सुप विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार विरुद्ध अख्तियारमा उजुरी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ बैशाख
सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति र रजिष्ट्रार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरी परेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरले बिहीबार उपकुलपति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार डा.द्विजराज भट्ट बिरुद्ध उजुरी ख्तियारमा दिएको हो । उपकुलपति र रजिष्ट्रारले विश्वविद्यालयको आर्थिक स्रोत दोहन
गरेको आरोप लगाउदै क्रान्तिकारीले छानबिनका लागि माग गर्दै अख्तियारमा उजुरी दिएको क्रान्तिकारी कञ्चनपुरले जनाएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्रराज विष्टले सुप विश्व विद्यालयमा हुने निर्माण र खरिदमा अनियमिता गरेका कारण कार्बाहीका लागि उजुरी दिएको बताए ।
क्रान्तिकारीले विश्वविद्यालयको ऐन, नियम अनुसार केन्द्रीय कार्यालयबाट खोल्नुपर्ने टेन्डर भिसी र रजिष्ट्रारले आफुखुसी खोलेको, डेढ करोड भन्दा बढीको टेण्डर केन्द्रीय कार्यालयबाट नखोली सम्पर्क कार्यालयबाट टेण्डर आब्हान गरेर निर्माण व्यवसायीबाट आर्थिक लाभ लिन खोजेको, आवश्यक शैक्षिक समाग्री नियम विपरित खोलेको, विश्वविद्यालयको कार्यालयबाट सम्पादन गर्नुपर्ने काम निर्णय सम्झौता निजी निवास र होटेलमा गर्ने कार्य स्वतः आर्थिक अनियमिता हुने भएकाले तत्काल छानबिनको माग अघि सारिएको छ । कार्यकारी परिषद ५ जनाको हुनुपर्ने भएपनि उपकुलपति र रजिष्ट्रारले मात्रै मनपरी आफुखुसी निर्णय गरेर अधिकारको दुरुपयोग गरेर स्वत अनियमिता गर्न खोजेको र सेवा आयोगको क्षेत्राधिकार खोसेर आफु घुस लिएर कर्मचारी भर्ना गर्न खोजिरहेको क्रान्तिकारीको विश्लेषण छ ।
भीमदत्त नगरपालिका १८ कटानमा केन्द्रीय कार्यालयको भवन निर्माण पुर्ण नहुँदै हस्तान्तरण गर्न खोजेको समेत क्रान्तिकारीले आरोप लगाएको छ । क्रान्तिकारीले सुप विश्वविद्यालयमा भएका आर्थिक अनियमिता भ्रष्ट्राचार रोक्न अख्तियारले सत्यतथ्य छानबिन गरेर कार्बाही गर्नुपर्नेमा जोडदार माग अघि
सारेको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका कोषाध्यक्ष सुरेश भट्टले मिलोमतोमा आर्थिक अनियमिता हुने गरेको बताए ।
पदाधिकारीको पदपूर्ति नगरेरै आर्थिक अनियमिता गर्न गरेको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख ज्ञानेन्द्र ढकालले क्रान्तिकारीले सुप विश्वविद्यालयमा भएको अनियमिता छानबिन र दोषि उपर कार्बाहीको उजुरी दर्ता गरिएको बताए । उनका अनुसार
उजुरी अनुसार छानबिन गरिने छ । गम्भिर ढङले छानबिन गर्ने बताउदै कार्यालय प्रमुख ढकालले दोषि भेटिए कार्बाहीका लागि सिफारिस हुने समेत बताए ।
यसैविच उपकुलपति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार डा.द्विजराज भट्टले विश्वविद्यालयलाई धरापमा पारेर आफु अनुकुल करोडौँका टेण्डर स्वीकृत गराउन लागेको भन्दै नियन्त्रणमा लिएर कागजात समेत फिर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा क्रान्तिकारीले नियन्त्रणमा लिएर सम्पूर्ण कागजात सुप विश्व विद्यालयका उप प्रशासक गोबिन्द वल्लव पन्तलाई बुझाईएको हो ।
अखिल क्रान्तिकारीका केन्द्रीय प्रवक्ता सिके भट्टले क्रान्तिकारी कञ्चनपुरले गलत निर्णय हुँदै गरेको थाहा पाएर बुधबार साँझ होटेल ओपेरामा पदाधिकारीको बैठक कक्षबाटै बरामद गरिएको प्रमाण पत्र फिर्ता गरिदिएको बताए ।
‘सुप विश्वविद्यालयका पदाधिकारीले आफ्नो लाभका लागि गर्न लागेका निर्णय माईन्युट समेत अखिल क्रान्तिकारी कञ्चनपुरले नियन्त्रणमा लिएको थियो, ‘प्रवक्ता भट्टले भने, ‘अख्तियारमा उजुरी दिएपछि सम्पूर्ण कागजपत्र बुझाईदिए ।’ पदाधिकारीकै कारण सुप विश्वविद्यालय धरापमा पर्दै गएको क्रान्तिकारीको आरोप छ । नेतृत्व पङ्क्तिबाट कमिकमजोरी हुँदा सुप विश्वविद्यालय संकटमा पर्दै गएको स्थानीयको बुझाई छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *