नेता देखि राजासम्म

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेता राजा जनताका साँझा सम्पत्ति हुन प्रजातन्त्र यिनको लगाम हो । ऐननियम फलामे साङ्लो हो । सामाजिक विरुद्ध जानबाट रोक्ने तर नेपालको हकमा यो किन लागु भएन कसलाई सोध्ने ? नेपाली जनताको जनमत विना नेता राजा जनतालाई बाध्ने साङ्लो रुपी नेपालको संविधान २०४७ जनमत बेगर गिरिजा प्रचण्ड बाबुराम, माधव केपी जस्ताहरुले च्याती दियो । हाम्रो धार्मिक ग्रन्थ वेदहरु जलाईयो, सनातन पहिचान हिन्दुराष्ट्रलाई क्रिश्चियनहरुको खेलमैदानको रुपमा
राख्यो । हिन्दु सम्राट जसले नेपालको जन्म गरायो नेपाललाई सुरक्षित आजसम्म राख्यो राजसंस्था र नेपाली सेना माथी गिरिजा लगायतका नेताहरुले कपठपुर्ण षडयन्त्रद्वारा अझै पनि निमूल पार्ने खेलमा कम्मर कसी लागेका छन् । शान्ती सेनामा खटिएका सैनिक कर्नेललाई अंग्रेजहरु व्रिटेनद्वारा गिरफ्तार गराई जेल हालियो । यो खेल सेनाको मनोबल कमजोर पार्नको लागी
गरिएको थियो । देशको रक्षा स्वयम र सरकारको निर्देनको पालना गर्ने सैनिकलाई मानव अधिकार उल्लंघनको आरोपमा कारवाही गर्नु तर प्रचण्ड र बाबुरामको टाउको काटी ल्याउनेलाई ५० लाखको पुरस्कार सरकारबाट नै औपचारिक रुपमा राख्नु मानव अधिकारको हनन् नहुने कस्तो मानव अधिकधारवादी संस्थाको विडम्बना । सैनिक लाए अहराएको काम नीति निर्देशन बमोजिम गर्ने हुन भन्नसम्म ज्ञान नभएको मानव अधिकारवादी संस्थाहरु, सेवालाई विविध ज्ञान दिने शिक्षण तालिम गर्ने संस्थाहरु राखी सैनिकहरुलाई मानव अधिकार तथा ऐन प्राकृतिक अप्राकृतिक नियम कानूनको ज्ञान गराएको भए उनलाई सबै कुरा थाहा हुन्छ तर पनि शेनाले शासन गर्ने नभई सरकारको नीति नियम आदेशको पालना गर्ने हो भन्नसम्म विद्वानहरुले किन बुझ्दैनन् । सेनाले गरेका यस्ता गल्तीको जिम्मा निश्चय पनि सरकारले लिनु पर्दछ ।
त्यस्तै राजसंस्था र राजा पनि जनताको साझा सम्पत्ति हो । जनताको राय नलिई गिरिजा र
बाबुरामहरुले हट भन्दैमा जनताको आस्थाको केन्द्रमाथि आघात पुर्याउने थिएन । राजाले पनि जनतालाई नसोधी आफुखुसी राज्य छोड्नु र आफेनो पुर्खाले कमाएको देशको संरक्षण गर्ने काम पनि राजा र सेनाको भएको हुँदा विदेशी तथा छिमेकी भारतको दूतले कानेखुसी गर्दैमा राजसंस्था हटाउन हट्न मिल्दैन, मानव अधिकार जनतासम्म पुग्नु पर्दछ । हो सबैलाई थाहाँ छ भारतले गुलामी प्रवृत्तिबाट १९४७ मा स्वतन्त्रता पायो तै पनि छिमेकी माथीको गुलामी प्रवृत्ति छोड्न सकेको छैन । गुलामको पीडा भोगी सकेको भारतले बुझ्नु पर्दछ कि गुलाम बनाउने प्रवृत्ति त्याग्नु पर्दछ ।
जसले पनि नेपालको विरुद्धमा भारतमा गतिविधि गराउनु उचित होईन नेपालका नागरिक रोजगारी गर्न भारतमा आएका छन्। उनीहरुलाई नेपाल विरुद्ध उभ्याउनु निन्दनीय रहेको छ । १० वर्षे द्वन्दकालमा नेपाल र नेपालीको आस्थाको केन्द्रमाथी गरिएको आक्रमण ठीक थिएन । अझै त्यस्ता गतिविधि भई रहेका छन् बन्द गर्नुपर्दछ । नेपालीहरुले पनि मन नपरेका
कुराहरु नेपालमा आई सरकार समक्ष भन्नु पर्यो र विपक्षीहरुले पनि नेपाल विरुद्धको गतिविधि भारतको सहयोगमा नगरी नेपालका जनताको इच्छा बमोजिम स्वदेशमा बसी गर्नुपर्यो । नेता सरकारले देशको अस्मिता नलुटाई गरेको विकास लिएको विदेशी अनुदान ऋण मात्र स्वीकार्य हुनेछ अन्यथा जनताको विरोध
रहनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *