संघीयताको दिग्दर्शन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सिंहदरबारको अधिकार गाऊँसम्म आई पुगेको छ । जे जति क्रियाकलाप त्यहाँ हुने गर्दथे गाउँतहसम्म पनि, त्यो वितरण भएको दावी हुँदा हामी आम सर्वसाधारणले पनि त्यसको झलक दिनहुँ देखि रहेका छौं । केन्द्रमा हुने गरेको तर नदेखिएका दिग्दर्शन स्पष्ट रुपमा पारदर्शी भईरहेको हुनाले समीक्षात्मक टिप्पणी आवश्यक लागेको छ ।
अंग्रेजहरुलाई सघाउन नेपालका शक्तिशाली प्रधानमन्त्री कास्की र लमजुङका महाराज श्री ३ जंग बहादुरले लखनउमा नेपाली सेना पठाए त्यहाँ लूट मच्चियो, हीरा मोती जवाहरातले भरिपुर्ण नवाव तिनका अनुयायीहरुबाट प्राप्त ती मुल्यवान बस्तुहरु गोर्खेहरुले चिन्न सकेनन् र सुनको धागोमा जिरो लिएका त्यस्ता मणि माणिक्य फालेर सुनको तारसम्म मुल्यवान सम्झी ल्याएछन् । यस घटनाक्रमलाई इतिहासकारहरु लखनउको लूट भनि शिर्षक राखे, सिंहदरबार भित्रका मणि माणिक्य खान पल्केका ब्वासाँहरुले सुनका महिन तार यदाकदा स्थानीय सरकारको भागमा परेको भन्दै छर्ने गरेका छन र त्यसैमा पनि ठूलो लूट भत्ता गाडी ढाक्रेहरुलाई बाड्ने लगायतका गतिविधिहरु नै सिंह दरबारको अधिकार भन्दै टार्ने गरेका कतिपय दिग्दर्शन देखिए भोगिएका छन् । कसले कति तलब भत्ता गाडी सुविधा कथित विकास खर्च पाउने लगायतमा गंभीरतापुर्वक छलफल बहस भइरहेका सुनिन्छन् । जताततै कानूनको अभाव छ । कर्मचारी जसले वास्तविक सिंहदरबार बुझेका हुन्छन् उनीहरु बहाली हुनु भन्दा पनि स्वेच्छिक अवकाश रोजी रहेका छन् र पहिलो सरकारले त्यस्ता निर्णय गरेको खारेज गर्दा असन्तोष गुनासा बढी रहेका छन् । स्थानीय प्रदेश सरकार सञ्चालनमा आर्थिक पक्ष एकातर्फ छ भने अर्को तर्फ ऐन कानून कर्मचारीहरुको अभाव लगायतबाट स्वयम् एमालेका प्रदेश न.१ का मुख्यमन्त्री माननीय शेरधन राईले संघीय सरकार बाधक बनेको टिप्पणी समेत गरे ।
हालै जनकपुरमा भारतीय प्रधानमन्त्री पहामहिम मोदीको भ्रमणमा ७ करोड भन्दा बढी खर्च प्रदेश सरकारले गरेका समाचार आईरहेका छन् र बनाएका कतिपय संरचना भत्केर स्वाहा भएको पनि श्रव्य दृश्यहरुबाट देखियो सुनियो त्योति मात्र होइन २ नं. प्रदेशका मुख्य मन्त्री मोहम्मद लाल बाबु
रावतले नेपालको विभेदकारी संविधान विरुद्धको संघर्ष जारी छ भनि सार्वजनिक मंचबाट नै घोषणा गरे यसको तीव्र प्रतिक्रिया संघीय संसदमा स्वयं प्रधानमन्त्री ओलीले गर्नु भयो, प्रदेशमा पनि कांग्रेस एमाले माओवादी सांसदहरुबाट समेत नराम्ररी प्रतिक्रिया दिदा समेत मुख्य मन्त्री आफै अडानमा कायम छन र नेपालमा समानान्तर रुपमा अनेक सत्ता छन भनि अन्तरराष्ट्रिय स्तरमा नै सन्देश गइसकेको छ । विडम्बना यो छ कि जसको आड भरोसामा महाभुकम्पको त्रासदी पछि पिडीत नेपाली विरुद्ध भारतले लगाएको नाकाबन्दी हामीले लगाएको भनि कथित नेपालीहरुले नै दावी गरे त्यसको प्रतिफल नेपाल भारत विरोधी भावना फैलियो र यो कदम आत्मघाती थियो भनि भारतीय शासकहरुमा आत्मबोध भएर नै महामहिम मोदी नेपालको तीर्थ यात्रामा आउनु पर्यो अहिले सम्बन्ध सुरधार भइसकेको दावी भए पनि प्रतिकंपन रोकिएको छैन । एउटा स्पष्ट सन्देश जुन अत्यन्त सरकारात्मक छ त्यो हो मधेशवादीहरुको पीठमा धाप मार्ने काम रत्तिभर पनि भएन यसको गुनासो मदेशीहरुबाट समेत भएको छ । त्यो भारतले गरेको भूल सुधारको स्पष्ट दिग्दर्शन मान्न सकिन्छ ।
एउटा स्वामिभक्त बाँदरको कथा स्मरण हुन्छ, आफ्नो मालिक सुति रहेका बखत पहरेदारी गरी रहेको बाँदरले देख्यो मालिकको शरीरमा झींगाले हैरान गरी रहेको र यथासंभव भगाउने प्रसास गर्यो तर त्यो फेरी उडेर आउदा नजिकै रहेको खुकुरी उठाई त्यो झिंगा मार्न प्रहार गर्यो र मालिकलाई लाग्न गई घायल पार्यो, महामहिम मोदीले त्यही कथा स्मरण गरेको हुनु पर्दछ ।
यी सब त सुरुवात हुन भीषण द्वन्द त प्रारम्भ नै भएको छैन, केन्द्र, प्रदेश र स्थानीय सरकारमा कुन केन्द्र, प्रदेश र स्थानीय सरकारमा कुन सिंहदरवारले कति भाग पायो कति हिस्सा पाउछ अझै स्पष्ट भइसकेको छैन, अधिकार द्वन्दबाट भीषण प्रतिध्वनि विस्तारै आउन लागेका छन जव प्रदेश र स्थानीय सरकारहरुका समानान्तर अधिकारमा द्वन्द होला त्यस बखत महाभुकम्पले सिंहदरबारमा पुर्याएको क्षति सानो हुनेछ र तिन तहका सरकारहरु बीच उत्पन्न हुने परकम्पबाट नेपाल नामको देश कहाँ पुग्छ त्यसको अन्दाज गर्नु अहिले हतारो हुनेछ । अव मुलुक भित्र सत्ता भत्ता डण्डा सुविधा झण्डाहरुको बाढी नै आईरहे जस्तो अनुभूति हुदैछ । प्रदेश विभाजन भनेको नेपालको भागबण्डा भन्ने स्पष्ट आवाज अत्यन्न खतरनाक छ, महान पुर्खाहरुले नेपालीको आम शान संप्रभुता, गौरबलाई प्रत्येक कोणबाट प्रहार गर्ने काम भइरहेको छ । यत्ति हुँदा पनि संविधान विभेदकारी छ र अन्याय भयो भन्नेहरुको भावार्थ बुझन कुनै द्विविधा छैन । वास्तवमा विभेदको अन्त भन्दा भन्दै खश आर्य नेपालका बाधक भयो भन्ने प्रचार मात्र भएन परोक्ष रुपमा दुश्मन हुन भन्ने जुन चौतर्फी गोयबल्स शैलीमा प्रचार हुदैछ यो नै विनाशक भष्मासुर हुने तर्फ समयमा नै सचेत नरहे संघीयता लगायतका प्राप्त उपलब्धि प्रलय उत्पन्न गर्ने तर्फ सचेत रहनु उचित होला ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *