स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रहः भ्रष्टाचारबाट टाढै रहनुस्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
काठमाडौं, १७ चैत्र
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताएका छन् ।
राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् महत्वपूर्ण हुने उनले बताए ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको शनिबार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहोस् ।’
स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य रहेको भन्दै उनले धेरै काम हुनेमा आफू आशावादी
रहेको बताए । ‘अहिले ५१ प्रतिशत उपाधक्ष्य ४० बर्ष भन्दा मुनीका, एक चौथाइ अध्यक्ष ४० बर्ष भन्दा कम उमेर समूहका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा पनि स्थानीय तहको विकास नभए कहिले होला त ?’
प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन आग्रह गरेका छन् । भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुलाई टाढाबाट हेर्दा मात्र होइन, नजिकबाट हेर्दा पनि दाग नदेखियोस् ।
उनले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने बताए । सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *