के यो देश सबैको साझा होइन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यो नेपाल मेरा जातीको मेरो फलानाको मात्र हो भन्नु भुल हुनेछ । विभिन्न मिडियाहरु मार्फत देशमा द्वन्द फैलाउने काम चौतर्फी भई रहेको छ, यो देश मगरातको पनि हो, पहाडी मदेशी, थारु, बाहुन, क्षेत्री जे जति जाती सम्प्रदायका मानिस बस्छन् ती सबैको
बराबर हक लाग्छ यो देशमा । देशमा भेदभाव हुनु हुदैन आज लिङ्गभेद र जातीभेदले यो देश रुमल्ली
रहेको छ । जनजाती दलित थारु महिला मात्र यो देशका मित्र हैनन् सम्पूर्ण देशबासी नै मित्र हुँदा नेपालमाथि एकलौटी शासन गर्न कसैले नसोचे हुन्छ, योग्यता अनुसार सार्वजनकि नियुक्ति हुनु पर्छ ।
राजनीतिक पार्टी जस्ता छन बस समितिहरु ः
आज सम्मको सरकारले व्यवसायीहरुलाई
राजनीतिक पार्टी, सामाजिक सेवामुलक संस्थाको रुपमा बस व्यवसायीहरुलाई दर्ता गर्यो जुन कुरा एकदम गलत थियो, पटक पटक आवाज उठेका भए पनि कसैले सुनेन कि सकेन, वर्तमानको सरकारले सबै व्यवसायी सरह करको दायरामा ल्याउने गरी व्यवसायीलाई व्यवसायिक संस्थामा दर्ता गर्न बस व्यवसायी, जनता, यात्री तथा पर्यटक सबैको लागी अति उत्तम कार्य भएकोले यसबाट कहिले पछि पछि हटनु हुदैन, जस्तो भारतमा के.एम.ओ. का बसहरु तथा अन्य कम्पनीका बसहरु चल्छन त्यस्तै राख्नु पर्छ विश्वमा नेपालको जस्तो जनताले बगाएको पसिनाको उपयोग अनधिकृत व्यक्तिहरुले गर्नु हुदैन । व्यवसायी संस्थाहरुलाई कम्पनी ऐन भित्र राख्नु सरकारको दायित्व पनि हुँदा नडरी अगाडी बढ्दै जानु पर्ने सुझाव स्वतन्त्र नागरिक समाजको आशा पनि रहेको पाईन्छ ।
प्रदेश नं. ७ को सरकारले पनि साझा बस सञ्चालन गर्नु गराउनु पर्दछ
सुपका जनता सबै थोकबाट पछाडी परेको बेला प्रान्तिय सरकारको उदय भएको छ, सबै प्रान्तहरुले साझा यातायातको सुविधा पाएको छ । हामी मात्र बन्चित रहेकाले थोरै भए पनि हाम्रो साझा यातायातको सुविधा हामीले पनि पाउनुपर्छ किनकी हामी पनि यसै देशका नागरिक हौं । आज सम्म माग गर्दा गर्दा थाकी सक्यौं अव सुपका जनताले पनि अवश्य इन्साफ पाउने छौं र नेताहरु कर्नाली पुर्वका नेताहरुले पुल
पुल्यायोमा लाग्ने छैनन् भन्ने विश्वास गरेका छौं ।
देशमा यौटा खाद्य संस्थान राखी शाल्ट टे«डि· भंग गर्नुपर्छ
भारत सरकारले अनुदानमा दिएको नून र जनताको पसिना समेत चाटेन, भ्रष्ट काम शाल्ट ट्रडिङ्गले गरिरहेको हुँदा शाल्ट ट्रेडिङ्गलाई ने. टे«.लि. झै खारेज गरी खाद्य सामग्री खाद्य ंस्थानबाट नै उपभोक्तालाई उपलब्ध गराउनु पर्ने हाम्रो राय रहेको छ ।
धर्म परिवर्तन
आज देशमा धर्म परिवर्तनरुपी भ्रष्टाचारमा व्यापकता आएकोले त्यस्ताको पहिचान गरी गराई ती भ्रष्टाचारी माथि कडा कारवाही हुनु पर्ने छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *