अधुरो संविधानले देश जलाई रहेछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेकपा एमाले, कांग्रेसको ठट्टाठट्टैमा एउटा माओवादीको नाममा हत्या हिंसा गरायो, गाउँघरमा त्राही त्राही
मच्याए । नेपाल हिन्दु अधिराज्य नभएर मुस्लिम त्यसमा पनि सियासुन्नीको जस्तो अवस्था हामी देखि सुनी रहेका छौं । जनताको संलग्नता नभएपनि जनआन्दोलन द्वारा नेपालमा व्यवस्था परिवर्तन गर्ने तछाडमछाड चल्यो । एमाले, नेपाली कांग्रेस फेल भए, आफैले कल्पना गरी निर्माण गरेको २०७२ को संविधानले गृहयुद्धको विउ रोपि दियो । साच्चै भन्ने हो भने संविधान सभाको पहिलो बैठकबाट गरेको निर्णयमा बडो आडम्बरी घमण्डका साथ राजसंस्थालाई निलम्बन ग¥यो । संविधान सर्वप्रिय, सर्वमान्य बनोस् भन्ने धारणा सबैको थियो र राजाको पनि थियो । नारायणहिटी म छोड्दैन भन्ने कुरा राजा ज्ञानेन्द्रले गर्दै गरेन । प्रजातन्त्र जीवित रहोस् भनेर राजसंस्थाबाट अवकास लिए । केवल जनताको नासो जनतालाई फिर्ता गरेको छु । साथै श्रीपेचको हकमा सुरक्षित राख्न सभामुख, सरकारलाई दिई दरबार छोड्ने म्याद राजालाई दियो र त्यो म्याद सकिनु भन्दा १० दिन पूर्व नै राजदरबार छोडी गएको पनि १० वर्ष पुरा भयो । तर नेपालको राजनीतिले झन् झन् कालो धुम्टो ओडी रहेको छ मानौं हामी कसैका एजेन्ट जस्ता लागेका छौं । जब अधुरो र भेदभावको भारी बोकेको संविधान लागु गर्न तयारी पोजिसनमा सरकार आयो तब झन्झन् उल्झन भइरहेका छन् । हाम्रा नेताहरुको भाषामा राजाको निरंकुश शासन भन्दथे तर त्यो भन्दा चौगुणाले वर्तमानको लापरवाही बढेको छर्लङ्ग छ ।
२००७ सालमा रोपिएको विषवृक्षका हाँगाहरु आज झ्याङ भईसकेका छन् । यो देशलाई चल्न नदिने नियतले बाहिरी शक्तिले विद्यार्थी, शिक्षक, कर्मचारी, नेताहरुलाई आफ्नो जालमा फसाई सकेको भान भईरहेको छ ।
चुनावको मिति आउँदो बैशाख ३१ गते घोषणा गरी सकेपछि एमालेका नेताहरुले पूर्वबाट प्रचार प्रसार सर्वप्रथम एमालेले गर्न सुरु गरेतापनि उनको आमसभा विथोल्न मधेशी मोर्चाले जोर गर्याे र अन्तमा प्रहरीको हातबाट ५ जनाको मृत्यु भयो । मलाई उही २०४८ सालको घटनाहरुका याद आइरहेका छन् । जब राप्रपा नेताहरुको आमसभा देशका विभिन्न ठाउँमा भइरहेका थिए त्यस बेला ढुङ्गामुढा बर्साएर आमसभा गर्न एमाले तथा नेपाली कांग्रेसले दिएको थिएन । महेन्द्रनगरको खुलामञ्चमा राप्रपाका वरिष्ठ नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरुको आमसभा भयो । त्यस दिनको घटना पनि झलझली याद आइरहेको छ । आमसभा हुनु भन्दा केही दिन पूर्व सार्वजनिक मञ्चमा महाकालीबाट गिट्टी बालुवा मैदानमा फिजाई राख्यो । त्यसपछि आमसभा भएको दिन त्यहाँ अनुशासित रुपले विद्यार्थीहरुलाई बसायो । ठूलो भिडभाड भयो । आमसभा हेर्न सुन्न राप्रपाको पहिलो आमसभामा मानिसहरुको ठूलो उपस्थिति थियो । जब आमसभा सुरु भयो स्थानिय एमाले तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुले माईकका तार चुडाल्न सुरु गरे भने विद्यार्थीहरु जुन ठाउँमा बसेका थिए त्यहाबाट नै ढुङ्गा वर्षाउन थाले । चारैतर्फ राप्रपाका कार्यकर्ताहरुले कुर्सी हातमा समाती वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दलाई बचाउँदै चन्दले भाषणमा भने, ‘२४ जना आन्दोलनमा जो मारिए म प्रधानमन्त्री भएपछि मारिएका होइनन् कृष्णप्रसाद भट्टराईलाई सोध्नोस् मैले त देशमा लगाएको आगो मात्र निभाएको हुँ बाँकी कुरा आगो लगाउनेलाई थाहा होला । आज देशमा शान्ति छ कि अशान्ति यो के भएको हो मैले भन्नु पर्ने कुरा बाँकी छैन । यस कुराको इन्साफ यहाँका जनताले गर्ने छन्’ भनेका थिए । त्यत्तिकैमा आमसभा विसर्जन गरिएको थियो ।
विर्सजन पछि उनी नगरपालिकाको अतिथि गृह निवासमा गए । मञ्चको भिड उस्तै भयो । यहाँका सभासद तारणी दत्त चटौतबाट राप्रपाका नेता संग भेट गर्न गए र भने गल्ती गरेछन् केटाहरुले भन्दा भु.पु. प्रधानमन्त्री तथा राप्रपाका
वरिष्ठ नेता चन्दले चटौत सित भने मलाई त केही छैन तर तपाईहरुलाई अप्ठ्यारो पर्छ भन्ने मात्र हो । त्यसको सन्दर्भमा मैले पम्पलेट मार्फत भनेको थिए ‘प्रजातन्त्रमा यस्तो गर्नु ठीक होइन भोली ती ढुङ्गाहरु फर्कन सक्छन्’ भनेको कुरा झलझली याद आइरहेको छ ।
आज देशभर दीपावली देशका सबै नागरिक देशवासीले हर्ष हुनुपर्नेमा देशमा त्राही त्राही मात्र छाएको छ कारण नेपालको संविधान २०७२ अधुरो छ भेदभाव पूर्ण छ । चाडै पूर्ण गर्नुपर्ने जनताको माग रहेको छ । निवासकारी संविधान २०७२ भन्दा त बरु २०४७ को संविधान नै देशको हितकर हुन सक्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *