बाम एकताको दोस्रो चरण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कैयौं हांगामा विभक्त भएका नेपाल कम्युनिष्ट पार्टीहरुको प्रथम एकता २०४६ को जनआन्दोलनका क्रममा क.मदन भण्डारीले गराएका थिए तर उनको अकल्पनिय मृत्युले बहुमतमा आउन नसके पनि प्रमुख विपक्षि पार्टीको दर्जामा पुग्न सफल भएका थिए । यदि गिरिजा प्रसादले आफ्नो बहुमत छदै सांसद भंग नगरेको भए दोस्रो निर्वाचनमा एमालेको सरकार बन्ने तर्फ अगाडी बढी रहेको कुरा ने.का.ले थाहा पाएकोले गिरिजाबावुले सांसद भंग गरी नया“ निर्वाचन गरी अरु पार्टीको सहयोगमा एमालेको सरकार बनेको थियो त्यस पछिका दिनहरु उतार चढावले गर्दा प्रमुख पार्टीको रुपमा खडा हुने मौका मिलेको थिएन । अन्तमा २०६२÷ ६३ मा गिरिजा बाबुको षडयन्त्रमा परी दिल्लीमा नेपाल विरुद्धको १२ बु“दे सम्झौता गरी म्याद सकिएको सांसादलाई नया“ निर्वाचन नगराई गिरिजाको गलत नीतिले गर्दा राजा ज्ञानेन्द्रबाट पुनरवहाली गराएकोमा ७ दलको सहमति थियो प्रक्रिया जतिसुकै गलत भए पनि राजा ज्ञानेन्द्रलाई पनि कपटपुर्ण तरिकाले सत्ताच्युत गराएकै हुन् ।
आज दोस्रो चरणमा क. मदन भण्डारीको निधन भएको दिन जेठ ३ गते एमाले र माओवादी पार्टीको एकिकरण भएको छ । ५ वर्ष सम्म निर्धक्क सरकार चलाउन पाउने अवस्थामा रहेका छन् । एमाले र माओवादीको नाम नेपाल कम्युनिष्ट पार्टीको नाममा विलिन हुन पुगेको छ । स्थिरताको प्रतिक्षामा रहेका जनता पनि खुसी छन् तर भ्रष्टाचारीहरु भने डराएका छन् । केपी ओली आफू पनि भ्रष्टाचार गर्दैनन् र अरुलाई पनि गर्न दिदैन भन्ने कुरा सबैलाई थाहा भईसकेकोले जनता अलि सशंकित भएका छन् यो गठबन्धनमा आ“च पुर्याउन कोही देश बेच्न र सुन तस्करमा सामेल त हुदैनन् यदि त्यस्तोमा यदि कोही सामेल भए भने सजिलै सित गठबन्धन टुट्ने मात्र हैन कि देश नै संकटमा पर्ने छ । शिक्षण संस्था मार्फत समेत भ्रष्ट काम गर्न पल्केकाहरु वर्तमानको सरकारलाई कति सहयोग गर्छन हेर्न बाकी छ ।
एक परिवार सदस्यहरुबीच झगडा मिल्नु राम्रो हो तर लोग्ने स्वास्नीको सम्बन्ध विच्छेदमा राम्रो होईन र मिलन राम्रो हो । आज बाम पार्टीहरु एकिकरण भएर नया“ रुप लिएको छ । जनता पक्ष विपक्ष यस अर्थमा खुसी छन कि थोरै भएपनि राजनीतिक स्थायित्व आउन सक्छ भन्ने हुदा केही राहतको आभास जनतामाझ पुग्नु नै राम्रो देखिन्छ । पुरै देशलाई तब मात्र फाईदा हुने छ जव नेपाली नेपालीका विभिन्न खाले भावनाको एकिकरण गरी राष्ट्रिय भावना इमान्दारीका साथ रोपियोस् । पक्ष विपक्ष सम्मानित बनुन, कसैले पनि कसैको सम्मानमा चोट नपुर्याउन, विना अर्थपुर्णको बक्तव्य बन्द हुनुपर्छ र घमण्ड रहित हुनुपर्छ । अर्का कै बेहिजतीको निहुबाट सुरुवात भएको महाभारतको युद्धबाट सत्तापक्षले केही सिकेकै हुनुपर्ने देखिन्छ । यो एकिकरणलाई इमान्दारीको हदसम्म सरकारलाई सहयोग पुर्याउनु पर्ने नेपाली जनताको पनि दायित्व भएकोले यो दायित्वलाई हामी नेपालीहरुले विर्सनु हुदैन । यदि विर्सियो भने हाम्रो सन्ततीले हामीलाई नै सराप्ने छन । यसको अर्थ त्यो पनि होइन कि सरकारले जति सुकै अप्रजातान्त्रिक काम गरेपनि चुप लागेर बस्ने भनेको पनि हैन, जनताकै पक्षमा जनताले नै आवाज उठाउन पाउनु पर्छ र ती आवाजहरुलाई मनन् गरी विश्लेशणात्मक मुल्यांकन गर्ने काम मात्र होइन कि त्यसको निदानको काम पनि नेपाल सरकारको नै भएकोले कसैप्रति दुराभावना नराखी सबै पार्टीमा आवद्ध भएका वा नभएका स्वतन्त्र रहेका र सरकारको अपोजिसनमा बसेका जनताहरु अथवा नेताहरु तथा पुर्व राजसंस्थाका पदाधिकारीहरुलाई समेत समान रुपले सौहार्द रुपबाट हेरिनु, व्यवहार गरिनु अति उत्तम हुनेछ । त्यस सत व्यवहार र इमान्दारी बानी नै नेपालको मुटु हो नेपालको परिचय हो भन्ने कुरा बुझ्नु अपरिहार्य देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *