अनिवार्य दानब (Necessary evil)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

शाब्दिक रुपमा सबैले दुष्ट भने पनि नैतिकताको विरुद्ध कडा ऐन कानूनले कठोर दण्ड समाजका व्यवस्था दोषी ठहर भए सर्वत्र घृणाको पात्र बन्नु पर्ने तर फेला पार्न सकिएन भने घर परिवार समाज सर्वत्र सम्मान हुने जो नभए इज्जत नै जोगाउन नसकिने कोही प्रशन्न नहुने न्यूनाधिक यसबाट बच्ने कोही छैन । मिजाजका बोली सुकिला लुगा चिल्ला गाडी आलीशान बङ्गला लगायतको जुन ऐश्वर्यमय जीवन बन्दछ त्यसको मूल श्रोत पनि यहि हो । यत्तिका विविध प्रकृति स्वभाव स्वरुप नामधारी के होला ? यो एउटा गाउखाने कथा झै बन्ने गरेको अनिवार्य दानव ल्भअभककबचथ भखष् िभनेको भ्रष्टाचार हो, यो स्वर्ग र नर्क दुवैका द्वार खोल्दछ, खान नपाएका भोकाएका नेताजी नामका प्राणीहरुका लवाई खवाई रहन सहन ऐश्वर्यले भरीपुर्ण जीवन शैलीको श्रोत पनि यही दुष्ट हो, जसलाई सबैले प्यारो मान्ने गरेको तर पोल खुले नरक भन्दा ठूलो पीडा दिने गरेको त्यति भएर पनि यो भस्मासुर कसैलाई पनि बाकी राख्दैनन् । आजको समय सन्दर्भमा यसको समीक्षा महीमा र प्रकृतिमाथि गहन मिमांशा हुन आवश्यक रहेको छ ।
पदवीले मात्रै त मान सम्मान नहुने रहेछ न्यायिक जगतको सर्वोचव पद जसका अगाडी सम्माननीय भन्ने शब्द जोडीएको हुन्छ त्यही प्रधान न्यायाधीशलाई महाभियोग लगाएर संसदको दुई तिहाई बहुमतले मात्र प्रकृया पुर्याएर हटाउन सक्छ । त्यस्तो शक्तिशाली पदलाई उनकै फाटवालाको सामान्य पत्रले दुधबाट फालिएको माखा जस्तै मिल्काई दिएको छ । क्षणमा स्वर्गमा क्षणमै नर्कमा परिणत गर्ने पनि त्यही अनिवार्य दानव हो, अकारण तामझाम खोसिएको होइन कुकर्म नै भनेर लात मारिएको हो र त्यो पदलाई मामूली गरीमा विहिन पारेर अन्ततः सम्पूर्ण न्यायिक जगत कलंकित बन्न पुगेको छ । निर्माण नै नभई ७ तले भवन बनेको जिल्ला अदालत भवन बागलुङ भनि महालेखा प्रतिवेदन बोल्दछ । आयल निगममा भएको करोडौका हिनामिना भएको पनि प्रमाणित छ । तर निलम्बन फुकुवा गर्ने गोपाल खड्गाको दावी कसले ठीक मान्यो । अझ छानवीन बाँकी छ प्रमाणित छ । ६० अरव भन्दा बढी कमाउने भनेका सहशक्तिवान चुडामणी शर्मालाई कार्वाही रोक्ने काम कसरी भयो ? नवराज सिलवालले किर्ते गरेको प्रमाणित भईसकेको छ । उनका लागि मरिहत्ते गरेर शुशीला कार्कीले गरेका आदेश के अर्थ राख्दछन् ?
आज अख्तियारले केही हजार रकम खानेलाई रंगे हात पक्राउ गरे पनि समाचार फुकिन्छ तर मगरमच्छहरु मालवाला मन्त्रालय र विभाग रोज्नेहरु यही दानवका तिलास्मी प्रभाव भित्र पर्दछन् ३३ किलो सुन प्रकरणमा प्रहरीका उच्च अधिकृत लगायत मोरङ जिल्ला अदालतमा मुद्दा खेपी रहेको सुनिन्छ, अनेकौं काण्डका कतिपय विषय छानवीन नै हुदैन, महालेखा परीक्षक प्रतिवेदन भयानक रुपमा प्रकट भएको छ तर हामी आम सर्वसाधारणलाई कार्वाही हुनेमा आशंका व्याप्त छ । कतिपय आई.जी.पी.हरु जेल
परी सके डाफोर काण्डका मूल नायक पदवीमा नै शानले राजनीति गरी रहेको देखिन्छ, सामान्य तलवका भरले ढंगको एक जोर लुगा पनि बन्न सक्तैन, कहाँबाट सामान्य कर्मचारी लाखौंका रकम खर्च गर्न समर्थ बनेका हुन ? यसको खोजी गर्ने कुनै रखवाला छैन । निर्वाचनमा सामान्य पदमा पनि करोडौं खर्च भएका समाचार आउछन् तर यसको श्रोत खोजिदैन । एक पटक पदवी पायो कि पुस्तौका लागि बन्यो, हाकाहाकी देखिएका प्रमाणित भईरहेका विषय तर्फ खोजी हुने प्रश्न नै रहेको देखिदैन । जताततै यो भष्मासुर रक्तवीज भएर बढ्दो छ । यसको उन्मुलन गर्न सक्ने सामर्थ कसैमा छैन । जसले उन्मुलन गर्ने अभियान चलाउँछ स्वयं चपेटामा आउँछ, कमै सञ्चारमा आउने सेना, अदालतमा समेत यो महाशक्तिशाली अशुर कुण्डली मारेर बसेको छ । यसरी मनका चित्कार किन अभिव्यक्त भईरहेका होलान भनि निर्विचार शुन्य तर्फ हेरे त्यहाँ के पाईयो भने यस्तो महिमा गरिमा सान र काल सर्पयोग जस्तै अमर बलशाली भ्रष्टाचार भन्ने शब्दबाट को बाँचन सफल हुन सक्ला ? जसमा हिम्मत छैन साहस तिकडम खाने खुवाउने क्षमता र ल्याकत हुदैन यो महाभयंकर दानव मरेको जीवबाट किरा भागे झै भाग्छ शाहस चाहिन्छ भ्रष्टाचारी भएर सफल हुनका लागि अन्यथा दोधारे तलवार जस्तै ठाडो उठ्न दिदैन, सफल भ्रष्टाचारी हुनका लागी ठूलो कौशल, निर्लज्जता, नैतिक र चरित्रहीन यस अनिवार्य दानवका खुवी हुन् । यो नभई पनि नहुने भएमा जोगाउन सकिएन भने घरको न घाटको ।
आज जताततै लूट मच्चिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल जति सुकै लिष्ट बनाओस् त्यसले फरक पर्दैन त्यसैले त
सर्वत्र यसको महिमा व्याप्त छ, थोरै भए पनि संसारका केही शासक निर्वस्त्र पारिएका छन् ।
नवाजशरीफ जस्ता शक्तिशालीले भागी हिड्नु परेको छ । यस अनिवार्य दानवले संसारभर झण्डा गाडेको छ । पोल नखुल्दा सम्म त यो अमृत बराबर नै छ । यही प्रभाव रही रहने हो भने नेपालको अस्तित्व समाप्त हुन बेर लाग्ने छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *