गर्मी लागेसँगै यार्सा संकलन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बझाङ, २९ बैशाख
यार्सा पाईने हिमाली क्षेत्रहरुमा गर्मी मौसम सुरु भएसँगै यार्स संकलन गर्न विभिन्न क्षेत्रबाट हिमाली क्षेत्रमा जाने गर्दछ । त्यस्तै बझाङमा वैशाख १६ गते यार्सा संकलनमा लगाइएको रोक लगाईएको थियो तर केही दिनपछि रोक फुकुवा गरेसँगै यार्सा संकलन सुरु भएको छ । वैशाख १६ गते सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सा संकलनमा रोक लगाएको थियो । वैशाख १४ गते बसेको धनसेरी वन सुरक्षा समितिको बैठकले यार्सा संकलनमा रोक लगाउने निर्णय गरेको थियो ।
यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाइएपछि वैशाख २७ गते सम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । यार्सा संकलन खुला गरिएसँगै स्थानीयहरु यार्सा खोज्न लेकतर्फ गएका छन् । बैशाख १६ गतेदेखि २७ गतेसम्म कोही कसैले यार्सा संकलन गरेको फेला परे एक लाख रुपैयाँ जरीवाना गर्ने र संकलन गरीएको यार्सा समेत जफथ गरिने समितिले निर्णय गरेपछि यार्सा संकलकहरु घर फिर्ता भएको धनेसरी वन सुरक्षा समितिका कोषाध्याक्ष पे्रम बहादुर बोहराले बताएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *