यातायात विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

१.भुमिका
विकासको आधारशिलाको रुपमा
रहेको यातायात र संचार क्षेत्रले देशको चौतर्फी विकासमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ भन्ने तथ्य हामै्र बितेका अनुभबहरुले स्पस्ट पारेका छन् । योजनाबद्ध विकासको थालनी अघि अधिराज्य यातायात तथा संचार सुबिधा प्राय नगन्य रुपमा मात्र उपलब्ध थियो । पुर्वाधारका यी सुविधाहरुको अभावमा अर्थतन्त्रका अन्य आर्थिक क्षेत्रहरुको विकास कार्यक्रम संचालन तथा कार्यान्वयनमा समेत प्रतिकुल प्रभाब पार्ने गरेको कुरा महसुस गरिएको थियो । तसर्थ २००७ सालको क्रान्ति पछि र २०१३ सालदेखि लागु गरिएका
राष्ट्रिय बिकास योजनाहरुमा यातायात तथा संचारका विभिन्न साधन र माध्यमहरुको विकास तर्फ विशेष ध्यान पुर्याउदै आएको हो । हुन त पंचायती व्यवस्थाको सुत्रपात हुनु अघि देखि नै यातायात तथा संचार क्षेत्रको विकासको लागि प्रयास तथा विभिन्न कार्यक्रमहरु संचालन गरिएको पंचायती व्यवस्थाको विगत २५ वर्षको अबधिमा यस क्षेत्रकाउपलब्धि महत्वपुर्ण देखिएका छन् । यस्तै वर्षको अबधिमा यातायात र संचार क्षेत्रमा भए गरेका कार्यहरु तथा भौतिक उपलब्धिहरुको विश्लेषणात्मक विवरणहरु छुट्टा छुट्टै प्रस्तुत गरिएका छन् । नेपालको यातायात प्रणालीमा सडक, हवाई र
रेलमार्गहरु रहेका छन् । राष्ट्रिय स्तरमा जलमार्गको स्थान अझै पनि नगन्य रुपमा रहेका छन् । उल्लेखनिय यातायातका विभिन्न साधनहरुमध्ये सडक तथा पुलको महत्वपुर्ण स्थान ओगटेको देखिन्छ । सडक तथा पुलपछि भने हवाई यातायातको विकास महत्वपुर्ण
रहेको पाइन्छ । योजनाबद्ध विकास राष्ट्रिय मुल नितिको रुपमा अबलम्बन भएदेखि नै सडक र हवाई यातायातको विकासमा बढी प्राथमिकता प्रदान भएको थियो । फलस्वरुप २०१७ साल पछि यी दुबै क्षत्रमा हासिल
गरेको प्रगति उल्लेखनिय देखिएका छन् । सडक र हवाइ सेवाको विकासले गर्दा
अधिराज्यको एक भागबाट अर्को भागमा जान आउन विदेशि यातायात साधनको उपयोग गर्नु पर्ने बाध्यताबाट पाउन सकिएको कार्य सम्वन्धि कठिनाइहरु धेरै हदसम्म हुन गएको अनुभब गरिएको देखिन्छ ।
२. सडक तथा पुल यातायात सेवा विकास
हाल नेपालको राष्ट्रिय यातायात प्रणालीमा सडक तथा पुलको स्थान महत्वपुर्ण रहेको कुरा उल्लेखनिय भइसकेको छ । तर २००७ साल भन्दा अगाडी अधिराज्यमा मोटर चल्ने सडक सुबिधा ज्यादै सीमित मात्रामा सिमित क्षेत्रहरुमा मात्र उपलब्ध थियो । सडक यातायात सुबिधाको अभाबमा देशको एक स्थानबाट अर्को स्थानमा, एक जिल्लाबाट अर्को जिल्लामा जान आउन प्रशस्त समय लाग्दथ्यो । २००७ सालपछि सडकको निमार्णतर्फ ध्यान पुर्याई विभिन्न सडक बिकासका कदमहरु चालिएका थिए । २०१३ सालमा कार्यान्वयन गरिएको प्रथम पंचवर्षीय योजनाले सडक तथा पुलको बिकासका लागि उच्चतम प्राथमिकता प्रदान गरी योजनाले प्रस्तावित गरेको कुल खर्च मध्ये १५ प्रतिशत रकम यसकै विकासको लागि छुट्टाइएको पनि थियो ।
३.पंचायती व्यवस्था अघिको स्थिति
सडकको सम्पुर्ण स्थितीलाई दृष्टिगत गर्दा प्रजातन्त्र वर्ष २००७ सालमा देशभर सडकहरुको कुल लम्बाइ केवल ३७६ किलोमिटर मात्र रहेको थियो । यसमा वृद्धि भएर २०१३ सालमा सडकहरुको लम्बाइ ६२४ किलोमिटर पुगेको थियो । यी सडकहरु धेरै जसो केवल तराइको मैदानी भागमा मात्र सिमित रहेको थियो । काठमान्डौ उपत्यका बाहेकका अन्य पहाडी जिल्लाहरुमा मोटर चल्न सक्ने सडकहरुको सुविधा बिल्कुलै उपलब्ध थिएन । देशको ८३ प्रतिशत भु–भाग र ७० प्रतिशत जनता परिवहनको सुविधाबाट वञ्चित रहनु परेको थियो । प्रथम योजना (२०१३।१४–२०१७।१८) प्रारम्भ हुनुअघि अर्थात २००७ साल देखि २०१३ साल सम्मको अबधिमा वर्तमान त्रिभुवन
राजमार्ग अन्तर्गतका त्रिभुवन राजपथ, भीफेदी–अम्लेखगन्ज,भैसे–रक्सौल र बीरगन्ज–रक्सौल सडकका अतिरिक्त जोगबनि–धरान, भैरहवा–लुम्विनी, हेटौडा–नारायणगढ, भैरहवा–लुम्विनी, वीरगंज–कलौया,जनकपुर–जलेश्वर जस्ता सडकहरु निमार्ण गरिएका थिए । प्रथम योजना (२०१३।१४–२०१७।१८) ले २० वर्षको अबधिमा अर्थात्४ वटा पंचायती योजनाको कालमा अधिराज्यभर ६४०० किलोमिटर अर्थात् ४००० माइल सडक निर्माण गर्ने दीर्घकालिन लक्ष्यलाई आधार बनाइ सडक निर्माण कार्यक्रम तर्जमा गरेको थियो । यस योजनाले आफ्नो योजना अबधिमा ४८० किलोमिटर पक्की र ९६० किलोमिटर कच्ची स्तरको गरी कुल १४४० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । यस लक्ष्यलाई प्राप्त गर्ने उद्देश्यले श्री ५ को सरकार, भारत सरकार र संयुक्त राज्य अमेरिका सरकारबिच एक सम्झौता सम्पन्न गरी योजनामा समाबेश गरिएको भौतिक लक्ष्यसम्बन्धि निर्माण संचालन गर्न२०१५ सालमा एक प्रादेशिक यातायात गठन –आर.टी.ओ) गठन गरिएको थियो । यस आर.टी.ओ.संगठन अन्तर्गत पहाड र तराइ जोडने ८ वटा
उत्तर –दक्षिण सडक आयोजनाहरु जस्तै भेरी रासौल, सुनौली पोखरा, काटमान्डौ जनकपुर, काठमान्डौ त्रिशुली, धरान धनकुटा, भोजपुर कार्यान्वयनबाट कुल ९१२ किलोमिटर सडकको निर्माण कार्य गरिएको देखिन्छ । तर योजनाले निर्धारित गरेको लक्ष्यको दाजोमा प्रगतिको बढि गर्न गएको स्पस्ट छ ।
यसरी लक्षित उपलब्धि हासिल गर्न यातायातका विभिन्न कारण मध्ये आर.टी.ओ.ले राम्ररी कार्य गर्न नसक्नु पनि एक थियो । ती सरकारको सहयोगबाट उत्पन्न यो संस्थाको कार्यमा प्राबिधिक तथा अरु अनेकौ कठिनाई देखा परे जसको फलस्वरुप गठन भएको ३ वर्षपछि अर्थात् २०१८ सालमा यस संगठनलाई बिधिवत् बिघटन गरियो ।
नेपालमा आ.ब.२०१७।१८ को अन्तसम्मको सडकको स्थिती के थियो भन्ने बारे लेखा जोखा गर्दा प्रथम योजना प्रारम्भ हुनुभन्दा अघिल्लो वर्ष २०१३ सातको र प्रथम योजना अबधिमा निर्माण गरिएका सडकको लम्बाईलाई समष्टिगत रुपमा राखी हेर्दा अधिराज्य भरि कुल लम्बाई १५३६ किलोमिटर रहेको पाइन्छ ।
तर आ.व.२०१७।१८ सम्ममा भएको सडक आयोजनाहरुलाई हेर्दा सडकहरुको खुुद लम्बाई ११९८ किलोमिटर भएको अनुमान गर्न सकिन्छ ।
कुल सडक लम्बाई ११९८ किलोमिटर मध्ये ३३९ किलोमीटर (२८.३२ प्रतिशत) पक्की स्तरको र बाकी ८५९ किलोमिटर (७१.७० प्रतिशत) कच्ची स्तरको सडक रहेको देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *