के हामीले नेपालको कुनै पहिचान बाँकी नराखी गुमाई सकेका छौं ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हामी सित हाम्रो कुनै पहिचान बाँकी छैन सबै गुमाई सक्यौ । इमान्दारीको देशले बेईमानीको पगरी पाई सक्यो । शान्तिमय नेपालले असान्तको विगुल फुकिसक्यो । विश्वका अशान्त देशहरुमा शान्ति सेना जाने गर्थे अव आफ्नै देश नेपाल अशान्त भईसक्यो । शान्ति र इमान्दार विरताको धाँक लगाउन हामीले छोडी सक्यौ । भूमण्डल विश्वभरीका हिन्दुहरुको हिन्दु सम्राटको जडै देखि बंशनास हुनेगरी हत्या गरिसक्यौ ।
जनताको इच्छा विपरित त्यसपछिका राजा जसलाई हाम्रा आदर्श नेताहरुले सुनको दाम राखी ढोगेका थिए उनलाई पनि
गैर कानूनी रुपबाट हटाई सक्यो । जलश्रोतको धनी देश नेपालका नदीनालाहरु साझा भैसके । हामी नेपाली माथि विश्वले गरेको विश्वास गुमाई सक्यौं सनातन भेषभुषा, भाषा आफ्नो मौलिकता गुमाई सक्यौं । हाम्रो पौराणिक वैतणी नदी तार्ने गाईलाई घर निकाला गरी सक्यौं, हिजोको म हामी हिन्दुत्व बोकेकोले आज क्रिश्चियनको झोला बोकी रहेका छौं । पञ्चहरुले कम्युनिष्ट र कांग्रेसको झोला तथा एमाले नेपाली कांग्रेसले माओवादीको झोला बोकेझै भईरहेको छ । आफ्नो धर्म त्यागी अधर्म अंगाली रहेका छ । जो जो आफ्नो नाता सित क्रिश्चियन र मुसलमानको विहावारी चल्छ गर्छन त्यो सित हामी गर्दैनौ तसर्थ हामीले यिनलाई अधर्मी भन्न परेको मात्र नभई धर्मको विपक्ष अधर्म हो ।
आज छिमेकी राष्ट्रहरु सित जोरी पारी खोज्ने नेपाल पराधिन भएको छ । हामी कल्पना गरौं तिब्बत, चीन, तत्कालिन इष्ट कम्पनी सरकार ब्रिटिस सित पनि सामरिक क्षमता राख्ने देश आज उनीहरु कै पराधिनता बोकेको छ । उनीहरुबाट नै दान मागी देश विकासको नाममा गुजारा गरी रहेको
छ ।
पश्चिम नेपालको अन्यबाट पालिएको कुमाउ क्षेत्रको विकासमा नेपालीको रगत बगेको छ । त्यहाँका बाटाघटा विकास निर्माणका सम्पूर्ण काम नेपाली जनताले गरेका हुन
गरी रहेका छन् । नेपाली नेताहरुको गलत नेतृत्वले झन झन पराधीन भैराखेको कुरा लुकाएर लुक्न सकिदैन । आत्म निर्भरको कुरा गर्दा समयानुकुल नेपालमा सबै थोक उत्पादन हुन्थ्यो खाद्यान्न निकासी
गरिन्थ्यो । फलाम, तथा सुन समेत नेपालकै खोलानाला बगरबाट उत्पादन गर्दथे । सय दुई सय वर्ष पुर्व भने आज हामी त्यसको कल्पना पनि गर्न सक्ने अवस्थामा छैनौं । भारत नेपाल हाम्रो मुटुको धड्कन बनेका छन् । बनाउनु परेको छ भने क्रिश्चियन राष्ट्रहरुबाट प्राणभरी माग्नु परेको अवस्थामा हामी को हौ र कसरी बाच्न सक्छौ । २०३२÷०३३ सालसम्म पनि नेपालमा धान चामल निर्यात कम्पनी थियो हामी भारत, बंगलादेश, पाकिस्थान लगायतका मुलुकहरुमा धान चामल निर्यात गर्दथ्यौं भने आज आयात गरी राखेका छौं कृषि प्रधान देशले । त्यस्तै जलश्रोतको धनी देशले नेपालमा उत्पादन भए जति विजुली भारतबाट आयात गरी रहेका छौं । २०४३÷०४४ सालसम्म नेपालले तयारी लुगा तथा गलैचा उत्पादन गरी अमेरिकाको बजारमा पठाउथ्यौं । नेपालको हटौडामा बुनेको हटौडा कपडा कारखाना विश्व प्रसिद्ध थियो । निकासीको लागी तयारी पोशाक उत्पादन नेपाली कामदार र नेपाली धागो थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *