गोरुबाट बाली भएका भैसीका पाडा








प्रकृतिको नियम छ, मेलमा नासपाती कलमी हुन्छ आरुमा खुमानी, त्यस्तै एक रुखमा ७÷८ वडा साझेदारी फल फल्न फुल्न सक्ने वैज्ञानिकले प्रमाणित गरेको छ । गोरु साँढेबाट भैसी बाली भएमा गर्भ बस्दैन किनकी त्यो प्राकृतिक कानूनको विरुद्धमा रहेको छ । त्यस्तै कोही कोही जुनसुकै जातको भएपनि सन्यासी बन्दछन् । दुनियागिरीबाट टाढा रहन्छन् । तर धर्म परिवर्तन गरेर गरिने होईन धर्म परिवर्तन कुनै राजनीतिक पार्टी फेरे जस्तो होइन । कुनै पनि लुहार जोशी भट्ट हुँ भन्ने गर्दैनन किनकी कुनै जात ठूलो कुनै सानो छैन सबैको स्थान समान छ । त्यस्तै मुस्लिम, ईसाई सबैका स्थान पनि बराबर छ त्यस कारण आफू खुसी कोही पनि धर्म परिवर्तन गर्दैन । लोभलालसामा परिवर्तन गराई रहेकोले यी नक्कली क्रिश्चियन रुपी बदमासलाई देशबाट निकाला गर्नु पर्दछ ।
सरकारको अन्जान समर्थन विना विदेशी सहयोगमा रोक लाग्नु पर्छ ।
जसरी एक अपहरणकारीले बालबालिकालाई टपी, चकलेट दिएर फाईदा उठाउछन त्यस्तै नेपाल सरकारलाई नसोधेर कसै विदेशीहरुले नेपालका बालबालिका र बन्दीहरुलाई तथा गाउँपालिका नगरपालिका, प्रान्तिय सरकारलाई नेपाल सरकारको स्वीकृति बेगर कुनै किसिमको सहयोग पनि लिनु दिनु हुदैन । हालै सुर्खेतको कारागारमा कैदीको सहयोगको लागी भनेर कारागार प्रशासनलाई समेत आफ्नो गफमा लिई सहयोगको रुपमा धर्म प्रचार गराउनमा कारागार प्रशासन समेत लागेकोले गर्ने गराउने माथी कारवाही हुनुपर्छ । कारागार प्रशासन लाई बर्खास्त गर्नु पर्ने समेत जनधारणा रहेको छ ।
नेपाली व्यापारीलाई सताउने काम सरकारबाट भई रहेको छ । सरकारी भवनहरु जुन व्यापारिक प्रयोजनको लागी निर्माण भएका छन् त्यहा टेन्डर प्रक्रियाद्वारा बढाबढ गराई व्यापार गर्न सटरहरु भाडामा दिएकोमा व्यापारीले समयमा भाडा बुझाउदै मात्र आएका होईनन् कि २÷२ वर्षमा भाडा बढाउदै आएको भाडा तिर्दै गए पनि बसी व्यापार गरीरहेका व्यापारीलाई सटर खाली गर्न लगाई अरुलाई भाडामा दिन टेन्डर प्रकाशित गरी व्यापारीलाई सताउने काम भएको छ । सुन्नेवाला कोही छैन अझै आवश्यक भाडा बढाए जति दिन मन्जुर हुँदा हुदै प्रतिस्पर्दाको नाममा निहु खोजिदैछ । के केही वर्ष पहिले सरकारले विक्रि गरेको जग्गामा पुग्न बढावढ गराई पुर्व खरिददारलाई हटाउन पाइन्छ, पाईदैन राजश्व लिन मिल्छ हटाउन मिल्दैन यस्ता घटना महेन्द्रनगरको साल्ट ट्रेडिङ्ग रुपी नेपाल सरकारबाट भएको छ को सित भन्ने ? यी व्यापारीको बेदना सरकारले सुन्नै पर्छ । २ पटक टेण्डर निकाल्दा कसैको पनि दरखास्त नपरेपनि सरकारले व्यापारीको पिछा छोडेको छैन के यस्तो गर्नु जायज हो ? सम्पूर्ण व्यापारीको आवाज सरकारले सुन्नै पर्छ ।
हिन्दु धर्मका संरक्षक नरेन्द्र मोदी मुक्तिनाथ बौद्ध हिन्दु धर्मका संरक्षक भारतका प्रधानमन्त्री नेपालमा अवस्थित भुक्तिनाथको दर्शन गर्न मुक्तिनाथ जानु भएकोमा हिन्दु मन्दिरहरुको मिलन नेपाल भारतका जनतामा एकताको भावना आएको छ ।
धर्मगुरुका बयान सार्वजनिक हुनुपर्ने
आफैलाई गोली हान्न लगाउने धर्म गुरु श्री निवासाचार्य र गोली हान्ने व्यक्तिका बयान टीभी,
रेडियोबाट प्रत्येक्ष प्रसारण गरिनु पर्दछ । यदि आफैलाई गोली हान्न लगाएको हो भने यी सबै कामको बाध्यता नेपाली नेताहरुले गराएको हो । आफ्नो धर्ममाथी आघात पार्ने गरी गिरिजा लगायतका बाबुरामहरुले जनताको इच्छा विपरित सम्पूर्ण नेपालीले कायम राखेको नेपाल विश्व हिन्दु राष्ट्रलाई विक्रि गरी क्रिश्चियनहरुको आड भरोसामा नेपाललाई धर्म निरपेक्षता लादिएकोले अनेक यस्ता दुर्घटना हुने सम्भावना हुँदा चाडै विश्व हिन्दु राष्ट्र हुनु पर्दछ ।







