गर्ने कार्यक्रम राखेको थियो । यस योजनाको पाच वर्षको अबधिमा लक्ष्यभन्दा बढी कुल १७६७ किलोमिटर सडक निर्माण गरेको थियो ।
कुल निर्माण गरेको सडकमा ४६५ किलोमिटर कालोपत्र, २५४ किलोमिटर खण्डाश्मित र १०४८ किलोमिटर कच्ची चक्रेटो स्तरको सडक रहेको छ ।
यस योजना कालमा संतनलन गरिएका राजमार्गमध्ये महेन्द्र राजमार्ग अन्तर्गत रहेको हेटौडा नारायणगढ सडकतर्फ ४० किलोमिटर कालोपत्र, बुटबल कोहलपुर सडकतर्फ ९७ किलोमिटर कालोपत्र, १२ किलोमिटर खण्डाश्मित र १४२ किलोमिटर कच्ची, कोहलपुर महाकाली –वनबासी) अन्तर्गत वनबास अटरिया खण्डतर्फ पुल बाहेक ४७ किलोमिटर खण्डाश्मित र ९ किलोमिटर कालोपत्र निर्माण कार्य पुरा गरिएको थियो ।
त्यस्तै उत्तर दक्षिण राजमार्ग अन्तर्गत महेन्द्र राजमार्ग इलाम सडकको खण्डाश्मित कार्य, इलाम फिदिम सडकतर्फ ७३ किलोमिटर जीपसम्म चल्ने चक्रेटोका रुपमा निर्माण कार्य, धरान धनकुटा सडकतर्फ कालोपत्रे १० किलोमिटर, खण्डाश्मित २ किलोमिटर र कच्ची २६ बिलोमिटर, गोरखा नारायणगढ सडकको खण्डाश्मित निर्माण कार्य, महेन्द्र राजमार्ग कोहलपुर सुर्खेत सडकतर्फ ३ किलोमिटर कालोपत्र, ४ किलोमिटर खण्डाश्मित र बाकी कच्ची स्तरमा निर्माण गर्ने कार्य सम्पन्न गरिएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *