माटो हरायो देश विलायो यौवनसँगै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज २७ वर्ष भयो भारतको सहयोगमा भुटानीहरुको ज्याथा हरण
गरि देश निकाला गरिएको, कसै ठूला देश, विश्व न्यायकर्ता विशव सुरक्षा निकायलाई नराम्रो लाग्ला तर मलाई त नरमाईलो लागेको छ ।
भुटानी शरणार्थी युवा युवती छोराछोरीहरुका सपना माथि आक्रमण भए गरेका क्षणहरु । आज यो विश्वमा जनावर जनावर मात्र छन राक्षसहरुको मात्र जमानत छ । विश्वमा कोही विश्ववादी शान्तिवादी, मानवअधिकारवादी न्याय प्रेमी हुँ भन्ने न्यायवादीहरु आज अपराधी भै सकेका छन् ।
भुटानी शरणार्थीहरुको सम्पत्ति हरण भएको २७ वर्ष पुग्यो । झापामा जन्मेका भुटानी शरणार्थी आमाबुवाका छोरा छोरी पनि २७ वर्ष पुगे भने कोही कोही १२÷१५÷१६ वर्षका छन् । आमा बाबा काकाहरुलाई अमेरिका र भारत मिली नेपालबाट पनि वेपत्ता पारिएका छन् । स्वाभिमानी हटि जेष्ठ नागरिक आफ्नै देश फर्कन कुरी रहेका छन् भने विद्यार्थीहरु स्कुल कलेजको पढाई छोडी अमेरिकाको दाश बन्न चाहदैनन् स्वाभिमानीहरु । उनको जीवन देख्दा सुन्दा आखाँबाट आशुँ कसको आउदैन होला, त्यो शरणार्थी शिविर झापाको दृष्य हेर्दा सुन्दा, बासका छाना जव जंगली हात्तीले समय समयमा फाली आतंक गर्छन् । नानीहरुका सपना सुनिन्छन् अनि कुन मुर्खको आखामा आसु नआउला । गौतमबुद्धको देशमा न्याय पाउला नेपालले संयुक्त राष्ट्रमा मुद्दा पुर्याई हाम्रो धनजन बचाई देला प्रजातन्त्रवादी नेपाल भन्ने कल्पना बोकी शरणार्थीको रुपमा नेपाल पसेका भुटानी शरणार्थीको विचल्ली हुँदा नेपालले टुलु टुलु गरी हेरिरह्यो । आफ्ना नागरिकलाई विदेशीको दाश बनाउन पल्केका कमिसन खोर नेपाली नेताहरु भुटानी
शरणार्थीको के सक्दथे सुरक्षा गर्न अन्तमा दादागिरीको चंगुलमा फसे । हामीले न नेपाली नागरिकता र रोजगारी दिन सक्यौ न उनको देश भुटान फर्काउन सक्यौं । भुटान आफ्नो हातमा केही छैन भारत शासित रहेको छ । दुःख लाग्छ भुटानी युवा युवती वालिकाहरु बाबा आमा जेठा बुवा काकाहरु अमेरिकामा दासत्वको जीवन विताउन गए लगिए तर स्वाभिमानीहरु शिविरमा नै बसेका छन् ।
विभिन्न सपनाहरु बोकी रहेका छन्, कसले सुन्छ उनीहरुका सपना कसरी साकार हुन्छन । नेपाली युवा युवतीहरु सित हिड्ने बस्ने पढने तालिम गर्ने तर आफ्ना सपना सावित हुने बाटो तर्फ जादा अगाडी
नागरिकता प्रमाण पत्रको कुरा आउछ, अनि मौनतामा विलिन हुन पुग्छन् । कस्तो संसार जन्मदै अनागरिक भएर जन्मनु पर्ने यो पिडा कसले सुन्दछ । कोही सुन्दैन नाम मात्रको संयुक्त राष्ट्र संघको न्यायालय बलियाले मात्र न्याय पाउने तर बेसहरा शरणार्थीको लागि न्याय युएनओ सित छैन । कलिला पुस्ताका संग कुनै उत्तर छैन ठूला विकसित भनिने राष्ट्रहरुले जे चाह्यो त्यो हुने घिनलाग्दो मानव समाजमा । आज अपराधीहरुले दीन पाईरहेका छन, धर्महालाहरु र वेधर्मीहरुको जमातमा बढोत्तरी आएको छ ।
२७ वर्षसम्म उमेर पुगेका र त्यो भन्दा मुनिका केही गरौं आफ्नो देश भुटानको लागी भन्ने तन्नेरीहरुका लागी देश हरायो माटो हरायो विलायो यौवनसँग । आज उनीसित देशको पहिचान गर्ने केही छै्रन कोही जन्मदै अनागरिक भए त कोही देश छोडे पछि । हे युवाहरु हो अर्काको देशको उन्नतिको लागी इमान्दारिताले कोही सोच्ने बाला छैनन् विश्व परिवर्तन हेर्दा केवल आफ्ना चाकरको लागी कोही विश्व सोच्दैन भन्ने प्रमाण हुन यी । यी सबै अध्ययन गरी जुन नीति जनताको लागी हितकर हुन्छ त्यही स्वदेशी नीति अपनाऔं विदेशीहरुको दर्शन त्यागी स्वदेशी दर्शन अपनाऔं भावी दिनहरुमा यदि समाज कल्याणकारी हाम्रो दर्शनको मन्थन हुन्छ भने अवश्य हाम्रो दर्शन विश्वव्यापी हुनेछ । तर नेपाल र नेपालीको दर्शन शास्त्र यस्तो बन्नु पर्दछ कि कुनै पनि नागरिकले देश छोडेर जाने अवस्था कुनै रुपमा पनि नआओस ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *