के हामी विदेशीका दाश बन्दै छौं ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज नेपालीको गौरवमा ह्रास आएको छ, स्वाभिमान माथि बलात्कार भईरहेको छ, बलात्कारीहरु मौलाई रहेका छन् । नेपालका युवा युवतीलाई विद्या आर्जनको र वैदेशिक रोजगारी, (डिभी) अमेरिकामा बस्न पाउने अनुमतिको बहानामा स्वाभिमानी यूवकहरुलाई बाध्यात्मक विदेशीको दाश बन्ने बनाउने षडयन्त्र २०४७ पछिका नेताहरुबाट अवश्य भईरहेको छ । त्यति मात्र होईन जुन रुपले व्रिटिस भारतलाई हेथ्र्यौ त्यही रुपले हामीमाथि हैकमवादको षडयन्त्र भैरहेको छ । नेपालीहरु खासगरी भारतको भन्दा प्रत्यक्ष दाश युरोपियनहरुका भएका छन् । भारत नेपालको छिमेकी भएको नाता र १९५० को मैत्री सन्धीले बेरोजगार नेपाली युवाहरु बेरोकटोक रोजगारीको लागी भारत गएका छन् भने कसैलाभई छात्रवृत्ति दिएकोले पढनको लागी भारत पसेका छन् पस्नु
अपराध हैन, जनता जहा पनि आफ्नो गुजारी आफै गर्थे तर नेताहरु भने भातरको निर्देशनमा नेपाली जनतामाथि अप्राकृतिक शासन गरी रहेका छन् जुन हास्यास्पद छ । नेपालले जसलाई छात्रवृत्तिमा पढायो र भारतले जे जति विद्यार्थीलाई पढाई दियो ती सबैलाई नेपालको विरुद्धमा खडा हुने हिम्मत र बुद्धि दिएको छ । जस्तो कि पुर्व प्रधानमन्त्री तथा माओवादीका कमाण्डर
थिए, त्यस्ता त्यस्तै व्यक्तिलाई हातमा लिई नेपाल विरुद्ध काम गर्न लगायो भने गिरिजा जस्तालाई नेपालमा अस्थिरता पैदा गराउने काममा प्रयोग गरे । यस्तो बुद्धि सिकायो कि घरमा आग लगाई पानी खोज्न सिकायो । सरकारले मात्र हैन भारतका उद्योगपति व्यापारीले समेत गिरिजा माधवलाई हातमा लिई उहा“हरुले मागे जति दिएर नेपालका उद्योग बन्द गराई भारतबाट उत्पादित बस्तु किन्न लगायो । प्रमाणको लागी नेपालका सैनिक प्रहरी र नेपाली कृषकहरुले धेरै रुचाएको हटौडा कपडा जसले ७५ प्रतिशत माग पुरा
गरेको थियो त्यसलाई बन्द गरी गराई पुर्ण रुपले भारतमुखी बनायो ।
भारतमा मोटरसाईकल, जीप, टेक्टर, एकद्वार प्रणालीद्वारा नेपाली बजारमा बेच्न लगाई त्यसबाट प्राप्त मुनाफाको अंसियार नेपाली नेताहरुलाई पूर्ण रुपले बनाई अझै त्यो कुलतबाट नेपाली नेताहरुलाई छुटाउन असम्भव भै रहेको
छ । पूर्ण रुपले भारतमुखी बनाएकोले समय समयमा नेपालीहरुको का“धमा बन्दुक राखी नेपालमाथि आक्रमण भैरहेको छ । अन्तमा गएर पेट्रोलियम पदार्थमा समेत एकाधिकार जमाई नेपालका सुरक्षाकर्मी सुरक्षा संयन्त्रलाई पंगु बनाउने खेलमा लागी रहेका प्रमाणहरु प्रसस्त छन् । देशका जनतालाई आपुर्ति गर्ने तरिका सरकार र नेताको होला तर सामरिक सामग्री खरिद गर्ने, उत्पादन गर्ने गराउने काम सैनिकहरुको भएकोले सेनाले आफूलाई चाहिने
खरखजाना, लत्ताकपडा भाडावर्तन स्वयम आफै उत्पादन गर्नु पर्दछ ।
भारतमा बसी नेपालमाथी आक्रमण गर्ने गराउने नेताहरुबाट नेपालको भलो कहिल्यै हुनेछैन । यदि समयमा नै नेपाली सेनाले सतर्क भएन भने नेपाली सेनामाथि कुटनीतिक हमलामा बृद्धि हुन बेर लाग्ने छैन ।
सेना र न्यायालयमाथिको स्वदेशी तथा विदेशी हस्तक्षेपले नेपाली जनताका हक अधिकार कुण्ठित हुनेछन् । न्याय माग्ने सेवाग्राही पनि कमजोर हुदे जानेछन् किन भने पेशागत अधिवक्ताहरुमा धेरैको मनसाय हुन्छ कि मैले यो उ पार्टीको सेवक हुन सकेमा मलाई पनि न्यायाधीश बनाई देलान भन्ने मनसाय बोकेका हुनाले सही कुराको बहस पैरवी गर्नमा समेत हिचकिचाहट भएका घटनाहरु हामीले देखेका छौं, त्यस कारण न्यायालयबाट न्यायसंगत इन्साफ पाईने ग्यारेन्टी वर्तमानमा किन छैन भने यो देशमा अस्थिरता पैदा गराउन प्रधान न्यायाधिश माथि नै पटक पटक अनावश्यक अनैतिक आक्रमण गरिएका छन् । नियुक्ति गर्नेहरु टुलुटुली हेरीरहेका छन् । नियुक्ति गर्ने
अधिकारीहरुले सम्पूर्ण इन्क्वाईरी गरेर उपयुक्त ठानी प्रधान न्यायधीशमा जनताको हितको लागि सरकारमाथि समेत न्याय अन्याय हेर्न नियुक्ति भईसकेपछि समयावधि सकिनासाथ टिका टिप्पणी गर्नु उपयुक्त होईन् । जन्म मितिले न्याय दिने र नदिने भन्ने हुदैन यदि अरु सर्टीफिकेटहरु नपढेरै नक्कली बनाई किर्ते गरेको हो भने कार्वाही गर्नु उपयुक्त हो । प्रधान न्यायाधिश माथि जन्म मितिको बहाना देखाई देशको सर्वोच्वताको नै बदनाम गर्न खोज्यो यो नै देशको लागि दुर्भाग्य हो । यस्तालाई कडा कार्वाही गर्नुपर्छ जसले सबैमा गर्नुपर्ने काम नगरी अनावश्यक देशलाई उल्झनमा पार्नेकाम
गरेका हुन्छन्, यस्ता क्रियाकलाप गर्नेमाथि सर्वोच्व अदालतका मात्र नभई अधिराज्यभरीका न्यायाधीश,अधिवक्ता तथा अन्य न्यायकमीहरुले समयमा नै गम्भीर रुपले सोची न्यायालयमाथि आक्रमण नहुने काम गर्नुपर्दछ
र अदालतलाई सेवक बनाउने प्रवृत्ति नत्यागेमा देश झन संकटमा
जानेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *