नेपाल र भारतका अधिकारीहरुको सहमति औपचारिकतामै सिमित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २९ बैशाख
दुई देश बीचका जनताको तथा सरकारको सम्बन्ध सुधार्ने र विगार्ने काममा कर्मचारीतन्त्रको प्रमुख हात रहेको हुन्छ । जव नेताहरुले सम्बन्ध सुधार्नुपर्छ भन्छन अनि मात्र कर्मचारीहरुले सुधारको औपचारिकता पुरा गर्ने नीति जस्ताको त्यस्तै देखिन्छ । प्रदेश नम्बर ७ अन्तर्गतका नेपाल–भारत सिमा नाका क्षेत्रमा नेपालीहरुमाथि हुने कुटपिट र दुव्यवहार रोक्ने नेपाल र भारतका अधिकारीहरुको सहमति औपचारिकतामै सिमित बनिरहेको छ । देशका विभिन्न क्षेत्रमा सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप र कुटपिटका घटना रोक्ने सम्बन्धमा समय–समयमा लिखित तथा मौखिक वार्ता गरिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन् ।
सिमा क्षेत्रमा नेपालीहरुलाई भारतीय पक्षको दमनले गर्दा सर्वसाधारणलाई बढी मारमा परेका छन् । विना कारण पनि बेलाखबतममा दुःख दिने गरेको सिमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकको गुनासो आईरहेको छ । तर सरोकारवाला निकायले पनि खासै त्यसतर्फ ध्यान जान सकेको छैन । पटक पटक विभिन्न विषयमा दुवै देशका अधिकारीहरुको वैठकमा सीमामा हुने कुटपिट र दुव्यवहार रोक्ने र सहज आवतजावतको व्यवस्था गरिने प्रतिवद्धता र लिखित रुपमै सहमति गरिए पनि कार्यान्वयनको अवस्था नाजुक छ । वर्षौदेखि भईरहेका सीमापार वैठकमा प्रतिवद्धता जनाईदै आएपनि कुनै फरक आएको छैन् ।
प्रदेश नम्वर ७ का दुई नाका गौरीफन्टा र चड्डाचौकीमा नेपालीमाथि वर्षौदेखि भईरहेको कुटपिट, दुव्यवहार र रकम असुली रोक्ने सहमति दुवै देशका अधिकारी विचमा हुँदै आएपनि कार्यान्वयन भने हुन सकेको छैनन् । प्रायः ६÷६महिना र आवश्यकता अनुसार आलोपालो गर्दै नेपाल र भारतमा दुवै देशका सीमाक्षेत्रका अधिकारीहरुको वैठक वस्दै आएको छ । त्यसमा नेपालीमाथिको दुव्यवहार, लुटपाट र असुलीले सधैं प्राथमिकता पाउने गरेको भएपनि वैठकमा गरिदै आएकोसहमति कागजमा मात्रै सिमित हुँदै आएको छ । कैलाली कञ्चनपुरका भारतसँग सीमा जोडिएका जिल्लाका सरकारी अधिकारी र सुरक्षाकर्मी विच विहीवार धनगढीमा भएको वैठकको दुई दिन अघि मात्रै गौरीफन्टा सीमा नाकामा लुटिएको अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ का विनोद परियारले वताए । अधिकांश प्रदेश नम्वर ७ का वासिन्दाहरु रोजगारीका लागि भारत जाने गरेका कारण उनीहरुको आवतजावत सहज पार्नका लागि दुवै देशका सीमा अधिकारीहरुले सधैं सुधार्ने वताउँछन् । तर पश्चिम नेपालसँग जोडिएका सीमा नाकाबाट घर फर्कने विपन्न नेपालीहरू लुटिने र कुटिने क्रम रोकीएको छैन् । प्राय चाडपर्वको बेला सिमा नाकामा हुने अवैध असुलीबाट आजित नेपालीहरु यसपाली भने सामान्य समयमा पनि लुटिने क्रम नरोकिएको हो ।
भारतीय पक्षले सधैं प्रतिवद्धता जनाउने तर सुधार्नु त टाढैको विषय हो नेपाली पक्षवाट हुने अवैध असुली पनि रोकिएको छैन् । भारतीय पक्ष विभिन्न अपराधिक कामहरु हुने वहाना देखाएर सहज आवत जावतको अवस्था कायम गर्न तयार देखिएको छैनन् । आपसी सम्वन्धलाई कायम राख्नका लागि भारतीय अधिकारीहरुले सहमति जनाए पनि त्यसलाई कार्यान्वयन गर्नका लागि उनीहरु सधैं उदासिन देखिदै आएका छन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *