प्राकृतिक तथा मानव प्रकोप बाट ध्वस्त संरचना तुरुन्त निर्माण हुनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यौटा अभागी देश जसको संरचना प्राकृतिक प्रकोपबाट २०७२ बैशाखमा र मानव प्रकोपको सिलान्यास २०५२ मा सुरु भई २०६४ मा अन्त भएको थियो । दुवै किसिमका ध्वस्त संरचनाहरु पुनः निर्माणको लागी विश्वभरीका मित्र देशहरुले हाम्रो देश नेपाललाई हिसाव नै राख्न नसकिने जति प्रसस्त रकम दान दिएका थिए र दिई रहेका छन् । भुकम्प अर्थात प्राकृतिक प्रकोपबाट ध्वस्त पारिएका साझा तथा निजी संरचनाहरु पुनरनिर्माणको कममा रहेका छन् । अनेक सामाजिक संघ संस्थाहरु जोरतोडका साथ जुटेका छन् भने द्वन्दकालमा मानव प्रकोपबाट नष्ट पारिएका सरकारी संरचनाहरु क्रमिक रुपबाट दाताको धनराशीको आधारमा निर्माणाधिन रहेका छन् । निजी संरचनाहरुको मुल्यांकन गराई क्षतिको २५÷३० प्रतिशत सम्म नगद भुक्तानी भईसकेको छ । बाकी रहे जतिमा पनि कारवाही जारी रहेको छ तर साझा ऐतिहासिक संरचनाको भने पुनरनिर्माण हुन पाएको छैन । नेपालगन्जमा मानव प्रकोपमा परेको राजाको शालिक जनता आफैले पुनः प्रहरीद्वारा उठाउन लगाई वेपत्ता सरह नै परेको छ भने सुपको मात्र पनि कुरा गर्दा कैलालीको
अत्तरियामा रहेको शालिक तोडेको तोड्यै छ । त्यस्तै कञ्चनपुरको महेन्द्रनगरको महेन्द्र स्मारकमा रहेको राजा महेन्द्रको शालिक
मध्येरातमा गायव पारेका थिए आज सम्म पनि पुनरनिर्माण भएको छैन मानव प्रकोपको निसानी ज्यूका त्यू छ । यस्ता संरचनाहरुले देशको पहिचान गराउने हु“दा कुनै हेल्चेक्क्रयाई नगरी चाडो निर्माण गर्नुपर्ने देखिन्छ । मध्य बीच बजार तथा अन्य प्रमुख स्थानहरुमा
रहेका शालिकहरु रीसको आवेगमा आएर राजा तथा कविका शालिक तोडिएका उलेखिएका थिए । नेपालका साना ठूला
शहरहरुमा धेरै स्वदेशी तथा विदेशी पर्यटक लजाएका छन् । यस्ता मानव प्रकोपबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाहरुले हाम्रो पहिचान दिइरहेको छ । त्यस कारण जहा“ जुन ठाउ“मा जसका शालिकहरु थिए उनीहरुकै शालिक निर्माण गराउने तर्फ सरकारको ध्यान जानुपर्ने देखिन्छ ।
देशभरीका यस्ता साझा संरचनाहरु देशका सम्पत्ति हुन्, ऐतिहासिक चिनारीहरु पनि हुन त्यस कारण गाउ“ तथा शहरहरुमा मानव प्रकोपबाट नष्ट गरिएका विभिन्न धार्मिक स्थल, सरकारी भवन, पुल पुलेसाहरुको पुनः निर्माण गर्नुपर्ने काम सम्बन्धित नगरपालिका, गाउपालिकालाई दिनुपर्ने र देशभरीका शालिकहरु तोडफोड गरे जतिका पुनः निर्माण गर्नुपर्ने अनिवार्य भएकोले यसतर्फ
सरकारले कुनै पनि पार्टीलाई प्रमखता नदिई साझा नै सम्झेर जनताको पनि सहयोग लिई पुनः निर्माण गर्नुपर्दछ । आज यतिका वर्षसम्म नेपालमा देशी विदेशी पर्यटकहरु कुनै न कुनै रुपमा
आइरहेका हुन्छन्, भन्ने कुरालाई मध्यनजर राखी आफ्नो अस्तित्व र इज्जत बचाउन नेपालीको पहिचानमा धक्का नलाग्ने गरी मानव प्रकोपबाट नष्ट पारिएका काम लाग्ने वा नलाग्ने सबै खालका ऐतिहासिक संरचनाहरु जीवित राख्नुपर्ने देखिन्छ ।
रीशको आवेशमा आएर राष्ट्रको सम्पत्तिमा आगो लगाउनु जघनय अपराध हो भन्ने कुरा भुल्नु हुदैन । त्यस्तै साझा सम्पत्तिमाथि कतै लुटपाट भइरहेको छ भने कतै प्राकृतिक प्रकोपको रुप लिएको छ जस्तो कि विभिन्न शहर बजारमा रहेका विद्युतका पोलहरु, पानीका पाईपहरु मर्मत रेखदेश बेगर लामो अवधिसम्म बाच्ने उमेर भएका संरचनाहरु पनि कही कतैबाट समयमा मर्मत सम्भार गरिएका छैनन् । देशको सर्वाङ्गीण विकासका लागि राष्ट्रकै विकास ठानी वर्तमान निर्माणाधिन रहेको सडकहरुका किनारामा निर्माण कार्यमा बाधा पुर्याईरहेका विद्युतका पोलहरु तुरुन्त निश्चित रुपमा सारी सडक निर्माणको काम चाडै गर्नुर्ने अति आवश्यक देखिन्छ । यस्तै रेजरवमा रहेको महेन्द्रनगर नगरविकास समिति अन्तर्गत रहेको नगर विकास समितिको जग्गामा आज मनमानी साथले दीर्घकालिन भाडाको नाममा बेचविखन सरह भईरहेको छ । यस्तो काम राती राती धनाड्य व्यक्तिहरुद्वारा र सम्बन्धित सरोकारवाला पदाधिकारीको साझेदारीमा भईराखेको छ, जहा“ कि तिमी पुन चुप लाग म पनि चुप लाग्छु भन्ने नीति अपनाएर भ्रष्टाचारमा व्यापकता भएको छ । यसतर्फ अख्तियार अनुसन्धान आयोग मौन रहेको जस्तो देखिन्छ किनकी कारवाहीको सार्वजनिक भएको छैन भने यो देश कहा“ पुगेको छ आफै सोच्नुहोस् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *