देशको इज्जत किन ध्वस्त पारिदैछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज यो देशमा न्याय छ कानूनी राज्य छ भनेर जनतालाई विश्वासमा पार्ने ठाउ“ छैन । चारैतर्फबाट देशको बदनाम हुने काम विश्वभरी फैलिएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, प्रधान सेनतापति, प्रधान न्यायाधीश राष्ट्रका धरोहर हुन भने सनातन धर्म राष्ट्रको मुटु
हो । सभ्याताको खोजी गर्न विश्वभरीका देशहरुले जमिनको उत्खनन् गरी रहेका छन् । सभ्यताकै खोजीमा तिलौराकोट लुम्बिनीको उत्खनन् गरियो । हरप्पा, मोहन जोदडो, सिन्धघाटीको सभ्याताको गहन खोजीभयो भै रहेको छ । कस्तो गजब छ यो नेपाल र नेपालीको भने आफ्ना संवैधानिक अंगहरुलाई कमजोर पार्ने काम भई रहेको छ । राष्ट्रपति प्रधान न्यायाधीश माथि प्रत्यक्ष अप्रत्यक्ष जे भयो त्यो काम गर्ने राष्ट्रभक्त न्यायप्रेमी कहिल्यै हुन सक्दैन । जस्तो कि द्वन्दकालमा यदि प्रहरी चौकी थाना मसानघाट जाने बाटोमा पर्ने ठाउ“मा माओवादी अर्थात थानामा आक्रमण गर्नेहरुले मुर्दा बोकी दाहा संस्कार गर्न जाने नाटक रची आक्रमण गर्न सामरिक सामग्री बोकेर ठीक प्रहरी सैनिक क्याम्पमा पुग्दा आक्रमण गर्छन् र त्यस बेला रक्षार्थ फायरिङ खोल्दा कोही मर्छन भने मावन अधिकारको हनन् हुने तर प्रचण्ड, बाबुराम, बादल जस्ता माओवादीहरुको टाउको काटी पेश गर्नेलाई ५० लाख इनाम तोक्नेलाई मानव अधिकारको उल्लंघन नहुने, कस्तो विडम्बना ?
यौटा म्यादी सिपाहीको नियुक्ति गर्दा समेत नागरिकता जस्ता प्रमाणपत्र पेश गर्नु पर्छ भने के न्यायाधिश प्रधान न्यायाधीश नियुक्तिमा केही प्रमाण मागेन होला ? यदि मागेको भए त्यस बेला जे माग्यो जे बाट प्रधानन्यायाधीश नियुक्ति भए त्यही प्रमाण मात्र उनको अवधि भर काम लाग्नु पर्ने र त्यसकै आधारमा रेकर्ड राख्ने संस्थाले पनि राख्नु पर्नेमा त्यसबारे हाम्रा प्रधान न्यायाधीशमाथि किन विवाद उठाउनु पर्यो । प्रधान न्यायाधीश गोपाल पराजुलीको मात्र कुरा छैन उनले गरेका निर्णय अवैध हुने की वैध, नियुक्ति गर्ने मानिस ठुलो हो पाउने सानो हो भन्ने सम्झी नियुक्ति गर्ने माथि कारवाही हुनुपर्छ । प्रधानन्यायाधीशले गरेका काम कारवाही पनि रद्द गरे देशको अवस्था कस्तो
हुने, त्यो काम गर्ने सबै राष्ट्रघातक भएकोले कारवाही हुनुपर्छ । यो घटनाले अझै पनि निरन्तरता पाउने
गरेको छ । कहिले यति महिनाको तलब फिर्ता गर्नुपर्छ, पेन्सन कटौती गर्नुपर्छ भनिन्छ र पेन्सनपट्टा बनाउन विलम्ब भईरहेको छ भने उनीहरुद्वारा नेपाल र नेपाली जनताका हित तथा अहितका बारेमा गरेका काम
कारवाहीका निर्णयहरुको बारेमा कसैले पनि किन बोल्दैनन् ? सबै भन्दा ठूलो प्रधान न्यायाधीश होईनन् कि उनले गरेका काम कारवाही देशका परिणाम हुन् । ती परिणाम नै जनता र देशले स्वीकारेका प्रमाण हुन भने आज किन यस्तो केटाकेटीपनि जस्तो खेलबाड भईरहेको छ । आज प्रधान न्यायाधीशको बारेमा भयो भोली राष्ट्रपतिको बारेमा हुन्छ भने यस्तो गर्दागर्दै अन्तमा देश र देशका विद्वानहरु मुर्ख सावित हुनेछन् ।
कृतिम गर्भाधानमा रोक लगाउ
प्रदेश नं. ७ कैलाली कञ्चनपुरमा गाईहरु दोहनपछि सडकमा छोड्ने गरेकोले गौपिडा दुर गर्न बहर, साढेहरुको बन्धाकरण गरी गाईलाई कृतिम गर्भाधान पनि गर्न नपाउने व्यवस्था सरकारको हुनुपर्यो । छाडा पशुको मात्र नभएर घरमा राखेका गाईको साथमा रहेका बहरहरुको पनि बन्धाकरण गरी गाईको उत्पादनमा कमि ल्याउनु पर्ने बाध्यता देखिन्छ । जबसम्म छाडागाई घरिदैनन् तबसम्म कृतिम गर्भाधानमा रोक लगाई बन्ध्याकरण प्रक्रिया तुरुन्त बन्द गराउनु पर्ने
देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *