प्रचलनमा रहेका सामाजिक विसंगतिहरु








मानव जीवन समाजमा नै सुरक्षित रहन्छ, एकांकी जीवन सादु सन्यासीहरुको पनि देखिदैन । यसरी सामाजिक प्राणी भएपछि आदिकाल देखि समयानुकूल नयाँ नयाँ रिती रिवाज परम्परा संस्कृति प्रचलनमा रहनु स्वभाविक नै हुन्छ, जन्म देखि मृत्यु सम्मका विभिन्न संस्कार विभिन्न समुदायहरुमा आफ्नै रिति रिवाज अनुसार सम्पन्न हुने गरेको देखिन्छ । सम्भवतः यसैलाई पहिचान भनेर आवाज उठि रहेका होलान स्थान जलवायु, जाति लगायत विविधता संगै कथित धार्मिक मान्यताहरु पनि भिन्ना भिन्नै कतिपय स्थानहरुमा त विपरित बैमनस्यता फैलाउने प्रकृतिका खुलस्त भएर प्रकट भएका छन् । त्यसैले त विभिन्न नामका संघ संस्थाहरुका नाममा अस्तित्व जोगाउन कै लागि स्थापना भएको पाइन्छ । यी र यस्तै कतिपय विषयहरुमा यथार्थपरक विश्लेषण र विवेचना हुन आवश्यक लागेको छ ।
जातीय र क्षेत्रीय आधारमा रहेका फरक मान्यता प्रचलनहरुलाई माध्यम बनाएर षडयन्त्रकारीहरुबाट द्वन्द फैलाउने सामाजिक समरसतालाई ध्वस्त पार्ने काम प्रयाप्त भईरहेका छन् । निहित स्वार्थ पुर्तिका लागि देशी विदेशी तत्वहरुबाट अशान्ति अस्थिरता फैलाउने गतिविधि प्रष्ट देखिने गरी क्रियासिल छन् । यसका लागि यथेष्ट छन् लगानी भएका कतिपय एन.जी.ओ. आई.एन.जी.ओ.हरु छन्, राज्यलाई समेत समुचित जानकारी नगराई भने अनुसार कार्य नगरी भिन्नै प्रयोजनका लागि खर्च गरिन्छ यसबाट विषवमन हुने गरेको सञ्चार माध्यमहरुमा निरन्तर आएको पाइन्छ । ८ अरबको लगानी रोक्का भएबाट शासनलाई समेत चुनौती दिनु सामान्य जस्तै बनेको छ । त्यस्तै धर्म परिवर्तन गर्ने गराउने संस्था समूहहरुलाई देश निकाला गर्ने सम्मका कानून बनाउन आवश्यक भएको राज्यले निष्कर्ष निकालेको छ ।
सामाजिक जनजीवन अस्तव्यस्त बन्दै गएको छ । सुरक्षाको ठाउँ त्रासले व्याप्त देखिन्छ, जति सुकै सामाजिक सुधार ऐन भए पनि व्यवहारमा लागु गर्नु संभव नै भएको पाईदैन । आश्चर्यजनक रुपमा भोजभतेर बाजागाजा हजारौं निमन्त्रणा गर्दै लाखौं खर्च किन गरिन्छ ? त्यसमा पनि आमन्त्रित नै नगरिएका प्राणीहरुले त्यसरी तयार पारिएमा खानपिन सखाप पारी दिनु र त्यसमा केही गर्न खोजिए असुरक्षित हुनु स्वभाविक
परिणती व्यहोर्न परेका अनेक उदाहरण देखिन्छन् ।त्यस्तै छोरा जन्म्यो भने न्वारन लगायत तडकभडक भारी खानपिनले विविध प्रश्न खडा गरेको छ । आमा बुवा घर परिवारको सहारा बन्ने अपेक्षा गरेको छोरा कालान्तरमा हेरचाह त परै रहोस कतिपय सन्तान भएमा दम्पत्तिहरुको बृद्धाश्रम बास, अलपत्र, पारिएका यातना दिइने गरेको समाचार सामान्य बन्ने गर्नु सामाजिक विसंगतिको घृणास्पद नमुना बनेको छ । जन्मदा पीडा सहे पनि लालन पालन गरेको खुसीयाली मनाएको कुनै अर्थ रहदैन । प्रत्येक विषय पाश्चात्य शैली अनुशरण गर्ने चाहना भित्र त्यहाँका पारिवारिक प्रचलनहरुलाई किन अंगीकार गरिदैन ? वस्तुतः हाम्रो समाजमा व्याप्त कतिपय प्रचलनहरु केवल बाह्य मात्र छन् । अन्तर्थमा अपनत्व लगावको कुनै अस्तित्व पाईदैन । जीवित छदा लावारिस छोड्ने गरेपछि दंभ र देखावटका लागि तामझाम ठूलो
गरिन्छ । मन्दिरहरुमा पवित्र भावले पुजा अर्चना हुने मौलिक मान्यता विपरित कतिपय ध्वंशात्मक क्रियाकलापहरुको वास्तविक सनातन शाश्वत धर्मसँग कुनै तादात्म्य भेटिदैन, सप्ताह, नवाह कथा पुराण बाचन व्यर्थका ठकोसला गर्नु भन्दा जरुरत भन्दा असहायहरुमा व्ययगरे त्यो भन्दा ठूलो धर्म के नै होला ? स्वयं एक कट्टर हिन्दु संस्कारमा हुर्केको व्यक्तिले आफ्ना परम्पराहरुको अनादर संभव छैन । मन्दिर र यससंग सम्बन्धित सबैप्रति नमन गर्दछु तर त्यस्ता ठाउँ र संस्कार भित्र कतै पनि पत्रिता देख्न पाईदैन व्यर्थका प्रलापबाट कुनै उपलब्धि हुन पनि सक्दैन । बाल्यकाल देखि नै गीता पाठ गर्ने स्वभाव थियो जीवनको उत्तरार्धमा त्यसलाई छोडी दिए किनभने गीता भित्र के छ भनेर बर्षौसम्म पाठ गर्दा पनि जान्न सकिएन । इंगलैण्डका प्रख्यात विद्वान डा. बेनेटले शिवपुरी
बाबा (गोवीन्दानन्द भारती) सँग लिएको अन्तरवार्ता (अनन्तको यात्रा) त्जभ ीयलन उष्निचष्mबनभ पढेपछि प्रभु कृपाबाट अभिव्यक्त अमृत बचनको संक्षिप्त सार पढ्न पाए तर माया ९क्ष्गिकष्यल० ले ग्रस्त मनलाई तुरुन्तै आत्मसात गर्नबाट रोक्छ पवित्र ग्रन्ध भएर पनि आत्मसात गर्न सकिएन भने गीता पाठ अर्थहीन भएर जान्छ ।
साधु सन्यासी भनेको संसारमा रहेर पनि अन्तश्चेतनाकाद्वार खुलेको पारलौकित जगतको रहस्य बुझेको तत्ववेत्ता ज्ञानी हुनु पर्नेमा प्रायः समाजवाद तिरस्कृत भएमा वा बाच्ने माध्यमका रुपमा भीखारीहरुको
परिष्कृत स्वरुपका कतिपय जोगी माता पवित्र शाश्वत सनातन जीवन भन्दा पनि वितृष्णा फैलिएको देखिन्छ । तिर्थव्रत गर्ने प्रचलन छ तर त्यहाँ विभिन्न भेषधारी लुटेराहरु धम्काएर पैसा असुल गर्छन, मुण्टण्ड बाहुवली पालेका पण्डाहरुबाट धर्म प्रति नै घृणा जागरे
आउँछ ।
पुजा पाठ धर्मकर्म कसैलाई देखाउनका लागि होईन अन्तर जगतको पारलौकिक आत्म तत्व ज्ञान प्राप्ति हुन्छ भने मन्दिर मस्जित, चर्च गुरुद्वारा, गुम्वा आदि जहाँ गए पनि सारभूत विषय त एउटै हो तर यसका नाममा हुने गरेका हिंसा हत्या अपराधहरुलाई पनि समाजले धार्मिक आवरण देखाउछ भने त्यो कदापी पनि धर्म वा सामाजिक सद्भावको प्रतिक हुन सक्दैन । मीथ्या दंभ र अहंकारले व्याप्त सामाजिक परम्पराको अन्त होला ? नक्कली आवरणमा रहेका दुषित खानपिन भोजभतेर बन्द होलान ? समाजको गतिमा वास्तविक जीवन र शान्तिको अनुभूति उत्पन्न होला ? यी र यस्तै कतिपय विषयहरुमा
गहिरो चिन्तन र परिवर्तन आवश्यक लाग्दछ, अन्यथा समरशता, मानवीयता र अपनत्व समाप्त हुन बेर लाग्दैन ।







