विद्यार्थी भर्नाको मौसम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सरकारी शिक्षक स्थानीय जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी सरकारी स्कुलमा नपढाए उनीहरुको तलब रोक्का सम्मको कारवाही गरिने छ भनि केही स्थानीय सरकारले प्रकाशमा ल्याएका छन् । पहिलो चरणमा सबैलाई पत्राचार गर्ने र अटेर गरेमा उनीहरुले पाउने तलब वा पारिश्रमिकको १ प्रतिशत रकम काटने निर्णय गरिएको छ भनि नागरिक खुलमामञ्च बैशाख २७ को अंकमा पनि लेखिएको मात्र नभई सर्वत्र व्यापक गुनासाहरु पनि सुनिएका छन् । आजको खुला प्रतिस्पर्दाको जमानामा त्यस्तो करकाप लगाउन मिल्दैन, त्यो भावनामा निर्भर गर्ने कुरा मात्र हो तर त्यस्तो अनिवार्य भन्दा तोकिएको गुणस्तर लागु गरी निजी विद्यालयहरुको भन्दा राम्रो
स्तरीय पढाई तर्फ ध्यान दिई स्थानीय निकायले रेखदेख अनुगमन गर्नु बरु बेस हुनेछ । यस्तो निर्देशन दिने सरकारले विद्यालयका शिक्षक कार्यालयका कर्मचारीहरुलाई बरु आफ्ना पार्टीको झण्डा बोकाउनु र अमुख पार्टीको प्रचार प्रसार गराउनु भएन । सरकार हमेसा इमान्दार नभएकोले राजनीतिक पार्टीहरुको आड र भरोसामा शिक्षक, कर्मचारी संघ संगठन खोली पार्टीहरुका भात्रृ संगठनको रुपमा जिवित रहेका छन् । सरकारले यदि एक पटक अमुख पार्टी व्यक्तिको रिसले नियम कानून मिच्यो भनेपछि लाईनमा आउन र ल्याउन मुस्किल परेको हुन्छ । विद्यालय निरिक्षकहरुद्वारा विद्यालय निरिक्षण भौतिक रुपबाट कागजी कारवाही मात्र मिलाउने काम
गरेका छन् । अधिकांश निजी विद्यालयहरुमा शिक्षित समुदाय शिक्षकहरुको शोषण भईरहेता पनि पढाई तथा अन्य क्रियाकलाप सन्तोषजनक ठहरिएको कारणबाट मात्र शिक्षक कर्मचारी आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउन अग्रसर भएका छन् । निजी क्षेत्रबाट त सरकारी विद्यालयमा पनि पढाएकै छन् । राहत तथा बालविकास तर्फका शिक्षकहरुको शोषण त सरकारी स्कुलमा पनि भएकै छ । कानूनले तोकेको न्यूनतम ज्यालासम्म दिएको छैन भने के त्यस्ता शिक्षक कर्मचारीको पनि १ प्रतिशत तलब काट्ने कि सुविधा बढाएर गुणस्तरको पढाई गराउने ? त्यसको लागी देशप्रतिको माया हुनु पर्यो राष्ट्रप्रेम त छ होला छैन त कसरी भन्ने तैपनि हाम्रा महामहीम पुर्व राष्ट्रपति रामबरण यादव प्रधानमन्त्री केपी शर्मा ओली पनि विरामी भएकै हुन । वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटा पनि विरामी परेका हुन । उपचार र देश प्रतिको अलग अलग माया र देश प्रतिको भावना पाईयो जसको अध्ययन अवश्य पाठक वर्गले नै गर्नेछन् । प्रसंग छ राजा विरेन्द्र युवराज छदा अमेरिका अध्ययन सकिने बेलामा उनका गार्ड कर्नेल हिक्मत बहादुर विष्ट सित विद्यालय खोल्ने बारेमा कुरा के भएछन भने नेपालका राजा र नेताहरुका छोराछोरीले विदेशमा पठन जानुपर्ने के हामी स्तरीय विद्यालय एक दुई पनि खोल्न सक्दैनौं भन्ने छलफल २ जनामाझ अमेरिकामा नै भएकोमा राजाको छोरा र एक दमाईको छोरा यौटै स्कुलको होस्टेलमा कसरी बस्ने भन्ने कुराको जिज्ञासा कर्नेल हिक्मत बहादुर विष्टले युवराज विरेन्द्र सित राख्दा हास्दै भने छन के जातीय अलग अलग स्कुल खोल्न सम्भव छ ? भने पनि कुरा बन्द
भएछ । घर फर्केपछि बुढानिलकन्ठ स्कुलको स्थापना गरी करसापकै गाउले सार्की र जैरुलाई छनोटमा पारी युवराज दिपेनद्रकै साथमा पढन लगाएका थिए । अधिराज्य भरीबाट जेहनदार थारु, कामी, शार्की तथा सबै खाले दलित वर्गलाई प्राथमिकता दिई विद्यालयको स्थापना गरेका थिए आज सम्म पनि त्यो स्कुल जिवित रहेको छ र स्तरीय पठन पाठन भई रहेको छ त्यो सरकारी विद्यालय हो । त्यस्तै सरकारले इमान्दार पुर्वक गुणस्तरीय शिक्षा दिएमा नेपालका
कर्मचारी शिक्षक त छोडौं भारतीय तथा अन्य विदेशी नागरिकले समेत नेपालका सरकारी विद्यालयमा पढाउने छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *