के नेपाल भारत सम्बन्ध राम्रो रहला ?








जसरी विरविरंगनाका मौखिक इतिहास पाइक पैकेलाका छन् र वर्षको अन्तमा पैतोलाको रुपमा हाम्रा दमाई, औजीले हुड्को बजाई गाउँ गाउँमा भडाहाको रुपबाट मौखिक तर रोचक इतिहास सुनाउछन् त्यस्तै हाम्रो पौराणिकता नै छ कि हामी जम्बुद्विपे भारत खण्डेमा हामी बस्छौ र हाम्रो बस्ने एरियाको सिमाना यो हो भनेर हमेसा चिनाई दिने काम भई रहेकै छ । जनकपुर र अयोध्याको सम्बन्ध अर्थात भरतराम बस्ने खण्ड नै नेपाल देश हो भन्ने पनि गरिन्छ । भारतमा भारत उदाउनु भन्दा कैयौं वर्ष पुर्व अंग्रेज उदायो नेपालले भारत अंग्रेज सित हरेक कुराको सामना गर्नु पर्यो । जे जसरी भए पनि अंग्रेज र नेपाल सार्वभौम राष्ट्रका हैसियतमा रहे । जंगबहादुर राणाको उदयपछि अंग्रेज र नेपालको राम्रो नै सम्बन्ध रहेको थियो, खास गरेर राष्ट्र गुमाउनु राणा प्रधानमन्त्री जंग बहादुरले पनि चाहेन अन्तमा अंग्रेज नेपालको लडाईमा सम्झौताको नाममा गुमेको केही क्षेत्र बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जंग बहादुरको वीरता र मित्रताको नाममा फिर्ता दियो जुन क्षेत्र नेपालको नै थियो तर सुगौली सन्धीले गुमेको थियो । अंग्रेजले भारत छोडेपछि नेपालले फिर्ता पाउनु पर्ने थियो किन कि पहिलो कुरा त अंग्रेजले जितेको क्षेत्र सबै देशलाई फिर्ता गरेर गयो तर नेपालको सिमाना फिर्ता म आफै गरी हालुला भनि फिर्ता लिने काम नेपालको भूमी पनि पंडित जवाहरलाल नेहरुले नै गरे पनि नेपाललाई दिएनन् तर सुगौली सन्धी भने १९५० को नेपाल भारत मैत्री सन्धीले खारेज भई सकेको भए पनि भारत स्वतन्त्र भई सकेकोले नेपालमा पनि प्रजातन्त्र ल्याउने काम गर्छौ भन्ने बहाना बोकी भूमि फिर्ता दिन भन्दा पनि प्रजातन्त्र घोषित गराउनमा जोर गर्यो र नेपाली तत्कालिन नेताहरु पनि त्यसैमा मग्न रहे कारण नेताहरुको अपरिपक्वता थियो भन्न सकिन्छ । प्रजातन्त्र त २००७ को ठाउँमा २०१० मा ल्याए पनि हुने नै थियो ।
पटक पटक नेपाल भारतको सम्बन्ध किन विग्रिरहन्छ ? यसतर्फ विज्ञहरुको ध्यान जानु पर्ने देखिन्छ । सम्बन्ध २०१७ मा पनि सन्तोषजनक रहेन् २०३६ ÷२०४५ मा त कठोर नाकाबन्दी नै लाग्यो तर जनताको मन भने नेपाल सितको सम्बन्ध राम्रै रहोस् भन्ने थियो । पटक पटक नेपाल विरुद्ध गतिविधि भारतमा बाह्रै महिना भईरहन्छ र नेपाली नेताहरु पनि त्यो गतिविधिका मुख्य पात्रको रुपमा रहेका हुन्छन् । २०३३ सालमा खम्बा काण्ड तथा सिक्किम काण्डको समयमा पनि नेपाल प्रतिको दुरासय कायम नै थियो । २०५२ मा माओवादीको विद्रोहमा नेपालमा माओवादीलाई सहयोग गर्नु तर भारतका माओवादीमाथि निगरानी राख्नुमा पनि मुख्य प्रपन्च रहेको छ ।
आज सम्पूर्ण नेपाली भारतमुखी भैसकेका छन् त्यो दुःखद हो वा सुखद् समयले अवश्य बताउने भए पनि २८ बैशाखमा मोदी भारतका प्रधानमन्त्रीको जनकपुरदेखि मुक्तिनाथ सम्मको भ्रमण भयो, सो भ्रमणमा सुरक्षाकर्मी सैनिकहरु भारतबाट नै लिएर आएका थिए फर्कने बेलासँगै लगेर जानु पर्नेमा समाज सेवी प्रेमकैदीले एक निजी टि.भी.मा दिएको अन्तरवार्ता अर्थात सम्बोधनमा भनेका छन् नेपाल चीन सिमाना मुक्तिनाथ एरियामा ल्याएका सेना उसले किन फिर्ता लिएन भन्ने कुरा र जनकपुर भारतको हो फिर्ता लिई मिथिला प्रदेश बनाउन लगाउछौ भन्ने भारतीय सांसदहरुको भनाई कति दुरासय थियो । देशको सार्वभौम सत्ताको सम्बन्धमा ख्यालठट्टामा उडाउनु हुदैन । यस्तो भन्ने भारतीय सभासदलाई कसरी र किन आयो त्यस बारेमा विज्ञ गुप्तचरहरुले अनुसन्धान गर्नु जरुरी भई रहेका छन् । कहि नेपालको परम मित्र भृकुटी र सिताको पिरतिमा आँच ल्याउने षडयन्त्र नहोस् । मोदीको सौहार्द मैत्री भ्रमणपछिका दिनहरु हेर्दा नेपाल एक चपेटामा पर्न सक्ने देखिन्छ । यदि चीन विरोधी गतिविधि नेपाल भूमिबाट भयो भने निश्चय नै नेपाल पुर्ण खतरामा पर्ने छ ।







