मानव बेचबिखन रोक्न सबैको सहकार्य आवश्यक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ५ जेठ
मानव बेचबिखन रोक्न सबै सरोकारवाला निकाय तथा घरपरिवारको सहकार्य आवश्यक रहेको छ । नेपाल भारतका सरोकारवाला अधिकारी एकमत भएका छन् । माईती नेपालले कञ्चनपुरमा आयोजना गरेको सीमा क्षेत्रमा मानव बेचबिखन विषयक दुईदिने संयुक्त छलफलमा सहभागी दुवै देशका सरोकारवाला
अधिकारीले मानव बेचबिखन रोक्न एकमत भएका हुन् ।
मानव बेचबिखन जघन्य अपराध भएकाले यसलाई निरुत्साहित गर्न दुवै देशका अधिकारी एकमत भएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । ‘दुई दिने छलफल उपलब्धी मुलक भयो, ‘उनले भने, ‘अब काम गर्न सजिलो भयो ।’ मानव बेचबिखन रोक्न थुप्रै चुनौती रहेको बताउदै उनले चुनौती चिर्दै अघि बढ्ने उर्जा प्रदान भएको बताए । बेचबिखन रोकथाम कसरी गर्न सक्छौँ भन्ने विषयमा समुहगत छलफल भएको उनले बताए । ‘उद्दार प्रकृया लामो हुन्छ, ‘उनले भने, ‘यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको छ ।’ माईती नेपालका कार्यक्रम अधिकृत रक्षा रिसालले मानव बेचबिखन रोक्न कार्य योजना निर्माण गरिएको बताए । उनका अनुसार कसरी मानव बेचबिखन रोक्ने, रोकथामका उपाया, उद्धार प्रकृया व्यवस्थापन गर्ने र संयुक्त अभियान संचालन गर्ने सहमती भएको छ ।
मानव बेचबिखन रोक्न बजेटमा समेत बृद्धि गर्नुपर्ने दुवै देशका अधिकारीले जोडदिएका थिए । वैदेशिक रोजगारीका लागि जानेको स्थानीय सरकारले रेकर्ड राख्नुपर्ने विषयमा समेत जोडदिएको छ ।
खुला सीमा नाका भएका कारण मानव तस्करी रोक्न चुनौती रहेको अधिकारीले बताएका थिए ।
माइती नेपालले २५ बर्षसम्ममा ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा लबालिकालाई उद्दार गरेको थियो । नेपालको संविधान २०७२ को धारा २९ शोषण बिरुद्धको हक अन्तर्गत उपधारा (३) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भन्ने स्पष्ट व्यवस्था छ ।
गोष्ठीमा दुवै देशका मानव अधिकारकर्मी, माईती नेपाल, सुरक्षा निकायका पदाधिकारी, प्रशासनिक निकायका कर्मचारीको सहभागिता रहेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *