शिक्षा क्षेत्रमा व्यापक भ्रष्टाचार सरकारको मौन समर्थन








दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ बैशाख
कञ्चनपुर जिल्लामा आधारभूत विद्यालय तथा माविहरु मात्र रहेको बेलामा भ्रष्टाचार न्यून थियो । अंग्रेजी माध्यामबाट पढाई हुने स्कुलको आवश्यकतालाई मध्य नजर राखी ३२÷३३ सालतर्फ कञ्चन विद्या मन्दिर र राष्ट्रिय बाल विद्यालय सामुदायिक विद्यालयको स्थापना ईश्वरी प्रसाद सास्त्री चटौत, केएफ नाहाटा, दान सिंह रावलको सक्रियतामा कञ्चन विद्या मन्दिरको स्थापना भएको थियो भने राष्ट्रिय बाल विद्यालयको स्थापना दिनेश भण्डारी लगायतका व्यक्तित्वहरुबाट भएको थियो । यी दुवै विद्यालय कञ्चनपुर जिल्लाकै प्रथम अंग्रेजी माध्यमका विद्यालय हुन । यिनको आम्दानी खर्च विद्यालय सुधारकै काममा प्रयोग हुन्छ । निजी मालिक कोही छैन अविभावकनै मालिक हुन भने वर्तमानमा बाकी विद्यालयहरु मानव बालबालिका रुपी मुनाफादार पसलको रुपमा रहेका छन् । निजी विद्यालयहरु वर्तमान छाडा गाई गोरु जस्ता भएका छन । कसैका नियन्त्रण रेखदेख छैन । विनीहरु तथा शिक्षा अधिकारीको पनि वास्ता छैन । स्थापना हुदा धेरै विद्यालयहरु कम्पनि ऐन अन्तरगत दर्ता गरिएका थिए भने राजनीतिक कर्मी नेताहरु तथा सरकारले पनि यस्तैलाई प्राथमिकतामा राखे ।
विद्यालयले कापी किताव प्रशासनबाट कमिशन खाएर आफैले कापी किताव विक्रि गर्ने गरेका छन् । पुराना पुस्तकबाट विद्यार्थी काम चलाउछन भनेर हरेक वर्ष किताव बदल्ने गरेका छन् । वर्तमानमा त विद्यार्थीको डे«स पनि विक्रि गर्ने गरेको छ । त्यति मात्र हैन विद्यालयले पैसा लिई छात्र छात्राहरुको छाती र पिठ्युमा आफ्नो विद्यालयको नाम लेखी प्रचारार्थ विज्ञापन लेख्ने गरेका छन् । ती ड्रेसमा विद्यालयको लगानी भए नाम लेखे पनि विद्यार्थी अभिभावक केही हदसम्म सहन गर्न सक्थे तर त्यस्तो नगरी विद्यार्थीबाट पैसा लिई विज्ञापन गराउदैछन् । सरकारको मौन समर्थन
देखिन्छ ।
त्यो भन्दा बढी भ्रष्टाचार सुप विश्वविद्यालयले गरेको छ । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो नियमित काम
कारवाही प्रदेश नं. ७ बाट नै गर्नु पर्नेमा हरेक काम काठमाडौं शाखाबाट गरीरहेको छ ।
हालै पनि विश्वविद्यालयले कञ्चनपुरको महेन्द्रनगरमा रहेको मुख्य सुप वि.वि.ले निर्माण काम गर्दैछ टेण्डर प्रकाशित गरेको तर टेण्डर खरीद गर्न काठमाडौं जानु पर्ने उतैबाट खरीद गर्नुपर्ने हुँदा महेन्द्रनगर विश्वविद्यालय रहेकै ठाउँका निर्माण व्यवसायीहरुले पनि टेण्डर खरिद गर्न काठमाडौं जानुपर्ने कस्तो डिजाईन भ्रष्टाचारको मात्र होइन कि स्थानीयलाई दुःख दिने नियत निर्माण कामको ग्लोबल टेण्डर निकाले पनि नेपाली सहन्छन् तर मिलोमतो पदाधिकारीहरुले ल.इ. देखि अन्तसम्म भ्रष्टाचार गर्न काठमाडौंबाट सबै काम गराउदैछन् । सुपको भ्रष्टाचार हद भन्दा पनि हदसम्म पुगी सकेको छ । अरु त छोडौं स्थानीय व्यापारीद्वारा काम गरेको रकममा समेत भ्रष्टमति लिई स्थानिय व्यापारीलाई पनि सताएका प्रमाणहरु छन् । अख्तियारले पनि व्यापारीलाई नोक्सान दिने काम गरेको हेर्दैन हेरेको छैन । यदि विश्वविद्यालयबाट नै भ्रष्टाचार मौलाउछ भने त्यस अन्तरगतका विद्यालय महाविद्यालयहरुमा के होला र त्यहाँ पदासिन रहेका पदाधिकारी कर्मचारीहरु
कसरी चोखा बच्लान सुपको मुख्य कार्यालय सुपमा नै रहनुपर्छ, सुपका जनतालाई ठग्न वि.वि.को स्थापनाको लागी जनताले आन्दोलन नगरी यहाँका जनताको जीवनस्तर उचो पार्न सुप विश्वविद्यालयको स्थापना गर्नको लागी आन्दोलन गरेका हुन भनेर विश्वविद्यालय पदाधिकारीहरुले किन बुझेन ? सिंहदरबारको काम गाउँमा पुग्यो भन्ने र पुर्याउने सरकार नेताहरु के हेरी रहेका छन ? के सुप विश्वविद्यालय भ्रष्टाचार र शोषणको आखाडा हो ? के राजनीतिक पार्टीहरुको हेडक्वाटर
हो भन्ने प्रश्न उठेको पाईन्छ । यसको प्रमाण हो केही विद्यार्थीहरुले सुप विश्वविद्यालयमा पटक पटक तालाबन्दी धर्नालगायतका क्रियाकलाप हुनुले समेत प्रष्ट हुन्छ कि सुप विश्वविद्यालय नेपालकै सबैभन्दा बढी भ्रष्ट संस्था हो ।







