यातायात विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

(ख) तेस्रो योजना (२०२२।२३ –२०३६।३७)
तेस्रो योजनाले नेपालको धेरै जसो भाग पहाडी क्षेत्र नै भएकोले यातायातका साधनको अभाबमा देशको आर्थिक विकासमा एक मुख्य अबरोध सिर्जना भएको कुरालाई स्वीकार गर्दै यातायातलाई आधारभुत क्षेत्रको रुपमा लिई यसको विकासलाई योजनाका प्रमुख ६ उद्देश्यहरु मध्ये तेस्रो उद्देश्यको रुपमा राखेको थियो । सडक निर्माणमा २० वर्षको अबधिमा अर्थात् २०४२ सम्ममा करीब ४००० किलोमिटर (२५०० माइल) सडकहरुको निर्माण गर्ने दीर्घकालिन लक्ष्य लिइएको थियो । यस योजनाले उपरोक्त उद्देश्य र दीर्घकालिन लक्ष्यलाई ध्यानमा राखी यातायात विकास कार्यक्रम विश्व बैकबाट श्री ५ को सरकारलाई प्रस्तुत गरिएको अध्ययन प्रतिबेदनमा आधारित रहेको उल्लेख गरिएको थियो । यसस योजनाकालमा पक्की ८८० किलोमिटर र कच्ची ७२० किलोमिटर गरी जम्मा १६०० किलोमीटर सडक निर्माण गर्ने शुरुको लक्ष्यमा संसोधन गरी पक्की ७८५ किलोमिटर र कच्ची ६०७ किलोमिटर गरी जम्मा १३५७ किलोमिटर सडक निर्माण गर्ने संशोधित लक्ष्य निर्धारण गरिएको थियो । यस योजनाले उल्लिखत भौतिक लक्ष्य प्राप्तीका लागि महेन्द्र राजमार्ग नामकरण गरिएको पुर्व–पश्चिम राजमार्गका झापा, सिमरा–जनकपुर र नारायणगढ–बुटबल सडक खण्डहरुलाई कच्ची तथा पक्की तथा पक्की स्तरमा पुरा गर्ने, अरनिको राजमार्गको २०४ किलोमिटर पक्की गर्ने, सिद्धार्थ राजमार्गको २०९ किलोमिटर पक्की गर्ने तथा पृथ्वी राजमार्गलाई कच्ची स्तरमा निर्माण गर्ने कार्यक्रम समावेश गरिएको थियो । यसका अतिरिक्त धनगडी–डडेल्धुरा तथा अन्य सडकहरुको निर्माण गर्ने पनि लक्ष्य रहेको थियो । विभिन्न आयोजनाहरुको कार्यान्वयनको फलस्वरुप यस अबधिमा कालोपत्र ४०५ किलोमिटर खण्डाश्मित २३० किलोमिटर र कच्ची ४५५ किलोमिटर गरी जम्मा १०९० किलोमिटर सडक निर्माण भएको थियो । हुनत तेस्रो योजनाको अन्तिम वर्ष २०२६।२७ सम्म अधिराज्य ३७३१ किलोमिटर सडक निर्माण भईसकेको देखिए तापनि कुनै कुनै सडकहरु बिग्रिदै बिनासिएका र अर्कोतिर सडकको स्तरोन्नती समय समयमा हुदा दोहोरो गणना आदिले गर्दा सडकको वास्तविक अधावधिक स्थिती अस्पस्ट भएको कुरा उल्लेख भएको छ । त्यससैले देशभर खुद कुल सडक लम्बाई कति रहेको छ भने लेखाजोखा चौथो योजनाको तर्जुमा क्रममा भएको थियो । यस अनुसार तेस्रो योजनाको अन्तिम वर्ष २०२६।२७ मा नेपालमा जम्मा २७३० किलोमीटर सडक रहेको छ । कुल सडकमा ८२१ किलोमिटर कालोपत्रे, ४३५ किलोमिटर खण्डाश्मित र १४७४ किलोमिटर कच्ची स्तरको सडक रहेको देखिन्छ । –अनुसुची तालिका ५)
आ.ब. २०२६।२७ सम्मको सडक स्थितीलाई हेर्दा सडक विकासतर्फको प्रगती धेरै जसो जीपसम्म चल्न सक्ने चक्रेटो बाटोमा अबस्थामा मात्र रहेको उल्लेख छ । देशको आवश्यकताको तुलनामा सडक सुबिधा यसबेला पनि निकै कम महशुस गरिएको थियो । सडकको लम्बाईलाई दृष्टिगत गर्दा प्रति लाख व्यक्तिको लागि २४ किलोमिटर सडक उपलब्ध भएको देखिन्छ ।
(ग) चौथो योजना (२०२७।२८ –२०३१।३२
चौथो योजनाले संवैधानिक व्यवस्था, राष्ट्र, राष्ट्रियता तथा प्रादेशिक अक्षुणताको संरक्षण तथा सम्बद्र्धनमा सहायता वा पोषण पुर्याउने उद्देश्य प्राप्तिका लागि सडक यातायातको विकास गर्ने उल्लेख भएको छ । यस योजनाले छिटो, दिगो र बढी लाभ दिने खालका यातायात साधनको विकासमा बढी जोड दिने व्यापक दृष्टिकोण लिई स्थल मार्गको अभिन्न अंगको रुपमा रहेको सडक यातायातको विकास गर्ने नीति अपनाएको देखिन्छ । सडक विकासपछि दोस्रो स्थान हवाई यातायातको विकास गर्ने नीति लिएको थियो ।
सडक वर्गीकरण
यस योजनाले सर्वप्रथम नेपालको राष्ट्रिय स्थलमार्ग प्रणालीलाई वर्गीकरण गरेको थियो । राष्ट्रिय सडक संहिता (नेशनल रोड नेटवर्क) लाई मार्ग र बाटोमा विभाजन गरी मोटर चल्ने मार्ग र मोटर नचल्नेलाई बाटो नामाकरण गरेको पाईन्छ । मागहरुको समुचित विकास तथा संरक्षण निमित्त दिगो र दरिलो व्यवस्थाको आवश्यकतालाई महशुस गर्दै मार्ग निर्माण तथा संरक्षणमा हुुनु पर्ने न्यनतम आबश्यकताहरुको राम्रो रेखदेख गर्न गराउन मार्गलाई (१) राजमार्ग (२) मुख्य मार्ग) (३) क्षेत्रीय मार्ग गरी ३ वर्गमा विभाजन गरिएको थियो । राष्ट्रिय दृष्टिकोणबाट सर्वाधिक महत्वपुर्ण ठहरिएका मार्गहरु
राजमार्ग घोषणा गरी यस प्रकारका सडकहरुको निर्माण तथा संरक्षण गर्ने कर्तव्य श्री ५ को सरकारको हुने उल्लेख गरिएको थियो । राजमार्गभन्दा कम महत्वको तर विभिन्न जिल्ला तथा अञ्चलहरु आपसमा आबद्ध गरी स्वतः ठुलो महत्व राख्ने मार्गलाई मुख्य मार्गको नामकरण गरी यस्ता मार्गहरुको संभार तथा मर्मत अभिभारा श्री ५ को सरकार वा स्थानीय अधिकारीबाट गर्नुपर्ने उल्लेख ५ । यस्ता मार्गको प्राबिधिक एबम् भौतिक बिशेषताहरुको न्यनस्तर श्री ५ को सरकारले तोक्ने व्यवस्था गरिएको थियो । मुख्य मार्गभन्दा साधारणत ः कम लम्बाई भएका र एक या दुई जिल्ला सम्मको दुरता मात्र छिचोल्ने खालका स्थानीय महत्वका सडकहरुलाई क्षेत्रीय मार्ग अन्तर्गत राख्ने व्यवस्था थियो । स्थानीय आवश्यकता अनुसार यस्ता सडकहरु कालो पात्रे, खण्डाश्मित या कच्ची स्तरको हुन सक्ने र यिनिहरुको मर्मत संभारको अभिभारा स्थानीय अधिकारीलाई सससुम्पिएको थियो । बाटो अन्तर्गत चकेटोे, घोडेटो र गोरेटो समाबेश गरिएका छन् । मुस्किलले मानिस हिडने अथवा एकोहोरो घोडा या खच्चरसम्म पनि जाने बाटाहरुलाई गोरेटो,दोहोरो घोडाचल्न सक्ने बाटाहरुलाई घोरेटो र गाडा तथा जीपसम्म चल्न सक्ने बाटोलाई चकेटाका रुपमा वर्गीकरण गरिएको थियो । पहाडी तथा हिमाली प्रदेशका ज्यादै पिछिडिएका स्थानमा आवश्यकता अनुसार गोरेटो बाटोलाई चाहिदो मर्मत तथा सुधार र घोरेटोमा स्तरोन्नी समेत गर्ने निती लिएको थियो । यसप्रकारका बाटोहरुको निर्माण तथा संभारका सम्पुर्ण अभिभारा स्थानीय पंचायत निकायहरुलाई प्रदान गरेको थियो । यस योजनाले सडक विकास कार्यक्रम संवत २०४२ सालसम्ममा अधिराज्यका सबै जिल्ला तथा अंचलका सदरमुकामलाई मोटर चल्ने सडकले जोडने दीर्घकालिन योजनाको लक्ष्यहरु झापा (काकरभित्ता)–ढल्केबर, सिमरा–ढल्केब र नारायणगढ बुटबल सडकहरुको कालो पत्रे स्तरमा निर्माण गर्ने र पृथ्वी राजमार्ग
(१५६ कि.मि) र मुख्य मार्गको रुपमा रहेको धनगडी डडेल्धुरा (१३८ कि.मि) लाई खण्डाश्मित स्तरमा रससस काठमान्डौ भत्तपुर (१३ कि.मि) कालोपत्रे स्तरमा निर्माण गर्ने जस्ता आयोजनाहरु संचालन गरेको थियो । १. नेपनलगंज जुम्ला – महेन्द्र राजमार्गदेखि सुर्खेत सम्म), २. पुतलीखेत,बाग्पुङग, टुकुटे, जोमसोम –पुतलीस्खेत देखि बाग्लुङसम्म), ३. त्रिशुली, धुन्चे र ४. धरान धनकुटा, खादबारी
(धरानदेखी धनकुटासम्म) का उत्तर–दक्षिण सडकहरुलाई विकास रेखा मार्गको रुपमा निर्माण गर्न प्रस्तावित भएको थियो ।
राजमार्गदेखी सदरमुकाम जोडने सडकहरुको अन्तर जिल्ला तथा जिल्ला अभ्यन्तर सडक विकास कार्यक्रम अन्तर्गत संचालन गरिएको थियो । चौथो योजना अबधिमा सडक निर्माणसम्बन्धी विभिन्न कार्यक्रम तथा आयोजनाहरु संचालन गरी १८३० किलोमिटर सडक थप निर्माण गर्ने लक्ष्य राखेको थियो । निर्धारित लक्ष्यमध्ये योजना अबधिमा राजमार्ग तथा मार्ग निर्माण कार्यक्रम अन्तर्गत ८१८.५० किलोमिटर, विकास रेखा मार्ग निर्माण कार्यक्रम अन्तर्गत ३४.८१ किलोमिटर, अन्तर जिल्ला तथा जिल्ला अभ्यन्तर र अन्य सहायक मार्ग सनर्माण कार्यक्रम अन्तर्गत २७३.२८ किलोमिटर र शहरी सडक निर्माण कार्यक्रम तर्फ ६४.२० किलोमिटर सडक गरी कुल ११९०.८९ किलोमिटर सडक निर्माण गरिएको थियो । कुल निर्माण गरिएको सडकमा ७२८.७४ किलोमिटर कालोपत्रे, २३१.८४ किलोमिटर खण्डाश्मित र २३०.३१ किलोमिटर कच्ची स्तरको सडक रहेको छ । चौथो योजनाको प्रगती अनुसुची तालिका ६ मा देखाईएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *