यार्सा संकलन गर्न लेक तिर जानेको लर्को

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बझाङ, २४ चैत्र
नेपाल जलस्रोत तथा जटिबुटीको धनी देश भनेर चिनिएको छ तर बादरको हातमा नारिवल झै भएको छ । यार्साबाट आय आर्जन दुई प्रकारको छ, एउटा निजी दोस्रो साँझा अर्थात राजश्व असुली हुने जटिबुटी । नेपाललाई केवल राजश्व चाहियो भोलीका दिनहरुमा के हुने हो वास्ता छैन्, नेपालमा हुने जडिबुटी छिमेकी भारत र चीनका हिमालयहरुमा पनि पाइन्छ । त्यहाँ यस्तो हलचल छैन् उनीहरुले विश्व वनस्पति संरक्षकको लिईएको छ, यार्सा यस्तो बुटी हो एक पटक उखेली सकेपछि उ फेरी उम्रदैन न फुल्ने गर्दछ । अमिबाको वंश बृद्धिको जस्तै बृद्धि हुन्छ भन्न सकिन्छ त्यस कारण आजसम्मको अध्ययनमा सुरुका वर्षदेखि दोब्बर तेब्बरले कम उत्पादन हुदै गएको छ । कुनै ठाउँमा त एकदम छदैछैन, त्यस्तै अरु ठाउँमा पनि यसरी नै अनियन्त्रित रुपले संकलन गर्दै जाने हो भने पछि चित्रमा मात्रै देख्न सकिने छ फिल्डमा पाईने छैन त्यसैले समयमा वैज्ञानिक तरिकाको रेखदेश संरक्षण र उत्पादन गर्नुपर्ने देखिन्छ, यार्सा मात्र हैन अरु जडिबुटी पनि प्रसस्त छन् जुन क्षेत्रमा संकलन गरेयो त्यो क्षेत्र दुई तीन वर्षपछि उजाड बन्दै गएको छ । त्यो संकलन कै अनियन्त्रितले गर्दा भएको भन्दछन् पाँचऔले, कुमकुम, सतुवा आदिका संकलन कर्ताहरु । जे जति फाईदा बेफाईदा भएपनि विगतका वर्षहरु जस्तै यस वर्ष पनि यार्सा संकलन गर्नका लागि लेक तिर जानेहरु लर्को लागेको छ । तीन महिना लेकमा गएर यार्सा संकलन गरी सुर्मा, काँडा, मष्टा, छविस पाथेभेरा गाउँपालिका र बंगल, र जयपृथ्वी नगरपालिका सर्व साधारण स्थानीयहरुले अहिले लेक तिर यार्सा गुम्बा संकलन गर्न जान थालेका हुन् ।
तीन महिना यार्सा संकलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि यहाँका स्थानीयहरु सह परिवार सहित यार्सा संकलन गर्न लेक तिर जाने गरेको स्थानीय देव बोहराले बताएका छन् ।
यहाँका धेरै जस्तो स्थानीयहरुले यार्सा संकलन बाट नै सदरमुकाम चैनपुर, धनगडी(कैलाली) महेन्द्रनगर(कन्चनपुर) काठमाडौँसम्म घर तथा जग्गा खरिद गरी सकेका छन् ।
अहिले लेकमा हिउँ भएको भए पनि तल्लो बेल्ट तिर यार्सा पाइन थालेपछि लेक तिर जान थालेका हुन् । चैत महिनाको अन्तिम साता बाट लेक तिर जाने गरेका यहाँका स्थानीयहरु असार महिनाको अन्तिम तिर मात्र घर फर्किन्छन् ।
दौलीचौर, सुर्मा, काँडाका स्थानीयहरु अहिलेको सिजनमा घरमा ताला लगाएर यार्सा संकलन गर्न जाने गरेको सुर्मा गाउँपालिकाका पे्रमबहादुर बोहराले बताएका छन् । सुर्मा गाँउपालिकामा पाखो जमीन भएका कारण उब्जनी नहुने र तीन महिना यार्सा संकलन गरेर वर्ष भरी गुजरा चलाउने बाँकी भारत तथा विदेश रोजगारी गरी परीवारको लालन पालन गर्ने गरेका उनको भनाइ छ ।
सुत्केरी महिला, हिडडुल गर्न नसक्ने वृद्ध–वृद्धा र स–साना हिडडुल गर्न नसक्ने बालबालिका बाहेक सबै अहिलेको सिजनमा यार्सा संकलनका लागी लेक तिर लागेको स्थानीय कलकबहादुर बोहराले बताएका
छन् । गत विगतका बर्षहरु भन्दा क्रमीक रुपमा यार्साको उत्पादन घट्दै गएको उनको भनाइ छ । गाँउ नै शुन्य बनाएर अहिले यहाँका स्थानीय यार्सा संकलनका लागि लेकतिर गएको बोहराले बताएका छन् । यदी कुनै व्यक्तिले राजस्व नतिरेर यार्सा संकलन
गरेको फेला परे दोब्बर जरीवाना गरिने र गाउँपालिकाभित्र बसोबास गर्ने स्थानीहरुको हकमा गाउँपालिकाबाट दिइने सेवा सुविधा नै रोक्का गर्ने निर्णय गाउँपालीकाले गरेको छ । राजश्व मात्र नहेरी त्यसको उत्पादन के कस्तो छ भन्ने कुरालाई वैज्ञानिक तरिकाले मात्र अर्को वर्षको लागि संकलन गर्ने अनुमति दिनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *