नेपालमा अदुरदर्शीताको विउ किन र कसले रोप्यो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पृथ्वीनारायण शाहले नेपालमा रोपेको दुरदर्शिताको जग हल्लाईदैछ किन त्यसको उत्तर को सित छ छैन भन्न सकिदैन ।
कुमाउको इतिहासमा बद्रीदत्त पाण्डेले लेखेका छन्, आज विशाल भारत होइन कि नेपाल हुने थियो तर जसरी लड्नमा अग्रपंक्तिमा गोरखाहरु छन् तर शासन गर्नमा पछाडी परेका छन् । २५ वर्षसम्म शासन
गरेपछि केही भूभाग अंग्रेजको हातमा गयो कानून संगत शासन गरे नकि हचुवाको भरमा शासन गर्यो । जनतालाई त्रासदी त्राही मचायो र एक समुह विरुद्ध भयो । धेरै वर्षसम्म कसैले पनि दुनघाटीमा डाकाहरुलाई काबु गर्न नसकेको बेलामा डाकाहरुको बस्ती समेत जलाई दुनघाटीलाई गोरखाहरुले डाकाहरुको निर्मूल पारेका थिए । शासन गर्दा त्यसपछिका दिनहरुमा हचुवाको भरमा
राज्य सञ्चालन गरेकाले ध्रुत साविक नेपालीहरुको राष्ट्रियता गोपनियता भंग गरी अंग्रेजहरुलाई सघाएकै कारणले नालापानीको किल्लामा लगिएका पानीको पाइप काटी मुहान बन्द गरेकोले किल्ला छोडी जानुपर्ने बाध्यता पारेका थिए । आजसम्मका नेपाली नेताहरुको गतिविधि हेर्दा जे जति काम पनि भए ती सबै अदुरदर्शीताका कारण पूर्णता विना अल्पायूमै समाप्त भए । नेपाली जनताको खातिर नेता राजा जनताको सहभागितामा २००७ सालमा जहानिया राणा शासनको अन्त गरी शासन व्यवस्था परिवर्तन भयो । जसको नाम प्रजातन्त्र थियो । प्रजातन्त्र बहुदलिय व्यवस्थामा कोही दल सिमा
पारीको भरोसामा बाच्ने प्रयासमा रहे भने कोही दल नितान्त स्वार्थमा डुवी देशको खातिर केही गर्न नसकेको कुरालाई स्वीकारी राजा महेन्द्रबाट नौलो पंचायती प्रजातान्त्रिक व्यवस्थाको निर्दलियतालाई अगाडी तेर्स्याई नौलो व्यवस्थाको सुत्रपात भयो । नेताहरुले आफैले चलाउन नसकेकोले राजा महेन्द्रले अंगालेको निर्दलियतालाई मन नपराई राजा महेन्द्र र पंचायती व्यवस्थाको विरुद्धमा विदेशी आर्थिक तथा सामरिक सहयोग लिएर शसस्त्र आन्दोलनको सुरुवात गरेपछि आन्दोलनकारीहरु असफल भए । राजा महेन्द्रले स्थापना गरेका सत्ता पल्टाउन नसकी आन्दोलनहरु जारी
राखेका थिए । राजाले बलजफती पंचायती व्यवस्था लादेका हुन भनि २०३७ सालमा जनमत संग्रह गरियो तर नेपाली जनताले बहुदलिय व्यवस्थालाई पन्छ्याई सुधारिएको निर्दलीय पंचायतको पक्षमा बहुमत दिएका थिए ।
जनमत संग्रहको समयमा सबैबाट पंचायती प्रजातन्त्रलाई स्वीकारे पनि २०३८ सालको आमनिर्वाचनलाई बहुदलिय व्यवस्थाका केही अनुयाईहरुले निर्वाचन बहिस्कार गरी पुन आन्दोलनको घोषणाको सुरुवात गरे । भारतका नेता चन्द्रशेखरको मदतबाट भारतीय नेताहरु नेपालमा परी प्रजातन्त्रको बहालीको नाममा आमन्त्रित
गरी ल्याउने नेता गरिजा प्रसाद कोईरालालाई सहयोग पुर्याई नेपालमा प्रजातन्त्र नामको बहुदलिय व्यवस्थाको पुनरवहाली गराउन चलाएको आन्दोलन सफल भई बहुदलिय व्यवस्थाको स्थापना भयो । नेपालको संविधान २०४७ को मात्र होइन कि प्रजातन्त्र नामको हत्या भई लोकतन्त्र नामको व्यवस्थाले गणतन्त्रलाई बोकेर ल्यायो । अदूरदर्शिताको आधारमा नै जनम भयो र आज सम्म हुर्काउन धौ धौ चलिरहेको छ । यी जे जति काम भए कुनै दुरदर्शिताको आधारमा नभई अदुरदर्शिताको भरमा ती सबै काम गरिएका हुन् ।
२०४७ पछि नेताहरुको असफलताले देश पनि असफल भयो । १५ वर्षसम्म विकास निर्माणका काम ठप्प झै रहेकोले पुनः फेरी कुनै दुरदर्शिता नबोकी अदुरदर्शिताकै कारण माओवादीद्वारा शसस्त्र आन्दोलन नामको आन्दोलन पुनः चलाएकै हुन् ।
२०६२÷०६३ को आजसम्मको अन्तिम वैदेशिक सहयोगद्वारा संचालित आन्दोलन थियो । यी कुनै पनि आन्दोलनले नेपाली जनतालाई आश्वस्त पार्न सकेन । जनताले हरेक पाईला पाईलामा नेतालाई विश्वास दिए तर नेताहरुले जनतालाई एक पटक पनि विश्वास दिन सकेनन् । सबै आन्दोलनद्वारा धोका दियो पटक पटक जनतालाई मार्ने मराउने काम भयो । यी सबै काममा नेताहरुको अदुरदर्शिता विदेशी प्रलोभन आत्म निर्णय गर्न सक्ने क्षमताको कमी देखाईएको छ । आजसम्म कैयौं
प्रकारका असक्षमताका विउहरु नेपालमा
रोपिएका छन् । त्यस कारण ती असक्षमताका विउ उखेली सक्षमताका विरुवाको रोपण गर्नु पर्ने नितान्त्र आवश्यक देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *