हामी आफ्नो पहिचान मेटाई रहेका छौं








नेपालका परिवर्तनकारीहरुको पहिचान सोधकर्तालाई समेत पहिचान पत्ता लगाउन डि.एन.ए. नै गर्नु पर्ने अवस्था नआउला भन्न सकिदैन । आज हिन्दुको नामबाट पहिचानमा आएको एक जोशी, भट्ट, लुहार, दमाई, कामी, भोली धर्म परिवर्तन गर्दा यो प्रचलनमा आएको जात, धर्मकर्म यथास्थितिमा रहदैन परिवर्तन हुन्छ, त्यसबेलामा सोधकर्ताले सजिलै पत्ता लगाउन सक्दैन । आजको नेपाली भोली जेरुसलमको हुनेछ । जव धर्म परिवर्तन गरी क्रिश्चियन बन्दछन भने पुरै परम्परा धर्म संस्कृति बदलिने छ यथार्थ थाहा हुदैन । म पुर्व हिन्दु थिए आजापुजा गर्थे आज म गर्दिन हिन्दु धर्म क्रिश्चियन सित साटी सके भनेर पुग्दैन । बंसज कुन जाती पातीको हो कसरी पत्ता लगाउने र कसरी एकि गर्ने ? यो देश के चहान्छ भने सबैको सुद्ध पहिचान रही रहोस्, मुस्लिम, बौद्ध हिन्दु, किराती, क्रिश्चियन सबैको सही सत्य पहिचान नै नेपालको आत्मा हो गौरव हो त्यस कारण नेपाल भित्रका सबैको यथार्थ पहिचान युगौ युगसम्म रहनु पर्छ । नेपालको त्यही पहिचानलाई रहन नदिन देशी विदेशीहरु जो षडयन्त्र गरी रहेका छन् त्यसलाई बुझ्ने प्रयत्न हामीले गर्नै पर्छ । २०६३÷६४ भन्दा पुर्वको भद्रसमाजको परिकल्पना गर्नै पर्ने देखिन्छ । नेपाली नेपाली विचको आत्मियता कहिले कुन समयमा सुध्रियो कुन समयमा किन कसरी विग्रियो खोजको विषय रहेको छ । त्यो खोज नै नेपाल र नेपालीको हकहितमा रहनेछ । धर्म सनातन लेलिन माओ जस्तो राजनीतिक विर्ताकारमा अटाउदैन । अरु त छोडौं माओवाद वा अन्य कूनै पनि बाद जहाबाट उठ्यो उतैको हावापानीमा नै बाच्न खोज्दछ ।
त्यतिमात्र नेपालको पहिचान हैन स्वाभिमानी वीर योद्दा इमान्दारीको नामबाट पहिचान भएका नेपाली गोरखालीको जीवन्त ऐतिहासिक पहिचान रही रहनुपर्दछ । विश्व विजेता सित लडेर आफ्नो अस्तित्व जोगाएको नेपाल र नेपालीको अमरगाथा अमर रही रहनु पर्दछ । वीर बलभद्र कुँवर, अमर सिंह थापा, भक्ति थापा ७० वर्षको उमेरमा पनि १८ वर्षे योद्धा बनेर अंग्रेजसित लडेका थिए । यो देशको पहिचान विशाल राष्ट्रको चक्रवर्ति राजाको राजापाट युवराजमै त्यागी अशोक सम्राट जस्तालाई प्रचारक बनाई भारतवर्ष तथा विश्वकै शान्तिको लागी मध्येरातमा सुखसयल छोडी शान्ति प्राप्त गरी शान्तिको सन्देश विश्वभरी पुर्याउन हिडेका गौतम बुद्धको नामबाट परिचित नेपालले हत्या हिंसातर्फ फर्कनु व्यार्थ थियो तै पनि २०५२ मा विविध षडयन्त्रको भारी बोकी हामी आफ्नै देशमा शान्ति होईन असान्ती मच्चाउन हिडेका थियौ । त्यो भूल थियो तै पनि नेपालको पहिचान मौजुद थियो । नेपाली ताराहरुले विश्वमा आफ्नै तरिकाको पहिचान सिताले पुर्याइन भने भृकुटी अंशुबर्माले पनि अलग्गै पहिचान दिए जो आजसम्म जिवित छन् । पृथ्वीनारायण शाहको पहिचान, बहादुर शाह र केही राणाजीहरुको पहिचान अवश्य पनि अलग थियो, त्यसपछि राजा महेन्द्रको पहिचान, बाबुराम भट्टराई तथा प्रचण्डको पहिचान नारायणकाजी विप्लवको पहिचान सबै अलग अलग पहिचान नेपालका औजार पनि हुन ।
आज डा. उपेन्द्र देवकोटाको पहिचान र महामहिम पुर्व राष्ट्रपति डा. रामवरण यादवको पहिचान भिन्दा भिन्दै रहेको छ । राजा विरेन्द्र र उनका परिवारको पहिचानमा दिपेन्द्र र पारसको पहिचान अलग्गै थियो ।
पृथ्वीनारायण शाहले देश एकिकरण गर्न लडाई गर्यो नेपाललाई एकसुत्रमा बाध्यो भने बाबुराम प्रचण्ड लगायतका माओवादी क्रान्तिकारीहरुको क्रान्तिले देश विखण्डन नै नभए पनि विखण्डनको विउ रोप्यो र सिके राउत जस्ता राष्ट्रद्रोहीको उत्पादन अवश्य भयो ।
वर्तमानको अन्तिम १० वर्षे द्वन्द उपलब्धीमूलक थियो वा पृथ्वीनारायण शाह, बहादुर शाह, भक्ति थापा, अमरसिंह वीर बलभद्रको नेपाल निर्माण गर्ने विस्तारवाद राम्रो थियो कि वर्तमानको नेपाल खुम्च्यावाद राम्रो ? त्यसको अध्ययन जवाफ पाठक वर्गमा नै सिमित रहेको छ ।
विश्वमा एकमात्र हिन्दुराष्ट्र र हिन्दु सम्राटको अस्त भएको पहिचान ठीक कि बेठिक देश आफ्नै बलबुद्धिले उहिले जबसम्म पृथ्वीनारायण शाहका सन्ततिको हातपात थियो कि उनको बन्धन र अस्तपछि चलेको छ । उहीलेको शान्ती र वीरताको पहिचान विश्वसामु आतंकवादको नामले चिनाईयो नेपाललाई त्यसको प्रमाण हो अनमीनको उपस्थिति ।
शासन सत्ता जो सुकै गरुन केही छैन शक्तिवालाले गर्ला छेकेर छिकिन्न तर नेपालको पुर्व पहिचान विश्वमा हिन्दु राष्ट्र र हिन्दु सम्राटको स्थापना अधिकार विहिन गराएर केवल अलग्गै पहिचानको लागी स्थापना हुनु अत्यन्त आवश्यक ठान्दछौं ।







