भ्रष्ट जुकाहरुले देश चुसी रहेका छन्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बर्सादको बेला सिमसारमा जादा जुकाहरुले हामीमाथी आक्रमण गर्दछन् जुकाहरुले रगत चुसी सकेका हुन्छन् । शरिरमा पानी रगतको कमी हुँदा शरिर छटपटाएझै आज यो देश भ्रष्टाचारीहरुले छटपटिई रहेको छ । त्यसमा पनि उच्च स्तरीय भ्रष्टाचारीहरु मौलाएको पाइन्छ । देशका उच्चपदस्त कर्मचारी, प्रहरी राजनीति गर्नेहरु तथा नेताहरुको समेत भ्रष्टाचारमा निर्धक्क खुलेर सहभागी हुनु नै देशको पतन हुनु हो । भ्रष्टाचारले गाउँघरसम्म ओगटी सकेको छ । जनताले
राम्रो मानिस छान्ने मौका पाउदैन किनभने पार्टीहरुले अगाडी सारेकालाई भोट दिई जिताउनु पर्ने तर इमान्दारले उम्मेदवार हुने मौका नपाउने स्वतन्त्रको माहोल सुन्य हुनु त्यो राम्रो भए पनि एक्लोले के गर्छ भनि भोट दिई जिताउने मन भए पनि बाध्य भएर मन नपरेको व्यक्तिलाई नेता बनाउनु पर्ने बाध्यता नेपाली जनताको पाइन्छ । केन्द्रिय नेताहरु पजेरोको इच्छा गर्थे भने स्थानीय नेताहरु पनि केही लाभ लिन चाहेका छन् । भ्रष्टाचारीहरु योजनाबद्ध तरिकाले चलिरहेका छन । हाम्रो संसदमा सांसदहरुले करोडौं
रकम सांसदकोषको रुपबाट खर्च गर्न पाउनुपर्छ भन्ने चाहना गरेकै छन् । देशको विकासको लागी स्थानीय सरकार स्थानीय सभासदहरुको उदय भई सकेको छ अव नगर गाउँको विकास स्थानीय निकाय र
सरकारबाट गर्ने कि सभासदहरुले आफ्नो अधिकारमा राख्ने सांसदकोषबाट गर्ने ? जनताको भनाई त के पाइन्छ भने निर्वाचनमा उम्मेदवारहरुले करोडौमा खर्च गरेकोले त्यसको पुर्ति सांसद कोषको रकमबाट गर्न मिल्ला कि भन्ने रहेको छ, त्यो अत्यन्तै गलत
रहेकोले हाम्रा जनप्रतिनिधिहरुलाई सरकारले भ्रष्टाचारमा मुछ्नु हुदैन ।
नेपालमा प्रहरी नेताहरुले कार्यकर्ता मार्फत भ्रष्ट काम गर्न थालेको नयाँ कुरा होइन, डिवी लामा, भरत गुरुङ सर्वोच्व प्रहरी विभागमा कार्यरत छदा भ्रष्टाचार गरे वापत मरिचमान श्रेष्ठ प्रधान मन्त्री छदा कडा कारवाही गरेका थिए । देशमा भ्रष्टहरुको जालो भएकोले प्रधान मन्त्री मरिचमानले साथ पाएन । व्यापारी, पदीय राजनीतिक भ्रष्टाचारले सिमा नाघी सकेकोले देश विदेशका भ्रष्टहरु आज मिलि उनलाई पतन गर्न खोजे पनि आसा छ आज हाम्रा प्रमले नडराई नहिचकिचाई भ्रष्टाचारीलाई तह लगाएर छोड्ने छन् । त्यसका लागी पुरै मन्त्रि मण्डलले भ्रष्टाचारको विरुद्धमा उत्रनु पर्दछ तर लक्षण हेर्दा राम्रो राम्रा मन्त्रालय छान्ने प्रवृत्तिले शंका उत्पन्न गराउछ तसर्थ लालबाबु पंडितको जस्तै जुनसुकै मन्त्रालय पाए पनि सहस्त्र स्वीकारी इमानदारी पुर्वक काम गरेमा भ्रष्टाचारमा १÷२ प्रतिशत न्यूनता आउन सक्छ । आवास तथा भौतिक मन्त्रालयका मन्त्रिहरुले आफ्ना कार्यकर्ता देशभरीका नगर विकास समति कब्जा गरी पैतृक सम्पत्ति झै लुकी चोरी अवैध रुपले वितरण गरी अरवौ भ्रष्टाचार गरेकोले त्यस्ता अवैध कामहरुको छानवीन गरी कारवाही गर्नु पर्छ र कारवाही नगरेसम्म नेपाल सरकारका उच्च पदाधिकारी स्वतः समर्थन र निर्देशन रहेको मानिन्छ ।
प्रहरी सेना देशका खम्बा हुन
देशको हरतरहको सुरक्षा संरक्षण प्रहरी, सेनाको कब्जामा रहेको हुन्छ तसर्थ यो देशको खातिर प्रहरी उच्च पदस्थहरुले देशको बदनाम हुने काम गर्नु हुदैन । आज हामीलाई लाज लागेको छ । ३३ किलो सुन तस्करीमा प्रहरीको संलग्नता रहेको पाउदा त्यस्ता भ्रष्ट उच्च प्रहरी पदाधिकारीलाई तर्साउन हात बाधी
अपहरण गरेझै मरिचमानको पालामा राती गाडीमा लगी रुखमा बाँधी खाल्डो खनी खाल्डोमा राखी भ्रष्टाचार गरेको अभियोगमा मार्ने आदेश छ भनि २÷२ पटक तर्साउन लगाएर पनि भ्रष्टाचारमा न्यूनता ल्याउन खोजेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *