वाणिज्य बैङ्कहरुको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आयात बिल तथा आयातित सामानको सुरक्षणमा गएको कर्जा भने २११.५ प्रतिशतले बढेर रु ३२.९२
करोड पुगेको थियो त्यस्तै सुन, चादी, अन्न तथा अन्य वस्तुहरुको सुरक्षणमा गएको कर्जा पनि निकै बृद्धि भएको थियो । योजना अबधिमा प्राथमिकता प्राप्त क्षेत्रमा कुल निक्षेप दायित्वको ७ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन अनुरुप वाणिज्य बैंकहरुले यस क्षेत्रमा लगानी गर्न थाले तापनि निर्धारित प्रतिशतमा पुर्याउन सकेका थिएनन् । पाचौं योजनाको अन्तसम्ममा प्राथमिकता क्षेत्रमा रु १६.२० करोड लगानी
गरिएको थियो जसमध्ये कृषि क्षेत्रमा ६.१४ करोड, घरेलु तथा साना उद्योगमा ५.३१ करोड र सेवा क्षेत्रमा ४.७५ लगानी गरिएको थियो । यस योजनाको अन्तमा पिछिडिएका क्षेत्रका साना किसान तथा उद्यमीहरुलाई स्थानीय साहुँहरुको क्रणको भारबाट मुक्त गरी आयस्तर वृद्धि गराउने उद्देश्यले सघन बैकिङ्ग कार्यक्रम लागु गर्न नेपाल बैक लिमिटेडले बर्दियाको मगरगरी गाउ पञ्चायतमा र राष्ट्रिय वाणिज्य बैंकले कैलाली जिल्लाको चौमाला गाउ पंचायतमा आ–आफ्ना शाखा खोलेका थिए । २०३७ को अन्त्यसम्ममा नेपाल बैक लिमिटेडको मगरगरी शाखाले रु ६१ हजारको कर्जा वितरण गनुको साथै रु २ लाख ८ हजारको बचत संकलन गरेको थियो । पाचौ योजनाको अन्तसम्ममा वाणिज्य बैकका शाखाहरुको संख्या २४१ पुग्यो जमिध्ये १२३ तराईमा, ७८ पहाडमा र ४० काठमान्डौमा थिए ।
७. छैटौ योजना अबधि
(२०३७।३८ –२०४१।४२) को स्थिति
छैटौ योजनाको पहिलो वर्ष २०३७।३८ मा कुल निक्षेप अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भइ रु ४१४.३२ करोड पुग्यो । यसमध्ये मुद्दती निक्षेपको हिस्सा ५४ प्रतिश, चल्ती निक्षेपको हिस्सा २५ प्रतिशत र बचत र मार्जिन निक्षेपको हिस्सा २१ प्रतिशत थियो । कर्जा तथा लगानी अघिल्लो वर्षको तुलनामा २६.० प्रतिशतले बृद्धि भएर रु ३७६.६० करोड पुग्यो । यसमध्ये निजि क्षेत्र र
सरकारी संस्थालाई भएको कर्जामा निकै बृद्धि भइ क्रमश रु २४३.९३
करोड र १००.१९ करोड पुगेको थियो भने सरकार माथि दाबी केही घटेर रु ३२.४८ करोड हुन गएको थियो ।
यसरी कर्जाको बृद्धि दर बढी भएकोले कर्जा निक्षेप अनुपात बढेर ८३.० प्रतिशत पुग्न गयो । तरल सम्पती पनि निकै बढेकोले (१३५.४५ करोड)
तरलताको अनुपात पनि बढेर ३२.७ प्रतिशत हुन पुग्यो । २०३७।३८ को अन्तसम्ममा उठाउन बाकी कर्जा रु ३५७.८७ करोड मध्ये बैदेशिक व्यापार कर्जा रु ८०.७४ करोड र अन्य सामानको सुरक्षणमा गएको कर्जा रु २७७.१३ करोड थियो । बैदेशिक व्यापार कर्जामा आयात बील तथा आयातित सामानमा गएको कर्जा रु ५६.३२
करोड थियो । भने निर्यात कर्जा रु २४.४२ करोड थियो । अन्य कर्जामा सुन चादी, गल्ला तथा अन्य सामानको धितोमा गएको कर्जा पनि बृद्धि भएको थियो ।
यो बर्ष प्राथमिकता क्षेत्र कर्जा रु १६.६२ करोड बितरण भएको
थियो । जसमध्ये कृषि क्षेत्रको लागी रु ६.७३ करोड, घरेलु तथा साना उद्दोगका लागि रु ६.०४ करोड र सेवाका लागी रु ३.८४ करोड गएको थियो । त्यस्तै सघन बैकिङ् कार्यक्रम अन्तर्गत उठाउन बाकी कर्जा रु १ लाख ७७ हजार पुगेको थियो । २०३७।३८ को अन्तसम्ममा वाणिज्य बैकका २३६ शाखाहरुमध्ये
तराइमा १३१, पहाडमा ८७ र काठमान्डौमा ४५ पुगेका थिए । योजनाको अन्तिम वर्ष २०४२।४३ सम्ममा कुल निक्षेप पहिलो वर्षको तुलनामा १०६.० प्रतिशतले बृद्धि भएर रु ८५३.६१ करोड पुग्यो । सो मध्ये मुदती निक्षेपको हिस्सा ५५ प्रतिशत चल्ती निक्षेपको हिस्सा १९.५ प्रतिशत र बचत र मार्जिन निक्षेपको हिस्सा २५.५ प्रतिशत थियो ।
कुल कर्जा र लगानी ९१.४ प्रतिशतले बढेर रु ७२०.९८ पुग्यो । सरकार माथि दाबी अत्यधिक बृद्धि भएर रु २०१.८३ करोड पुगेको थियो भने सरकारी संस्थालाइ गएको कर्जा र निजि क्षेत्रलाइ गएको कर्जामा पनि बृद्धि भएर क्रमश रु १३१.४२ करोड र रु ३८७.७३ करोड पुगेको थियो । यसरी निक्षेप बृद्धिको तुलनामा कर्जा बृद्धि दर कम भएकोले कर्जा निक्षेप अनुपात ६०.८प्रतिशत हुन पुग्यो । त्यस्तै निक्षेप बृद्धिको अनुपातमा तरल सम्पतीको वृद्धि नभएकोले तरलताको अनुपात २२ प्रतिशतमा ओर्लियो । छैटौ योजनाको अन्तसम्ममा उठाउन बाकी जम्मा कर्जा रु ४५३.२१ करोड पुगेको थियो जसमध्ये वैदेशिक व्यापार कर्जा रु ७०.१६ करोड र अन्यकर्जा रु ३८३.०५ करोड पुगेको थियो । बैदेशिक व्यापार कजामा आयात सामानको सुरक्षणमा गएको कर्जा केही कम भइ रु ३१.५५ करोड पुगेको कुरा उल्लेखनिय छ । अन्य कर्जामा सुन चादी र अन्नको सुरक्षणमा गएको कर्जामा साधारण वृद्धि भए तापनि यी वाहेक अन्य कर्जाको सुरक्षणमा गएको कर्जामा साधारण वृद्धि भए तापनि यी बाहेक अन्य कर्जाको सुरक्षणमा गएको कर्जा भने उल्लेखनिय रुपले बढेको थियो । योजनाको अन्तसम्ममा प्राथमिकता क्षेत्र कर्जा अन्तर्गत जम्मा रु ४३.२८
करोडको लगानी भएको थियो, जसमध्ये कृषिका लागी रु १२.९८ करोड, उद्योगको लागि रु २६.५४ करोड र सेवाका लागी रु २६.५४ करोड र सेवाको लागि रु ३.७६ करोड गएको थियो । सघन बैकिङ् कार्यक्रम अन्तर्गत कारेबारमा निकै बृद्धि भएकोले उठाउन बाकी कर्जा रु ९.७१ करोड पुगेको थियो । योजनाको अन्तसम्मा वाणिज्य बैकहरुका कुल शाखा ३८१ वटा पुगेका थिए जसमध्ये काठमान्डौमा ५२ वटा, पहाडमा १४८ वटा र तराइमा १८१ वटा थिए ।
८.२०१७ देखि २०४२ सम्मको समीक्षा
२०१७ साल देखि २०४२ सालसम्मको विवेचना गर्दा वाणिज्य बैकको संख्या, कृयाकलाप र कार्य क्षेत्रमा समेत निकै वृद्धि भइसकेको कुरा स्पस्ट हुन्छ । २०१७ सालमा देशमा जम्मा एउटा मात्र वाणिज्य बैक थियो । भने २०४२ सालमा तीन वटा वाणिज्य बैकहरु कार्यरत थिए जसमध्ये एउटा विदेशि सहभागिता खुलेको थियो । वाणिज्य बैकहरुका शाखाहरु २०१७ सालमा जम्मा १६ वटा मात्र थिए । जसमध्ये १३ वटा (८१ प्रतिशत) शहरी इलाकामा थिए । २०४२ सालमा शाखाहरुले संख्या ३८१ पुगे जसमध्ये करीब ६० प्रतिशत शहरी इलाकामा र बाकी करीब ४० प्रतिशत ग्रामिण इलाकामा थिए । शाखा बिस्तार भए अनुरुप वाणिज्य बैकहरुको बचत र लगानीमा पनि निकै बृद्धि भएको थियो । २०१७ आषाढमा नेपाल बैक लिमिटेडको कुल निक्षेप रु ७.२२ करोड मात्र थियो । जसमध्ये चल्तीको हिस्सा सबभन्दा बढी (६३ प्रतिशत) थियो । २०४२ आषढमा वाणिज्य बैकको कुल निक्षेप कैयौ गुणा बृद्धि भएर रु ८५३.६१ करोड पुग्यो जसमा मुद्दतीको हिस्सा सब भन्दा बढी ५५ प्रतिशत थियो । यसरी बैकहरुको निक्षेपको रकममा मात्र बृद्धि भएको होइन यसको बनौटमा पनि सकरातमक परिवर्तन आएको थियो । २०१७ ेसालमा आषाढमा नेपाल बैक लि. को कुल कर्जा तथा लगानी रु ३.२२ करोड मात्र भएकोमा २०४२ आषाढमा वाणिज्य बैकहरुको कुल कर्जा तथा लगानी रु ७२०.१८ करोड पुगेको थियो । २०१७ सालमा नेपाल बैक लिमिटेडको लगानीको क्षेत्रको गल्ला व्यापारमा सीमित थियो भने २०४२ सालमा आएर यसको कार्य क्षेत्र निकै फराकीलो भएको छ । वाणिज्य बैकहरुले नाफा कमाउने क्षेत्रमा मात्र लगानी गर्नुपर्छ भन्ने पुरानो धारणामा धेरै सुधार आइसकेको छ । वाणिज्य बैकहरले परिचालन गरेको
धनराशीलाई देश बिकासमा प्रत्यक्ष योगदान दिने उत्पादक तथा साना क्षेत्रहरुमा पनि लगानी गर्नुपर्छ भन्ने धारणा अनुसार वाणिज्य बैकहरुले प्राथमिकता क्षेत्र, सघन बैकिङ क्षेत्र, शिक्षित बेरोजगारलाइ क्रण सहायता दिने पुर्व निर्यात कर्जा दिने आदि नया –नया क्षेत्रतर्फ पनि लगानी गरेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *