यातायातले देश बन्द सरकारले सहन सक्दैन, यातायात व्यवसायीद्वारा आन्दोलन फिर्ता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ बैशाख
जनताको हितको लागि पटक–पटक समझदारी, आन्दोलन, जनक्रान्ति लगायतका विभिन्न माध्यमहरुबाट नयाँ नयाँ व्यवस्थाको सुत्रपात गरिन्छ । नेताहरु देशको लागि एकातर्फ मरिमेटेका छन भने अर्को समूहले देशमा शान्ति सुव्यवस्था कायम गर्न दिदैन । भएका संरचना तोडफोड आगजनी गरेर जनताको धनजनमा समेत क्षति पुर्याएका प्रमाणहरुबाट हामी त्रसित भईसकेका छौ तापनि सरकारले भने त्रसिनुपर्ने कुनै जरुरी छैन् ।
यदि देशका विध्वंशकारीहरु बन्दकारीहरुको हातमा देशको साँचो दियो भने जुगानुजुगसम्म देशमा निर्लज्जतापुर्वक बन्दको बन्दै गरिराखेका हुन्छन् । तसर्थ यो देश बन्दकर्ताको कुनै राजनीतिक पार्टीका कार्यकर्ताको बस, ट्रकवालाको र हवाईजवाजवालाको मात्र नभएर चप्पल नलगाएर नांगै खुट्टाले विछ्याएका काडाँहरुमा थि हिडने निरिह गरिव जनताको पनि हो त्यसकारण विचार दर्शन अलग अलग हुनसक्छ देशमा शान्ति सुव्यवस्था अमनचयन कायम राख्न र देशको स्वाभिमान बचाउनको लागि एउटै दर्शन हुनुपर्छ । बनेको
राजमार्गलाई जोतेर म मकै छर्छु नत्र म देश बन्द गर्छु भन्ने जस्ता कृक्रितिबाट देशलाई जोगाउने काम सरकारको हो, जनताले साथ दिनुपर्छ । देशमा राजश्व छली भ्रष्टाचार गरिराखेका छन, व्यापारी फर्म दर्ता नगरी सामाजिक फर्म मार्फत व्यापार गर्नेहरुले खरबौंको व्यापारमा अरबौ राजश्व तिर्नुपर्नेमा करोडौंमा पनि तारेको छैन । निजिकरण तर्फ देश जावस र प्रगति गरोस भन्ने हेतुले सरकारले आफ्ना निजी यातायातका साधनहरु सञ्चालन नगरी निजी क्षेत्रलाई छोडेको हुँदा आज नेपाली जनता र सरकारलाई कठिन भएको छ । क्रियाकाष्ठ गर्न, विरामी आमाबुवा भेट्न घर जाने वैदेशिक
रोजगार गर्ने युवाहरुले घर जान पाएका छैनन् । सरकारले नै दिएको अधिकारको दुरुपयोग गरी जनता र देशलाई केही यातायात व्यवसायीहरुले सताईरहेका छन् । जसको प्रमाण हो यहि शुक्रबार देशका धेरै यातायातहरु बन्द रहे ।
यातायात व्यवसायीद्वारा आन्दोलन फिर्ता
यातायात सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएपछि सिन्डिकेटको पक्षमा वकालत गर्दै आएका यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । यदि सरकारले कानूनू राज्यको सुत्रपात्र गर्न चाहन्छ भने हरेक व्यक्ति व्यक्तिले मान्नुपर्छ मान्छन पनि, त्यसकारण राजनीतिज्ञहरु तथा सरकारले कानूनबाट पछि हट्नु हुदैन । देशका हरेक नागरिक र सरकार सबैले कानून मान्यो भने देश सफल हुन्छ र प्रगति हुन्छ ।
यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिबार विज्ञप्ती जारी गर्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन ।
व्यवसायीले आजदेखि देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका
छन् । विज्ञप्तिमा पक्राउ परेका यातायात व्यवसायीलाई निःर्शत रिहा गर्न र यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने जनाइएको छ ।
सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै यातायात व्यवसायी महासंघको नेतृत्वमा हिजो देशभर गाडी ग्यारेजमै थन्काएका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *