विदेशीएका युवायुवती देख्दा किन दुख्दैन सिंहदरबार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एक समय थियो गारमेन्ट उद्योगहरुले नेपालमा बनेको कपडा सिध्याई भारतबाट मगाउने बेला थियो २०४२÷०४३ सालसम्म ।
गारमेन्ट, गलैचाबाट नेपालले खुवै विदेशी मुद्रा तानेको थियो तर जव २०४७÷०४८ पछि नेपाल भरका सरकारी तथा निकासी मुलका उद्योगहरु बन्द गरिए । वैकल्पिक विदेशी मुद्रा आर्जनको बाटो खोजियो वैदेशिक रोजगार । वैदेशिक रोजगारले देशको बदनाम गरी नेपाल हेपिन पुग्यो अन्तमा नेपाल बेवारिसे बन्यो युवा युवती मात्र हैन विद्वान, डाक्टर, इन्जिनियरहरु पनि धमाधम यो देश छोडी रहेका छ । नेपालमा भएको जायजेथा विक्रि गरेर जानेहरु पनि प्रसस्त पाईएका छन् । नेपालको इज्जत शान मान पान विदेशका गल्ली गल्लीमा विलाउदैछ । हरेक स्वाभिमानीको मन दुखेको छ । नेपालीको जवानी खरानी भयो हुदैछ, द्वन्द चल्यो । १० वर्षे द्वन्दमा बालबालिका देखि कृषक शिक्षक, कर्मचारी सबै फसे युवा, बालकहरुको पढाईमा बाधा पर्यो । जीवन छोटो हुन्छ नेताहरुका छोराछोरी पढ्नलाई विदेश गए पढेर आए कोही उतै बसे पनि नेताहरु उच्च पदस्त
कर्मचारीहरुको परिवार ऐसका साथ जीवन विताई रहेका छन् । तर गरिव नेपालीहरुले दुःख बेहोरी रहेकै छन् । कुवेत, मलेसिया, सि·ापुर तथा भारत समेतले नेपालीलाई रोगजारी दिएको छ तर नेपाल सरकारले भने दिनुपर्ने ठाउ“मा लिएको मात्र छ । चेलीहरु बेचिन गई रहेकी छन् । हिन्दुहरु जस्तै होलान विदेशीहरु भनेर तर वर्तमानमा इसाईहरुले हिन्दुत्व माथि आघात पारिसकेको छ । विदेशले यस्तो उस्तो उन्नती गर्यो हामी पनि प्रयास गरौ भनेर कोही भन्दैन तर विदेशीहरु गाई खान्छन्, काट्छन्, हामीले पनि गाई काट्न सबैले पाउनु पर्छ हामीले पनि खान पाउनु पर्छ भन्ने आन्दोलन सभासदहरुबाट उठेको छ । संविधानमा गाईलाई राष्ट्रिय जनावर राखेको छ । आवाज गाई काट्न पाउनुपर्छ भन्ने उठाएको छ । संविधानको उल्लंघन सोझै भएको छ भई रहेको छ । कसले कारवाही गर्ने कोही माउते छैनन् । बरु गिरिजा प्रचण्ड जस्ताले यो देशको बाह्यशक्ति भित्र्याएको छ । नेपालको धर्म संस्कृतिमाथि खेलवाड भएको छ सबै नेपालीलाई क्रिश्चियन धर्माबलम्बी र कम्युनिष्ट बनाउने प्रयासमा नेता प्रचण्ड लागी परेका छन् भन्ने कुराको प्रमाण हो कम्युनिष्टको धर्म हिन्दु हैन क्रिश्चियन हो भनि दिएको वक्तव्यबाटै थाहा हुन्छ । नेपालको राज्य व्यवस्थामा कानूनी राज्य नभई हुकुमी राज्य भएको प्रमाण हो हाम्रा राष्ट्रपति प्रधान न्यायाधीशको बारेमा जिम्मेवारी संस्थाले गरेको बदनाम छ । प्रधान न्यायाधीश नियुक्ति गर्ने पदाधिकारी मौन छन् । निजामती कितावखानाबाट पनि समयमा अवकास पाउने जानकारीको पत्र नदिनु पछि नवनियुक्त राष्ट्रपतिको सपथग्रहण हुने बेला नयायाधिश खाली गरेको पत्र बुझाउनु ।
नविदेशिएका नेपालीहरुले पनि विदेशीको दासत्व स्वीकार्नु परेको छ, जे जस्तो व्यवस्था, रितिरिवाज, धर्म संस्कृति, ल्याउ भन्छन् छोड भन्छन्, हामीले खुरुखुरु गर्नुपरेको छ । आफ्ना खेतहरु बाझा राखेर पनि बेरोजगार बन्नु परेको छ । अथाह सम्पत्ति राष्ट्रमा छ, त्यही सम्पत्ति नेपाली जनतालाई दिएको छ । हामी समात्न सक्दैनौं कस्तुरीले बास्ना खोजेझै नेपालीहरु संसारभरी भौतारिरहेका छन् । कुनै अधम राष्ट्रहरुले हातहतियारको भीख मागी आफ्नै देशका जनतालाई दमन गरेको छ भने त्यो भन्दा दर्दनाक हामी नेपालीले स्वयम गरेका छौं । आफ्नो आगनमा उभिएको रोजगारीलाई छोडेर सरकारले नागरिकहरुलाई वैदेशिक रोजगारीको नाममा दाश बनाउनु मात्र होइन, विदेशीहरुबाट सहयोग रुपी भीख मागेर आफ्नो
परम्परादेखि जीवित रहेको गौरबशाली इतिहास गुमाउनुपरेको छ । त्यही सहयोगरुपी भीखले गर्दा आफ्नो स्वाभिमान गुम्दै गईरहेको स्वीकार्न सकेका छैनौं । यदि सोच्ने हो भने बम्बैको कोठीबाट कमाएर ल्याएको धन भन्दा कम दर्दनाक छैन् । युवाअवस्थालाई नेताहरुले आन्दोलनरुपी द्वन्दमा फसाएर नेपाली युवाहरुले न पढन पायो न रोजगारी गर्न पायो अन्तमा स्वदेशबाट गुप्त र लुप्त हुनु
पर्यो, आफ्ना मित्रहरु देश रक्षकहरुसित समेत भेटघाट गर्न नपाउने मित्र मित्रमा वैरभाव उत्पादन मात्र गराएको छैन कि पुरै नेपाली समाजलाई आक्रान्त पारेको छ त्यसकारणले पनि नेपालीहरु भ्रमित भएकाले सहि तरिकाबाट जनताको हकहितको लागि समान कार्य गर्नुपर्ने आजको टट्कारो रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *