पृथ्वीनारायण शाहसँगका पराजितहरु बदलालिने क्रममा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

२५० वर्ष पुर्व नेपाल विश्वमा शक्तिशाली नै नभए पनि छिमेकीहरु सित भने जोरी पारीको नै थियो भन्न सकिन्छ । त्यति बेलासम्म दक्षिण एसियाले स्थायित्व प्राप्त गर्न नसके कै हो । स्थायित्व र अपनत्वको लागी
यूरोपियनहरु अर्थात इंगलैण्डले समेत हक, चक नमिल्ने एरियामा पनि आक्रमण गरी, दक्षिण हालको भारत कनियाकुमारी, औरंगावाद महाराष्ट्र प्रदेश भित्रका सम्पूर्ण राज्य त्यस्तै, मध्यप्रदेश, उत्तर पुर्व इण्डिया मेघालय असाम, नागालैण्ड हालको बंगलादेश विहार, उत्तरी भारत, जम्भु कास्मिर पाकिस्तान सम्मको भूभागलाई आफ्नो अधिनमा राखी सकेको थियो । उत्तर पुर्व भोटदेखि दक्षिण तर्फको भूभागलाई अपनाउदै कागडा र टिष्टा विचको भूभाग दरभंगाको एरिया दक्षिण सम्म पृथ्वीनारायण शाह त्यस पछि शाहवंसिय राजाहरुको नेतृत्वमा विजय प्राप्त
गरेको नेपालको भूभाग सुगौली सन्धीमा गुमाए पनि नेपाल भारतको १९९० को सन्धीको दफा ८ ले फिर्ता भईसके पनि हकभोग चलन चल्तीमा ल्याउन भने आजसम्म सकेको छैन । वर्तमान नेताहरु त्यत्रो भाग छोडी कालापानीमा मरिमेटिरहेका छन् । त्यस्तै दरभंगले छोडी सुस्तामा अल्झी रहेका छन् । हाम्रा पुर्खाले कमाई दिएका आलीकान्ला पनि हामी अपनाउन नसकि छोडी
रहेका छौ तर पुर्खालाई गाली गर्नमा भने हामी अगाडि सर्दैछौं ।
नेपाललाई हेप्नुको कारण र शाहस
हाम्रो डोटेलीमा भनाई छ
“घरकी राण, परकिलै राण” भनाईको मतलब आफ्नो श्रीमती घरपरिवारका सदस्यहरुलाई सार्वजनिक रुपमा हेप्ने गर्यौ र अभद्र व्यवहार गर्यौ भने बाहिरकाले पनि त्यस्तै गरी झन हेप्न खोज्दछन् । त्यस्तै अर्को उखान छ चराले आफ्नो गुड आफै देखाउछ । हो हामीले त्यस्तै गरी राखेका छौं । जव जतिबेला राजा विरेन्द्रले २०४६ सालमा भनेका थिए, विदेश सित झुक्नु भन्दा म मेरै देशका जनता सित झुक्छु भन्नुस के गर्नुपर्छ जे राम्रो हुन्छ त्यही व्यवस्था बनाउनोस । निर्दलीय पंचायत व्यवस्थालाई निलम्बन गरि दिन्छौ भनेपछि २०४६ चैत्रमा बहुदलिय व्यवस्थाको पुनरवहाली भयो संवैधानिक राजतन्त्रमा सवै अटाए । जव राजीव गान्धी र राजा विरेन्द्रबीच प्राविधिक रुपले गुप्तचर व्यूरो केसी नोकर शाहीको चंगुलमा राजीव र
राजा विरेन्द्र फसे फसाईयो । त्यो दिर्घ योजना अन्तरगत नेपाली नेताहरुले राजालाई आफ्नो नठानी विदेशीहरुलाई आफ्नो ठानी गृहयुद्ध जसको रुप जनआन्दोलन थियो । त्यसको लागी योजनाहरु दिल्लीमा बने उतैबाट लडाकुलाई तालिम हतियार दिई नेपालीलाई नेपाल विरुद्ध लड्न गयो । आज चारैतर्फबाट
अन्तराष्ट्रिय कानून विरुद्ध जाती भेद लिंगभेद गराई जातिय दंगाको
विउ रोप्ने काम यूरोपेली युनियन समेतबाट भई रहेकोले अवश्य देशले संकटको सामना गर्नु पर्ने अवस्था आउने देखिन्छ । यो देशमाथी जे
भईरहेको छ त्यसको गम्भीर अध्ययन गरी समयमा नै देशको बारेमा
संरक्षणको विकल्प खोज्नु बुद्धिजीवि, वकील, न्यायाधीश, विश्वविद्यालय
उच्च राष्ट्रसेवकहरुको जिम्मा आएको छ ।
यदि ठूला अग्रज कानूनविद,
राजनीतिज्ञहरु कुनै अमुख पार्टीको लोभमा फसी आफ्नो कर्तव्य विर्सन्छन् भने नेपाल विर्से भनि ठान्नु पर्छ । जुन देशमा हामी जन्मेका छौं हुर्केका छौ तर कमाई खान र सेवा गर्न विदेशलाई छान्ने हो भने हामीलाई विश्वभरीका समुदायले हेप्ने गर्दछन् । आफ्नो मैत्री सम्बन्ध सबै राष्ट्रसँग राख्नु पर्छ तर मेरो घर फुटाउन घरका अर्थात देशका ठूला अग्रज जेष्ट प्रतिभा शक्तिमानलाई कमजोर पार्ने अर्थात शसस्त्र आन्दोलनको नाममा देशमा रगत बगाउने काममा सरिक भई विदेशीलाई गुहार्दा उसलाई निहु खोज्न भई
राखेको बेला “कानी के खोज दुई आखा तानी” भनेझै हुनु ठूलो कुरा होईन । २००७ सालको नेपालीहरुले प्रजातन्त्रको लागी गरेको आन्दोलनमा राणा शासन कालमा धेरैको हत्या भएन जतिको हत्या २००७ पछि हाल सम्मका नेताहरुबाट भयो ।
ज्यानमाराले ज्यानमारा केश मिलाई माग्न पुराना दिनहरुमा ठालुहरुका घरदैलो चाहर्दै गरेझै आफ्ना देशका नागरिकहरुको हत्या गरी हत्याको पतिया गरि माग्न र मार्नको लागी भारत पस्ने र आशिर्वाद लिने नेताहरुको कमी कमजोरीलाई ध्यानमा राखी आफ्नो हैकम जमाउन
खोजिरहेका हुन्छन् । भारत त आफ्नो छिमेकी मित्र राष्ट्र हो तर हामी सित लडाई गर्ने तत्कालिन सत्रु पक्ष हालको घटनाक्रमले मित्र मान्नु पर्ने युरोपियन देशहरुले नेपाली नेताहरुलाई हेप्नु घृणित काम हो । अंग्रेज र नेपालको लडाई हुँदा हार खाएको अर्थात विश्वसामु प्रत्यक्ष जित्न नसकेको नेपाललाई आज जिति नेपाल माथि विजय प्राप्त गर्न खोजिरहेका छन् । दिल्लीमा गरिएको १९५० को सन्धी मात्र हैन टनकपुर सन्धी तथा ७ राजनीतिक दलका नेताहरुले दिल्लीको संरक्षकत्वमा
गरेको १२ बुदे सम्झौता नै नेताहरुको सोक भएको छ । नेपालको प्रधानमन्त्री नेपाली जनताद्वारा भएका हुन तर भारतले बनाई दिएको सोच राखी प्रधान मन्त्रि नियुक्ति हुदै आफ्नो ओहदाको प्रमाण पत्र दिल्ली दरवारमा बुझाउनै पर्ने बाध्यताको सुरुवात भएको छ । द्वन्द्वकालमा र त्यसपछि नेपालबाट हिन्दुराष्ट्र, राजसंस्था निलम्बनमा मागेको सहयोग कै प्रतिफल हो नेपाल हेपिने बाटो । यो देश ७ दलको मात्र थिएन र छैन पनि तर जे मन लाग्यो त्यही
गरी रहेका छन् र त्यो नै देशको चिन्ता हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *