देशमा कानूनी राज्यको स्थापना हुनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देश सहमतिले होईन कानूनले चल्नु पर्छ । सहमती त केवल मन मिलुन्जेलसम्म हो तर कानून यदि कालो छैन भने जसरी राणाकालमा बनेको कानून आजसम्म जीवित छ त्यस्तै जिवन्त रहने छ । सहमति भित्र भ्रष्टाचार नातावाद कृपावाद लुकेको हुन्छ ।
साझा सम्पत्तिको संरक्षण सरकारले गर्नेपर्छ
नेपालमा साझा सम्पती माथी सहमती र समझदारीको नाममा लुट भईरहेको छ । त्यसको
रोकथाम गर्ने काम सरकारको हुदा गर्नुपर्छ जस्तो कि महेन्द्रनगर नगर बिकास समितीको गुरु योजना भित्र
रहेको क्षेत्र नगर बिकास समितीका राजनितिक पार्टीबाट बनेका अध्यक्षहरुले श्री ३ हरुको भन्दा २ सय गुणा बढी मनमानी ब्यक्तिगत लाभ लिई मनपरेका मान्छेलाई दिएका छन । त्यस बारेमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगले र सरकारले के कारबाही
गर्यो सार्बजनिक भएको छैन । हुन्छ हुदैन थाहा
छैन ?
भोलीको दिन आजको जस्तो रहदैन
भीमदत्त नगरपालिकाको क्षेत्र महेन्द्रनगर बजार निर्माण गर्दा बजार व्यबस्थापन अझै अप्रयाप्त भयो । ५० वर्षमा गल्लीहरु चौडा राखे हुने थियो भन्ने भईसक्यो भने पुरानो बस पार्कमा चोरी चोरी सरकारकै अंग महेन्द्रनगर नगर बिकास समितीले प्लान बेकर राती चोरी चोरी भाडावालाका अमीन ल्याइ ६ मिटर सडक राखी चोरुवा बस्तीको निर्माण भईरहेको छ । कसले कार्वाही व्यवस्थित गर्ने कि नगर्ने ?
निरीह नगरपालीका
आफ्नो नगर क्षेत्रको सहरी भुभागमा के भईरहेको छ पक्की भवन बनाउदा कानुन सम्मत छन् कि छैनन् घर बनाउदा नक्सा पास भएको नभएको हेर्ने र गर्ने सम्पुर्ण अधिकार नगरपालीकालाई हुदा हुदै घर बनाउनेहरुको नक्सा पास किन गरिदीएको छैन । के भोलिका दिनहरुमा भयावहको स्थिति दुर्घटना निम्त्याउन खोजेको हो ? साझा सम्पत्तिमा सबै जनताको हक लाग्छ । बजारको मुटुमा आधुनिक बजार बनाई दिनु पर्यो चोरी चोरी भ्रष्टहरुले गरेका काम कारवाही माथी कडा कारवाही हुनु पर्यो । व्यवसाय गरिरहेका र गर्नेहरुलाई प्राथमिकता मिलोस साझा सम्पत्ति ओगटी भाडामा लगाई आय आर्जन गर्नमा रोक लाग्नु पर्छ ।
कब्जा गरेका सडक सरकारले खाली गरोस
खानेपानी कार्यालयसँगै पश्चिम तर्फ मदन चोकमा सडक कब्जा गरी नगर विकास समितिले बनाएको भवन हटाउने र सडक खाली गर्ने काम कसको हो तुरुन्त कार्यान्वयन हुनु पर्यो कि परेन ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *