नेपाली आकाशमा तरङ्ग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नयाँ नेपालमा एक पछि अर्को गर्दै
तरंगका जाल फैलिएका देखिन्छन् । दुइ तिहाइ भन्दा बढी जन समर्थन प्राप्त स्थिर सरकारको दाबेदारी धरमरीन लागेको छ । कुनै तर्क विश्लेषण बहशको जरुरत नै छैन जे छ त्यहि अभिव्यक्त हुन्छ । आम सर्वसाधारण प्रति जिम्मेवारी निर्वाह गर्ने जति दावा गरे पनि यी यावत विषय सत्ता सुखका लागि नै हुन भन्नमा अनुचित रहदैन । सबैलाई पदबी पैसा शानशौकात हतियारवाद अंगरक्षकहरुको रवाफ आम मानिस भन्दा भिन्न प्रदर्शन गर्नु ठुलो कामना बन्ने गरेको हुनाले आउदा दिन राजनैतिक क्षितिज कस्तो होला । नेपालको गन्तव्य कहाँ बिश्राम लिने होला भन्ने आम चासोको विषय बनेको छ । बर्तमान सरकार केही नयाँ गर्न आतुर जस्तो देखिन्छ । कानुनको शासनमा यसको अबज्ञा दुर्भाग्य पुर्ण हुने वास्तविकता शासकहरुले बुझ्नै पर्छ । राम्रो प्रगतिशिल काम पनि बेहिसाव असन्तुलित रुपमा गरियो भने त्यो बिनाशकारी घातक हुन सक्छन् । मन्त्रीहरु सबै जसोले केही चमत्कार गरी देखाउन अभिलाशा लिएको आभाष हुन्छ तर ब्यबहारमा त्यसलाई सम्हाल्न नसके विपरित परिस्थितीहरुका बुनियाद स्वतः निर्मित हुने शाश्वत सत्य बिपरितको गतिबिधि स्थायित्व होइन असफल राष्ट्रमा रुपान्तरित हुन बेर लाग्दैन । विगत सरकारले कतिपय नकारात्मक निर्णय गरी जानाजान अस्थिरता पैदा गरेको यथार्थलाई इन्कार गर्न सकिदैन त्यस मध्ये स्वेच्छीक अबकाश रोज्ने र ठुलो धनराषिको भार राज्य माथि पर्ने निश्चित थियो । यस विरुद्ध चालिएको कदम स्वागत योग्य छन् तर व्यूरोकेसी भित्र हलचल पैदा गर्ने मसाला बन्न गयो, त्यसको समाधान कसरी होला प्रतिक्षा र परीक्षाको समय आएको छ ।
सिण्डिकेट प्रणाली खारेज गर्दै वर्षौ पहिलेको सर्वोच्च अदालतको निर्णय लागु गर्नैपर्ने हुन्छ तर वर्षौ व्यतित हुँदा पनि त्यसलाई रोक्ने प्रयास भएन । अहिले अचानक मन्त्री परिषद्बाट कडा कदम थाल्ने प्रतिबद्धता व्यक्त भएको राज्यलाई निरीह चुनौती दिने प्रतिक्रिया स्वरुप यातायात क्षेत्रबाट ठूलो विरोध हुनुको सीधा र सरल अर्थ कानून भन्दा माथि भन्ने अहंकारको छाया परेको प्रष्ट छ, गृह मन्त्रीले सिण्डिकेट अवैध घोषित गर्दै यो कदमलाई
परिणाम मुखी बनाएरै छोड्ने घोषणा गरी सक्नु भएको हुनाले यो द्वन्द कुन मोडमा कहाँ गएर संघर्ष पैदा गर्ला निकट भविष्यले देखाउला । संघीय सामान्य मन्त्री लालबाबु पण्डित दिनहुँ कर्मचारी विरुद्ध लागेका छन् । दशौं हजार खोला झोलामा दर्ता गरेर राख्ने काम केही नगर्ने प्रवृत्ति अन्त गर्ने क्रममा खारेज गरी दिने गोकर्ण विष्ट (उर्जा मन्त्री) बताई रहनु भएको छ । स्वयम् प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा जलदान रेल्वे लगायतका काम पुरा गर्ने दुई देश बीच पारस्परिक सम्मानका साथ लागु गर्न सकिए कसले त्यसमा नकारात्मक धारणा बनाउन सक्ला ? शिक्षा मन्त्री गिरिराजमणी पोखरेल शिक्षा नीतिमा आमूल परिवर्तन गर्ने भनि निरन्तर दावी गरी रहेका छन् र अन्य जिम्मेवारीमा रहेका व्यक्तिहरु पनि हामी आम सर्वसाधराणलाई केही नजान्ने सम्झने प्रवृत्तिले असफलता सीवाय अरु केही हात लाग्न सक्दैन, निशुल्क औषधी उपचारलाई मौलिक हक घोषित भएका छन् । तर कुनै औषधी पनि प्राप्त हुदैन चिकित्सक नै नभएपछि उपचार पनि कसरी होला यी यावत चुनौती छदै थिए । महालेखा परीक्षकले सार्वजनिक गरेका घोर आपराधिक गतिविधिहरुका चाङ नै लगाएको हुनाले राष्ट्रको धन डुबाउने लुटेराहरु विरुद्ध के कस्तो कार्वाही हुन्छ प्रतिक्षामा छौं । लुट र लुटेराले कुनै ठाउँ छोडेको देखिदैन उहिले न्यून नगण्य चर्चा हुने अदालत सेना लगायतबाट समेत ठूलै अपचलन भएका घटनाक्रम सामान्य हुन सक्दैनन् ।
यी तमाम विषय असल हितकारी भए पनि एकै साथ उठाई नसक्ने गरी भारी कसरी टिप्न सकिएला विश्वले हेरी रहेको छ । एकतर्फ यो तमाम विषयले तरंग पैदा गर्यो भने पार्टी एकिकरणको हाँक प्रहसनको विषय बन्दै गएको छ । जे जति नमिलेका विषय छन् ती सामान्य प्रकृतिका छैनन् । यस भित्र सम्बद्ध सबैले आफ्नो स्थान खोज्नु स्वाभाविक हो तर यसको पुर्ति असंभव छ, क. प्रचण्डका अभिव्यक्ति सामान्य छैनन् सोझै हाँक दिई रहेका छन् । प्रयोग गर्ने र फाल्ने सार्वभौम स्वभाव अन्तरगत सत्ता र दल एकिकृत गर्ने मनसाय हो भने प्रधानमन्त्रीले सहजै स्वीकार गरी हाल्छन् भनि विश्वास गर्नु निरर्थक हो, पार्टी एकिकरण हुनेमा शंका बढ्दै गएको छ र यसमा द्वन्द उत्पन्न गर्ने प्रयाप्त आधार छन् ।
केही गरी एकिकरण नभए के होला ? त्यसको गन्तव्य के हुन सक्ला बौद्धिक जगतमा ठूलो प्रतिक्रिया भएको हुनाले गठबन्धन नै भएर पनि ५ वर्ष वर्तमान सरकार जिवित
रहन सक्ला ? ओली ज्यूले आत्मनिष्ट दृष्टिकोण परिवर्तन गर्न सक्लान ? यो विश्वास गर्नु असंभव जस्तै छ, त्यसैले स्थायीत्व दुई तिहाईको दंभ पानीका बुलबुला भएर समाप्त हुन
धेरै कुर्नु नपर्ने हुन सक्छ, त्यसपछिको विकल्प पनि अहिले देखिदैन, नियन्त्रण बाहिर गए
परिणाम के होला ? निकट भविष्यले अवश्य देखाउने छ जुन सुखद् हुने छैन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *