गिरिजा प्रसाद कोईरालालाई फसाएको थियो, पुर्व गृहमन्त्री गोविन्दराज जोशीले गरेको खुलासा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बन्दुक, गोलाबारुदको शक्तिबाट तयार भएको जनआन्दोलनका नाईकेहरुले गिरिजालाई फसाई दिल्ली पुर्याए जहाँ ७ पार्टी बीच १२ बुँदे सम्झौता भयो । यस कुराको खुलासा गरेका हुन उनकै पालामा पनि गृहमन्त्री रहेका गोविन्दराज जोशीले युट्युव मार्फत आन्दोलनका नाईकेहरुले गिरिजालाई फसाएको भने, गिरिजा प्रसादले राजा श्री ५ ज्ञानेन्द्र र नेपाल आमाको साथमा ८५ प्रतिशत नेपालीलाई फसाए । बडो अचम्बको खेलाडी गिरिजा अन्तमा आफै फसे छन् । त्यसपछि पुरै देश फसेको छ विदेशीहरुको चंगुलमा परेको छ, फसेको छ फसाएको छ नेपाल र नेपालीलाई । बल्छीमा चरा राखी माछा लोभ्याएझै भएको छ ।
नेपाली जनतालाई लोभ्याउने काम अवश्य भएको छ । देशलाई एकजुट बनाउन सक्ने नेताको जन्म हुनै सकेको छैन कि जनताले बुझ्न नसकेका हुन् । नेपालमा जुनखेल भैरहेको छ त्यो खेल सर्वसाधारणले बुझ्न नसकिने खेल भई रहेको छ । २००७ मा प्रजातन्त्र ल्यायौ भन्यो त्यो मित्थ्या
रहेछ भन्ने कुरा २०१७ सालले देखायो, त्यसपछि भारतीय नेता तथा युरोपियनहरुको सक्रिय सहभागितामा नेपाली नेता गिरिजा लगायतकाहरुले प्रजातन्त्रको पुनरवहाली २०४६ मा गर्यो र विश्वमा उत्कृष्ठ संविधान २०४७ को निर्माण गर्यौ भन्यो । २०४७ मा प्राप्त संविधानको उल्लंघन प्रजातन्त्रवादी नेताहरु गिरिजा र माधव, केपी सबैले गर्न थाले ।
प्रजातन्त्रको पहिलो चरणमा नै बामपन्थी र दक्षिण पन्थी बीच घम्सा घम्सी मच्चियो । पार्लियामेन्टको गतिविधिबाटै दिल्ली दरबार पुग्न थाल्यो अन्तमा । शिशु प्रजातन्त्रलाई निमोठ्ने भगिरथ सफल प्रयास गरे वाम र दक्षिण पन्थीहरुले । यस्तै खेलमा सर्वप्रथम राजा विरेन्द्र निमोठिए त्यसपछि उनले लगाएको लालमोहरवाला प्रजातान्त्रिक संविधान २०४७ लाई निमोठे । विश्व परिवेश प्रजातान्त्रिक व्यवस्थामा प्रजातान्त्रिक काम नगरी वल जफतीको काम गरियो त्यो दुखद् हो । क्रिश्चियन बाहुल्यताले नेपाली नेताहरुलाई खरिद गर्यो जे चाहेका थिए त्यही गर्यो । नेपाली युवा (केटा)हरुलाई पढाईको व्यवस्था मिलाई मासिक तलब समेत दिई आफ्नो प्रयोगमा ल्याएका
छन् । हुन त यस्तो कार्य आर्थिक प्रलोभन गरिवताले गर्न नेपाली केटाकेटीहरु बाध्य भए । आमा बाबाले पढाउन नसके पनि क्रिश्चियन धार्मिक संस्थाहरुले पढाई दियो तापनि बुद्धि नपुगेको कलिलो उमेरमा गरेको सहयोग विर्सन सक्दैनन् । जव होस आउछ अनि मात्र नेपाल आमाको माया मुटुभरी पलाएर आएको हुन्छ के गरुन विचराहरु ।
नेताहरु र सरकार सारा जनताका अभिभावक हुने भनि हामीले स्वीकारे पनि हाम्रो इच्छा विपरित गर्दा हामी स्वयम दुःखी हुन्छौं ।
सबै गतिविधिको अध्ययन गर्ने हो भने नेपालको पूर्ण हितमा रहेको सन्त नेता कृष्ण प्रसाद श्रेष्ठ र गणेशमान सिंह मात्र लागेका थिए भनेर केही हदसम्म भन्न सकिन्छ । नेवार जातीले नेपालको अहित तर्फ कहिले सोचेनन् । कोईराला परिवारमा गिरिजा बाहेक अरुहरुले पनि नेपाललाई विदेशीको कोल्टामा पार्ने खेल खेलेनन् । गिरिजा दिमागमा सिमा
पारीबाट भरिएको पम्बले नेपालमा उपद्र मचाई असफल राष्ट्र बनाउने खेलहरु अवश्य भएकै हुन् ।
यदि थिएन भने नेपालमा अस्थिरता आउने काम गर्न नहुने थियो आफै अर्थात आफ्नो पार्टीका प्रधान मन्त्रीद्वारा सांसद भंग गर्न लगाई फेरी पुनरवहालीको नाममा विरोध गरी रत्नपार्कमा सांसदको अधिवेशन बसाल्नु पटक पटक गैर संवैधानिक काम गर्नु सर्वप्रथम देशमा अशान्ति फैलाएपछि शान्ति प्रक्रियाको लागि ती हरकत गरेको हुँ भन्नु ती हरकत जो दिल्ली दरबारमा १२ बुँदे नेपालको अहितकर सन्धी गरेका थिए त्यसतर्फ अव सतर्क हुनै पर्दछ ।
राजाले पनि करन सिंह जस्ता भारतीय नेताहरुको विश्वासमा नेपालको एकतारुपी राज संस्था गिरिजा जस्ता
अराष्ट्रीय सरहका व्यक्तिलाई जनताको नासो रुपी श्रीपेच तथा राजदण्ड बुझाउनु ठीक थिएन तर राज दरबार र त्यहाँ भित्र रहेका सम्पत्ति सबै बुझाएकोमा वर्तमानको समयमा त्यहाँ हेर्दा आँखाबाट आशु कुन
राष्ट्रभक्तहरुको नआउला । त्यहाँ भएका सामान कारपेट लगायतका अरु मुल्यवान सामान समेत लगी चोरी सकेका छन् । बरबुझारथको लगत प्रत्येक कोठामा टासेको हुनुपर्नेमा छैन । राजाको रिसले गिरिजा प्रसादले गरेका सबै हरकतहरु राष्ट्रघाती त छदै थिए तर ठूलो गल्ती महाकाली नामको सन्धीमा गरे, सुगोली सन्धीमा गुमेको जमिन १९५० को सन्धीले खारेज गरेको हुँदा ठूलो गल्ती भएको छ भन्ने भारतीय नेताहरुको थियो । यदि कुनै बेला नेपाल शक्तिमा आयो भने भारतलाई दुःख दिन सक्छ भन्ने ठूलो चिन्ता थियो । भारतलाई टनकपुर सन्धीले भन्ने कि गिरिजा प्रसादले त्यत्ति रोकाई दियो, त्यो सन्धी केवल पानी प्रयोगको लागी देखावटी भए पनि भित्ररुप अर्कै थियो । यो देशको क्यान्सरको रुपमा रहेका गिरिजा, प्रचण्ड, बाबुराम जस्ता थिए । जति उपलब्धी २०४७ पछि भन्दा पनि ५२ पछि भयो त्यो त राजसंस्था नहटाएर, राजा विरेन्द्रको बंशनास हुने गरी नमारेको भएपनि जरुर हुने नै थियो ।
अव यस देशमा डा. प्रेमसिंह बस्न्यात, पत्रकार युवराज घिमिरे,
युवराज गौतम जस्ता स्वाभिमानी नेताहरुको पनि आवश्यकता देखिन्छ । यो देशको अहितमा कोही उभिन्छ भने सारा नेपालीले एकजुट हुनै पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *