भारतीय पक्षबाट नेपाली भूमिमा पटक–पटक हस्तक्षेप हुदा समेत नेपाल सरकार मौन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ वैशाख
भारतीय पक्षबाट नेपाली भूमिमा पटक पटक हस्तक्षेप तथा ज्यादती हुदा समेत नेपाल सरकार मौन रहेको छ । चौतर्फी रुपमा भारतले नेपालको सिमाना मिचिरहदा सरोकारवाला निकाय तथा सरकारले कुनै चासो दिएको देखिदैन । नेपालसँग सिमाना जोडिएका हरेक क्षेत्रमा भारतको हस्तक्षेप रोकिएको छैन । सिमा क्षेत्रमा सिमा सुरक्षा बलको स्थापना भएको देखिदैन । सिमा क्षेत्रमा नेपाली लुटिने तथा चेलीबेटीहरु बलात्कारको सिकार हुने गरेका छन् । सिमा नजिक रहेका नेपाली नागरिकको सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । भारतीय नागरिकले नेपाली भूमिमै आएर कुटपिटका घटना दिनप्रतिदिन बढदै गएका छन् ।
चौध महिना अघि भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर पुर्नवास नगरपालिका–४ आनन्द बजारका गोबिन्द गौतम मारिए । पुर्नवास नगरपालिकाले आर्थिक बर्ष २०७३÷०७४ मा नेपालको तत्कालिन ‘आनन्द बजार र भारतको बसई बजार’ जोड्ने नालामा कल्र्भट निर्माण शुरु गरेको थियो । कल्र्भट निर्माणको अन्तिमतिर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध मात्रै गरेन् । गोली चलाएर पुर्नवासका नेपाली नागरिक गोबिन्द गौतमलाई मारिदियो ।
नेपाल भारत आर्थिक कारोबार हुने छोटो नाका अहिले पुर्ण ठप्प भएको छ । घटना भएदेखि उक्त नाका ठप्प भएको स्थानीयले बताएका छन् । पुर्नवासका स्थानीय हेमन्त न्यौपानेले बसई जोड्ने उक्त नाका ठप्प भएको बताए । ‘यो नाका पुर्ण बन्द भएको छ, ‘उनले भने, ‘अरु नाका भएर ओहोरदोहोर गरिन्छ ।’ सरकारले थप घटना हुन नदिन उक्त स्थलमा सशस्त्र प्रहरी बलको अस्थायी क्याम्पस राखेको छ । भारतीय पक्षबाट गोबिन्द गौतम मारिएको बर्षदिनमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चार पटक नेपाली भूमिमा हस्तक्षेप गरेको छ ।
गत असोज, कार्तिक, माघ र अहिले बैशाख महिना गरि चार पटक एसएसबीले नेपाली भूमिका अनेक बहानामा हस्तक्षेप गरेको छ । भारतीय वन विभागका कर्मचारीले कञ्चनपुरको पुर्नवास नगरपालिका–८ बिचफाँटामा (नेपाल–भारत) सीमा स्तम्भ १९३ क्षेत्रमा २ सय मिटर टे«न्च खनेका थिए । दशैँतिहारको मौका छोपी भारतीय वन विभागका कर्मचारीले नेपाली भूमिमै टे«न्च खनेर नेपाली भूमि अतिक्रमित गर्ने प्रयास गरे । नेपाली पक्षबाट बिरोध भएपछि दुवै देशका अधिकारीवीच अवउपरान्त यस्ता गल्ती नदोहो¥याउने सहमती भएको थियो । गड्डाचौकी–ब्रम्हदेब सडक अन्र्तरगत भीमदत्त नगरपालिका–१० जिमुवामा ह्युमपाईप बिछाउने क्रममा भारतीय एसएसबीले अवरोध गरेपछि ह्युमपाईप बिछाउने र सो स्तानमा कालोपत्रे काम रोकिएको छ । यस्तै गत माघमै बेलौरी नगरपालिका–१०सडकघाटमा सडक फराकिलो बनाउने क्रममा भारतीय एसएसबीले अवरोध ग¥यो ।
बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले चालु आर्थिक बर्ष २०७४÷०७५ अन्र्तरगतको ८ लाख बजेटमा २ किलोमिटर सडकलाई ८ मिटर चौडाई बनाउने योजना थियो । (नेपाल–भारत) सीमा स्तम्भ नम्बर ३२, ३३ र ३४ को वास्तविक सीमा जाँच गरी टुंगो लगाउने दुवै देशका सुरक्षा अधिकारी सहमत भएका थिए ।
यस्तै भारतीय सीमा सुरक्षा बल एसएसबीले बैशाख दोस्रोसाता फेरी कञ्चनपुरको पुर्नवास नगरपालिका ९ बिचफाँटामा नेपाली भूमिमै विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बलले ज्यादतीशैलीमा अवरोध सिर्जना गरेको छ । पुर्नवास नगरपालिका वडा नम्बर ९ बाट जंगली जनावर गाउँ बस्न बाँच बचाउन विद्युतीय तारबार लगाउँदा एसएसबीले अवरोध सिर्जना गरेको हो ।
पुर्नवास नगरपालिका ९ का वडा अध्यक्ष नारायण जैशीले नेपाल भारत सीमा पिलर १९५ नेपाल क्षेत्रमा तारबार लगाउँदा भारतीय पक्षबाट
अवरोध सिर्जना भएको बताए । भारतीय सीमा सुरक्षा बल ३९ औँ बटालियन अन्र्तरगत घोला क्याम्पमा कम्पनी कमाण्डर फेरीएका कारण अवरोध सिर्जना गरेर लगाएको तारबार पनि उखेलिदिएका थिए । ‘एसएसबीको अघिल्लो कम्पनी कमाण्डर संग तारबार लगाउने विषयमा सहमती भएको थियो, ‘वडाध्यक्ष जैशीले भने, ‘नयाँ कमाण्डर आएर तारबार लगाउने काममाथी अवरोध सिर्जना गरेर काम रोकियो ।’
भारतीय सीमा सुरक्षा बलका जवानले आफ्नो भूमि भन्दै तारबार लगाउनमा अवरोध पु¥याएका थिए । वडाध्यक्ष जैसीले तारबार उखेलिदिएपछी भारतीय बजार पलिया आउन जान समेत रोक लगाएको बताए । कञ्चनपुरको नेपाली भूमिका पटक पटक अवरोध हुँदा पनि नेपाली पक्षले कुटनैतिक पहल नगरेको भन्दै सरकारको बिरोध गरेका छन् । सीमा क्षेत्रका स्थानीयले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका क्याम्प स्थापना राख्नुपर्ने माग अघि
सारेपनि सरकारी तहबाट कुनै पहल नभएको गुनासो गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले सीमा क्षेत्रका सशस्त्र प्रहरी बलको उपस्थिती नभएका कारण
भारतीय पक्षबाट सीमा हस्तक्षेप हुने गरेको बताए । ‘भारतको सीमा सुरक्षा बलको डिउटी सीमा क्षेत्रमा हुन्छ, ‘उनले भने, ‘हाम्रो सीमा सुरक्षा बलको बजारमा हुन्छ ।’ सीमा सुरक्षा गर्ने नीति कार्यान्वयन नभएका कारण नेपाल भूमिमाथी पटक पटक हस्तक्षेप हुने गरेको बताए । कञ्चनपुरको सीमा
सुरक्षाका लागि समन्वय समितिले पहल गर्ने बताउदै उनले केन्द्र सरकार गम्भिर हुनुपर्नेमा जोडदिए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले सीमा सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन
गरेको बताए । उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । जिल्ला सुरक्षा समितिले पनि विगमा कञ्चनपुरको सीमा सुरक्षाका लागि पुर्नवास, बेलौरी, बेल्डाँडी, महाकाली र भीमदत्त नगरको ब्रम्हदेबमा सीमा सुरक्षा क्याम्प स्थापनाका लागि सिफारिस गरिएको थियो । ‘जिल्लाबाट सशस्त्र प्रहरीका क्याम्प स्थापनाका लागि सिफारिस भएका क्षेत्र स्वीकृती भएका छैनन्, ‘उनले भने, ‘स्वीकृती भएका स्थानमा क्याम्प स्थापना भए
कञ्चनपुरको सीमा सुरक्षा बलियो हुन्छ ।’ भारतसंग कञ्चनपुर १२९.५ किलोमिटर दुरी रहेको छ । सीमा सुरक्षाका लागि जनशक्ति अपुग भएका कारण पनि कञ्चनपुरको भूमिमा बेला बेलामा भारतीयपक्षबाट अवरोध, हस्तक्षेप हुने गरेको स्थानीयको बुझाई छ ।पटक पटक नेपालका प्रधानमन्त्री भारत भ्रमणमा गएपनि सीमा समस्या बारे कुटनैतिक तरिकाबाट गम्भिर ढङ्गले छलफलै नगरीकन फर्किने गरेको सीमाबासीको दुखेसो छ । ग्रेटर नेपालका केन्द्रीय सदस्य गजेन्द्र पाण्डेले सीमा अतिक्रमको विषयमा सरकार गम्भिर नभएको बताए । उनका अनुसार सीमा सुरक्षाका कार्यक्रम सरकारी तवरबाट सीमा क्षेत्रमा सुरक्षाकर्मी र पुरानो नक्सा अनुसार सीमा फिर्तामा जोडदिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *