भारत भ्रमणको निरर्थक चर्चा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अन्य कुनै समाचार सामग्री छैनन् भन्ने जस्तो गरी लामो अन्तरालसम्म नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले स्थान पाउदै गरेको पढ्दा सुन्दा आश्चर्य भएको छ । निकै उपलब्धीमुलक रहेको एक थरीका विश्लेषण र निरर्थक भन्ने अर्को पक्षका बीचमा चली
रहेको बहस सुन्दा यस्तो लाग्छ समग्र कथित चिन्तकहरु नजानेर वा जानी जानी यसमा लिप्त भईरहेका छन् । आफैले बनाएका ऐन नियम विपरित ७ महिनामा नै देशका दुई प्रधानमन्त्रीहरुको भारत दौडाहाबाट कुनै उपलब्धी भयो भएन भन्दा पनि नेपाल
भारत सम्बन्ध कति सम्वेदनशील र आवश्यक रहेछ भन्ने सन्देश निश्चित रुपमा पनि प्रवाहित भइरहेको छ र यस्तै निरर्थक चर्चा
परिचर्चाहरुबाट एकतर्फ विरोध अर्को तर्फ अनिवार्यता भन्ने बोध गराई रहेको छ ।
राष्ट्रवादीको परिभाषा पनि यसै भित्र पर्ने स्पष्ट परिणाम देखिएका हुनाले यी दुई देशका सम्बन्ध के हुन त्यसमा व्यवधान आए के सम्म हुन सक्छ यसको समीक्षा आवश्यक आग्दछ ।
भारत भित्रैका संघ राज्यहरु मध्ये केहीले केन्द्रिय सरकार विरुद्ध विषवमन
गरेको देखिन्छ, कतिपय स्थानहरुमा त नागरिकहरुले समेत प्रवेशाज्ञा लिन पर्ने राज्यलाई विशेष दर्जा कतिपय स्थानहरुमा सम्पत्ति भोग गर्ने निर्वाध आवागमनको बन्देज अनि भारत
विरोधी नारा षडयन्त्र लगायत राष्ट्रको
रक्षाका लागि मरिमेट्ने जीवन वलिदान गर्ने सैनिकहरु विरुद्ध पत्थरवाजीका घटनाक्रम नेपालका कथित राष्ट्रवादी भन्दा कैयौं गुणा आक्रमण र तीब्र बनेका समाचार देख्दा देख्दै पनि आफ्नो दुनो सोझ्याउनेहरुका लागि ठूलो मसला बनेको देख्दा आश्चर्य लाग्दछ ।
आफ्नो देशमा रोजगारी छैन, नानाथरीका मौलिक हक ग्यारेन्टी गरिएका भनि
पत्यार नै गर्न नमिल्ने उद्घोष गरिन्छ । दाशत्वको जीवन विताएर भए पनि प्राण
रक्षा गर्न ठूलो संख्यामा भारत जाने लर्कोे सहजै देख्न सकिन्छ । सीमामा लुटिने अपमानित हुने मानव नै होईनन् भन्ने व्यवहार सवका सामुन्ने छ । कालापानी लगायतको विरोध गर्ने रण बाकुरेहरु भारत भूमि भएर नै कथित नारावाजी गर्न गएका दृश्य प्रहसन जस्तै बनेका छन्, । सीवर्ती क्षेत्रमा बस्ने
हामीहरुले दिनहु प्रताडित हुन परेको र सिमा वारपार गर्दा कुनै देशका हाकिमहरुबाट वेईज्जत हुनु पर्दा नगई नहुने अवस्थामा पनि जान भयाक्रान्त हुनु परी रहेको छ । लालपुर्जा जग्गाको स्वामित्व नेपाल सरकारले दिने तर कब्जामा भारतीय बाहुबलीका देखिन्छन् । हाम्रा अस्मिता इज्जत र आत्म सम्मान विरुद्ध निरन्तर प्रहार भइरहेका छन् । आजसम्मका कथित आन्दोलन भातरमा नै रहेर संरक्षित रुपमा सञ्चालित भएका समाचारहरुमा कुनै गोपनियता रहेन, आफै चर्काउने संरक्षण गर्ने र साम्य पनि पार्ने क्रियाकलाप भारतीयहरुबाट भएका घटनाक्रम छिपेका छैनन् । निहित तुच्छ स्वार्थका लागि नतमस्तक हुने प्रवृत्ति जुनसुकै कालखण्डमा पनि प्रष्ट देखिएकै छन् । नेपाली गरिवहरुका छाक बास नै उडाउने
गरी भारतीय भूमीमा बाध्य बनाएर डुबान भएका छन् । वारिस को हो पत्तो छैन, राजेन्द्र महतो जस्ता प्राणीहरुले विगतमा चुनाव हार्दा आफुले हारेको नभई भारत हारेको टिप्पणी सामान्य रुपमा लिइन्छ । नाकाबन्दी हामीले गरेका भन्ने नेपाली आवरणका नेताजीहरु गर्जेर घोषणा गर्छन । नेपाल नै टुक्रामा पार्ने खुलेआमा धम्की हुन्छ, त्यसमा कुनै प्रतिक्रिया हुदैन, तोपको सलामी दिदैमा फुर्काउने बाहेक अरु के उपलब्धी भयो त्यो त कमसेकम सार्वभौम भनिएका हामी सर्वसाधारणले जान्न पाउने कि नपाउने यो संघात्मक प्रणाली के का लागि र कसको बहकावटमा आएको
हो ? परिणाम विषरुपी बृक्षहरु फल पाक्न प्रारम्भ भई सकेको छ । टाढाको के कुरा ब्रहमदेव महेन्द्रनगरको १३ कि.मि. लामो बाटो १ वर्षमा गरिदिन्छु भनि व्यवस्थापिका संसदमा भारतका प्रधानमन्त्रीले भाषण गरेको
खरबौका आर्थिक सहयोगका बाचा त्यस्तै विद्युत उत्पादन लगायतमा कबुल भएका कुनै काम हुनु त कता गरिव किसानका अदुवा उत्पादन समेतमा बन्देज लगाईयो । ६ खरब भन्दा बढीको व्यापार घाटा भयो भन्ने
अरण्यरोदन अर्थहीन बन्न पुग्यो, बन्देज भएका भारतीय नोट सटही गर्ने कामसम्म भएन, सधै असमान सन्धिका विषय मात्र उठान गर्ने तर परिणाम केही नआउने, असमान छन भने खारेज गरे भई हाल्नेमा नारा प्रचारबाजी
गरेर आम सर्वसाधारणलाई झुक्याउने काम भईरहेको छ ।
अहिलेको उपलब्धिका रुपमा रक्सौल काठमाडौं रेलमार्ग पानी जहाजका हवाई कल्पनालाई नै उपलब्धिका रुपमा सफल यात्राको प्रलाप चक्रव्यूह भित्र पारिएको लीलीपोप बाहेक अरु के नै परिभाषित हुन सक्ला ?
राष्ट्रवादी छवि नै निर्माण गर्नु छ भने सीमा शील गरी राहदानीको व्यवस्था आफ्ना नागरिकहरुलाई प्राण बच्ने गरी नेपाल फर्काउने पारिका आयातीत बस्तुहरुमा प्रतिबन्ध लगाउन सक्ने, सैनिक सेवामा रहेका गोर्खेहरु फिर्ता बोलाउने लगायतका विषयमा कदम चाल्ने सामर्थ छ ? यदि छैन भने आम
सर्वसाधारणलाई झन बढी त्रास र अपमानित हुने गरी घुईतडीका शेड्याको हाक हान्न बन्द गर, हे दुष्ट हो जनताको धैर्य समाप्त हुदैछ, सीटामोल समेत नपाउने भोकै नाङ्गै बाच्न पर्ने समाजमा तडक भडक शान शौकत विदेशमा करोडौंका उपचार शयलबाट के परिणाम आउला विश्व रंगमञ्चले प्रष्ट देखाउने गरेको छ, धुर्त बाहुबली घुसखोरहरुका पनि दिन फिर्न कति पर्खनु पर्ला र ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *