प्रधानमन्त्री ओली भारत भ्रमणमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
काठमाडौं, २४ चैत्र
२००७ सालदेखि नेपालमा जति पटक प्रजातन्त्र आयो त्यति पटक प्रजातन्त्र ल्याउनेले नै फिर्ता लगेको इतिहास नेपालमा रहेको
छ । आज यस देशमा राम्रो नराम्रो जे
भईरहेको छ त्यसबारेमा छिमेकी राष्ट्रले टिकाटिप्पणी गर्दा हस्तक्षेप भएको भन्ने बुझिदा मनमा जे सुकै भएपनि मुखले यो धेरै राम्रो छ भनेर नेपाली नेताहरुलाई फुरफुर्याउने काम
भारतबाट हुनु दुखद नभएर सुखद नै हो यो युग स्वर्णीम युग हो वा फलामे युग सम्पूर्ण नेपालीलाई थाहा छ तर नेपालीको इच्छा एउटा
रहेको छ जसरी नेपालमा नयाँ व्यवस्थाको थलनी हुँदा २००७ साल अर्थात १९५० को संक्रमणकालको मौका छोपी भारतले १९५० को नेपाल भारत मैत्री सन्धि ठीक बेठिक जे भएपनि पास गर्यो त्यसपछि २०४६ सालको परिवर्तनमा नेपालका नदी नालाहरु साँझा हुन भनेर घोषणा गरियो । त्यस्तै २०६२÷६३ मा नेपालको विरुद्धमा उभिएका राजनीतिक ७ पार्टी सित आफ्नो संरक्षकत्वमा अनौपचारिक तथा गोप्य रुपबाट १२ बुँदे नेपाल विरुद्धको सम्झौता ७ पार्टी सित भयो त्यसरी नै संविधान निर्माणको बेला गर्न थालिएका के के कुरा थिए प्रष्ट थाहा नभए पनि मौकाको फाईदा लिने हिसाबले नेपाली जनताको विरुद्धमा अहित हुनेगरी नेपाल भारत दुवै देशका प्रधानमन्त्रीहरु तथा व्यापारी उद्योगीहरुले सम्झौता गर्नु हुदैन र नेपाल हेपिने हिसावले बाध्यात्मक तरिकाद्वारा कुनै पनि सन्धि सम्झौता गरियो भने नेपाली जनताले सहन गर्न सक्ने छैनन्, अर्को कुरा सुगौली सन्धिलाई विषको रुपमा नराखी अमृतको रुपमा दुवै थरीले लिई इतिहास जिवित राख्नुपर्ने नेपाली जनताको धारणा रहेको पाइन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा लोकतन्त्रको स्वर्णीम अध्याय शुरु भएको भन्दै यसले भारतलाई निकै हर्षित बनाएको बताएका छन् ।
मोदीले आफ्नो सम्बोधनमा भने, ‘नेपाल राजनीति इतिहासको नयाँ यूगामा प्रवेश गरेको छ । छिमेकी मित्र देश र विश्वको सवैभन्दा ठूलो लोकतन्त्र भएको देशको नाताले छिमेकी नेपालको स्वर्णीम अध्यायाको शुभारम्भ हुनु भारतका लागि हर्षको विषय हो ।’
नेपालमा संविधान जारी भएपछि त्यसको अन्तरबस्तुमा असन्तुष्टि जनाउँदै आएको भारतले तीनैचरणका चुनाव र त्यसमा बामपन्थी गठबन्धनको विजय भएपछि आफ्नो ‘पोजिसन’ हेरफेर गरेको देखिएको छ ।
शनिबार नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री केपी ओलीसँगको संयुक्त प्रेस विफ्रिङमा भारतीय प्रधानमन्त्री मोदीले
भारतको विकासका लागि आफुले अगाडि सारेको ‘सवका साथ, सवका विकास’ नामक भिजन र नेपालका प्रधानमन्त्री ओलीले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नामक भिजन एकअर्काको पूरक भएको विभिन्न समाचार माध्यमहरुबाट प्रकाशमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *