कञ्चनपुरका सीमा स्तम्भ पुनः निर्माण शुरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ८ बैशाख
कञ्चनपुरका सीमा स्तम्भको पुनःनिर्माण कार्य शुरु गरिएको छ । नेपाल–भारत सीमा छुट्याउने सिमा स्तम्भ जीर्ण बन्दै गईरहेकोले त्यसलाई पुनः निर्माण गर्न नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले पिलर पुनर्निर्माण गर्न लागेको हो । गत मंसिरदेखि संयुक्त टोलीले कैलालीका सीमा पिपर मर्मत गरेको थियो ।
संयुक्त सीमा सर्वे टोली नेपाल तर्फका टोली प्रमुख सर्दशन सिह धामीले कञ्चनपुरको पुर्वी क्षेत्र पुर्नवास नगरपालिका ११ डोकेबजारदेखि जीर्ण अवस्थामा रहेका सीमा पिलर पुनर्निर्माण, मर्मत कार्य शुरु गरिएको बताए । उनका अनुसार
डोकेबजारका ७५२÷७ र ७५३ नम्बर पिलर मर्मत गरिएका छन् ।
नेपाल पक्षले बिजोर र भारतीय पक्षले जोर सीमा पिलर मर्मत, पुनर्निर्माण गर्नेछन् । एक महिनासम्म मात्रै कञ्चनपुरका सीमा मर्मत गरिने बताउदै नेपालका तर्फबाटका टोली प्रमुख धामीले बर्षातको समयमा काम रोकिने बताए । ‘यो टोलीले सीमा मर्मत गर्ने म्याद एक महिना मात्रै छ, ‘उनले भने, ‘एक महिनामा कञ्चनपुरको पुरै सीमा मर्मत हुने अवस्था छैन् ।’ हराएका पिलर निर्माण, जीर्ण मर्मत एव पुनर्निर्माणका साथै दशजगा क्षेत्रको अतिक्रमण हटाउने समितिले म्यान्टेड पाएको छ ।
बेलौरी नगरपालिका १० भुडाका स्थानीयले संयुक्त सर्वे टोलीले नेपालको जमिन भारतमा देखाएको भन्दै आपत्ति प्रकट गरेका छन् । भुडाका स्थानीय टिकाराम पन्तले २०३६ सालमा जग्गाधनी प्रमाण पत्र आएका २४ परिवारको जमिन सर्वे टोलीले भारतमा देखाएको बताए । ‘हामीले ३९ बर्षदेखि कमाईखाएको जमिन सर्वे टोलीले
भारतमा देखायो, ‘उनले भने, ‘यस बारेमा स्पष्ट एकिन हुनुपर्छ ।’ संयुक्त सर्वे टोलीले भने भुडाको विषयमा अहिल्यै एकिन हुन नसकेको जनाएको छ । नेपालको दर्ता जमिन भारतमा देखाउने विषय हल्ला मात्रै भएको टोलीले दावि गर्दै आएको छ ।
महाकाली नदिले मुख्य १ पिलर ढलाएको र १ पिलर बगाएको छ । चार वर्ष अघि दार्चुलामा गएको वाढिबाट ढलेको भीमदत्त नगरपालिका ९ ब्रम्हदेव खल्लामछेट्टीको ८१३ नम्बरको पिलर ढलेकै छ, भने महाकाली नदीले बगाएको ८११ नम्बर पिलर अहिलेसम्म फेला परेको छैन् । नेपालका तर्फबाट सुर्दशन धामी र भारतका तर्फबाट आरके भट्टको नेतृत्वमा सुरक्षाकर्मी सहित प्राविधिक टोली खटिएका छन् । शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार कुल ३ सय ९० सीमा पिलर मध्ये कुल ७८ पिलर साबुत अर्थात ठिकै अवस्थामा छन् । २५ मुख्य, ४७ सहायक र ६ सानो पिलर गरि कुल ७८ पिलर मात्रै साबुत अवस्थामा छन् । भने २ सय २२ पिलर निर्माण हुनै बाँकी छन् । मुख्य १६, सहायक ११७, साना पिलर ८९ गरि २ सय २ पिलर निर्माण भएका छैनन् । जसमध्ये ३८ पानीमा हराएका र १८४ निर्माण नै भएनन् ।
९ पुर्ननिर्माण र ४५ पिलर मर्मत गर्नुपर्ने देखिएको छ । मुख्य ४, सहायक ५ पुर्न निर्माण गर्नुपर्ने र मुख्य १२, सहायक ३२ र १ सानो गरी कुल ४५ पिलर मर्मत गर्नुपर्ने देखिएको छ । अहिलेसम्म ३४ पिलर फेला परेका छैनन् ।
मुख्य ५, सहायक २१ र साना ८ गरि ३४ पिलर अहिलेसम्म फेला
परेका छैनन् । कञ्चनपुरमा ६४ मुख्य, २ सय २२ सहायक, साना १ सय ४ पिलर
रहेका छन् ।
डोकेबजार देखि ब्रम्हदेबसम्म १ सय २९.५ किलोमिटर दुरीमा रहेका कञ्चनपुरका सीमा पिलर बाहिर र भित्र देखि कमजोर अवस्थामा पुगेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *