आरक्ष पिडित ऐतिहासिक भैसक्यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देश हरेक अंगमा काम गर्ने पदाधिकारी इमान्दार हिम्मतवाला हुनुपर्दछ । २०२७ सालमा शाही शुक्लाफाँटा विश्व वन्यजन्तु संरक्षण (सिउचुरी)को स्थापना भयो सिंहपुर लगायतका बसोबास क्षेत्र खाली गराउदा २०२८ सालमा तत्कालिन अञ्चालाधिशले वितरण गर्ने जग्गा छुट्याई आरक्ष भित्र जस्तो कि सिंहपुर बर्मा वरकोला कै जमिनदारको नामबाट परिचित भट्ट बरकोलाका जमिनदारहरुलाई निम्बुखेडा गोवरैया लगायतका ठाउँमा घटीमा ४ विगाहा प्रति परिवारका दरले वितरण गरी विस्थापित क्षेत्रबाट हात्ती लगाई तुरुन्त उठायो र व्यवस्थापन गर्यो टेक बहादुर राईमाझी अञ्चलाधीशले, पहाडबाट बसाई सरी आएका कुनै पनि नागरिकलाई दुःख नदिने गरी कञ्चनपुर जिल्लाका कुनै पनि ठाउँमा जग्गा आवाद गरी बसेकाको जग्गा तुरुन्त दर्ता गरी व्यवस्थित गरी भावी दिनमा आवाद गर्न पाउने जंगल र आरक्ष तथा अन्य वनको सिमाना छुट्याई राख्ने भन्ने कारवाही सञ्चालन गरी हाल आवादी शाखा भूमिसुधारको अंगको प्रत्यक्ष निगरानी गरी प्रति परिवारबाट विगाहाको दुई हजार लिई सो बाट उठेको रकम सम्बन्धित गाउँ पञ्चायतको खातामा जम्मा गर्ने र सोही नयाँ बसोबासको बाटो घाटो आदिको विकास गर्न विकास कोष खडा गर्ने सञ्चालनकमा प्रधान पन्च, प्रमुख जिल्ला अधिकारी, जि.वि.स. सभापति र अञ्चालाधीशको संयुक्त दस्तखतबाट मात्र खर्च गर्न पाउने गरी कोष खडा गरी जग्गा दर्ता गर्ने प्रक्रिया सुरु गरी धेरै काम भईसकेपछि विचौलियाहरुले मनपरी गर्न नपाएको कारण माननीय लवरु रानाथारुलाई हातमा लिई उनै मार्फत राजासित भन्न लगाएकी अञ्चालाधीश गलत गर्दैछ तर के गलत भयो भन्दा सरकार सबै त्यसै भन्दै छन भनि लवरुद्वारा कराउन लगाई विचौलीयाहरु सफल भए जनता र सरकार असफल त्यसपछि २०३४÷३५ मा बसोबासको लगत लिई जग्गा दर्ता गर्ने काम बसोबास कार्यालय मार्फत नै भयो । पछि नेताहरुको बदमासीले गर्दा पिडितहरुलाई झुल्याउने काम भोट बटुल्दै गरेका छन्।
नयाँ नेतृत्वका नयाँ आश्वासनमा जनतामस्त
विश्वभरीका जनताले देश विकास गर्न, शान्ती सुव्यवस्था कामय राख्न आफ्नो स्वविवेकले नेतृत्वको ल्याकत बुझेर नेतृत्व चैन गर्छन भने हामी नेपालीहरु नयाँ नेतृत्व वा नयाँ नेतृत्व लिनेका आश्वासनमा मस्त रहन्छौं अन्तमा गएर नेतृत्वका नयाँ नयाँ आश्वासनले गर्दा जनताले अलमलिनु परेको छ । बर्तमानको नेतृत्वले राष्ट्र असफल राष्ट्रका लक्षणहरु देखा परिरहेकाले समयमा सबैले सचेत हुनै पर्छ । असफल राष्ट्रका केही लक्षणहरु (क) नेपाल र भारतका नापी विभागहरुले आफ्नो देशको सिमाना छुट्याई बसेका जनतालाई जग्गा र जग्गाको लालपुर्जा दिएको बर्सौपछि नेपाली जनताको पुर्जावाला जग्गा नेपालको नापी विभागले भारतको हो भनि सही गर्नु ।
ख) संस्थागत भ्रष्टाचारको विकास हुनु । नियम कानून भन्दा पनि लाठी बन्दुकको भरमा राज्य चलाउनु । जाती, धर्मबीच विवाद सिर्जना गर्नु
गराउनु । नेपालको भूमि २ नं. प्रदेश भारतका सभासदले भारतको हो फिर्ता, ल्याउनुपर्छ भन्नु । काकाको अपुताली खानखोज्दा बुवाको अर्थात पैतृक सम्पत्ति पनि गुमाउनु नै नेपालको असफल नेतृत्व रहेकोले होइन भन्न सकिन्न ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *