सडक निर्माणको क्रममा फलाम खानी भेटियो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बझाङ–आज पाँच दश हजारको कुरा होइन दुई तीन सय वर्ष पहिले जब नेपाल विश्वसामु सबैको दाजोमा हिड्न बस्न सक्थ्यो त्यो बेला आत्मनिर्भर भएको प्रमाण स्वरुप अझै तामा, फलाम तथा सुनखानीहरु भेटिदै गएका छन् यसबाट प्रष्ट हुन्छ कि नेपाल साच्चै स्वावलम्बी र शक्तिशाली थियो । बझाङको तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधार खण्डमा फलाम खानी फेला परेको छ । सडक निर्माणको क्रममा डोजरले खन्दा खानी भेटिएको हो ।
सडक निर्माणको क्रममा डोजरले खन्दा ठुलो परिमाणमा फलामका टुक्राहरु यत्रतत्र छरिएका छन् । सडक खन्ने क्रममा निस्कीएका फलामे ढुङ्गाहरु ठुलो मात्रामा सेती नदी समेत खसेको स्थानियले बताएका छन् । चैनपुर ताक्लाकोट सडकमा पर्ने साविक सुनिकोट गाविसको सेरागाउँदेखि धमेना गाविसको कुँवर गाउँसम्मको करिब ३ किलोमिटर क्षेत्रमा ठाँउ ठाँउमा फलाम जस्तै ढुङ्गाहरु भेटिएका हुन् । जताततै फलामै फलाम भेटिए पनि यसको बारेमा कसैले बास्ता नगरेका कारण सडक निमार्णको क्रममा ठुलो मात्रामा सेती नदीमा खसेको स्थानिय धनबहादुर कठायतले बताएका छन् । साविकको धमेना गाविसमा पर्ने बयालधार डाँडामा रहेको फलाम खानी आज भन्दा झण्डै ६५ वर्ष पहिला प्रयोगमा थियो । खानी बाट कच्चा फलाम निकालेर यहाँका स्थानीय लुहार समुदायले प्रसोधन गर्ने गर्दथे । त्यसबेला फलाम प्रशोधन गरेर निर्माण गरेका कृषि औजार, विभिन्न खाले हतियार र घरायसी प्रयोगका लागि बनाइएका भाँडाकुँडा हाल सम्म पनि स्थानियले प्रयोग गर्ने गरेको पाइको छ । खानीबाट फलाम झिकेर आफै प्रसोधन गरेका तल्कोट गाउँपालिका १ भाटगाउँका थोल्या कामीका अनुसार खानी प्रयोग गरे बाफत लुहार मुखियाले तत्कालिन बझाङ राज्यलाई तिर्नू पर्ने कर तिर्न नसके पछि खानी प्रयोगमा बन्देज लगाइएको थियो । ‘मेरै हातलले फलाम झिकेर ल्याएर पगाल्ने र भाँडा कुडा बनाउने काम गरेको छुँ ।’ ८० वर्षिय कामीले त्यो वेलाको फलाम प्रशोधन गर्ने प्रविधीको चर्चा गर्दै भने ‘एउटा भट्टी हुन्थ्यो । त्यसमा फलाम ढुङ्गालाई फुटाएर साह्रो गोल (बाँझको रुखबालेर बनाइएको कोइला) मा राख्नु पथ्र्यो । ४
तिरबाट छालाको खलाती (आरनमा आगो फुक्ने चिज) ले चार जनाले धुनु (फुक्नु) पथ्र्याे । एक जनाले लामो सनासोले फलाम चलाइराख्नु पथ्र्यो । फलाम तातिए पछि पग्लेर भट्टीको तल राखिएको भाँडोमा चुहिन्थ्यो । त्यसैलाई आरनमा पिटेर चाहेको सामान बनाउने गरिन्थ्यो ।’ यहाँको फलाम एकदमै गुणस्तरिय भएको र आयातित फलाम भन्दा सजिलै संग चाहिएको कृषि औजार, हतियार वा भाँडाकुँडा बनाउने सकिने खालको रहेको उनलको भनाइ छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *