पानीको मुहान संरक्षण गर्न सबैको भूमिका महत्वपूर्ण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १७ चैत्र
जलवायु परिवर्तन सँगै पानीका मुहानहरु सुक्दै जादा प्रत्यक्ष असर मानववस्तीमा पर्न थालेपछि पानीको मुहान संरक्षण गर्नु सबैको भूमिका रहेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महेन्द्रनगरमा आयोजना गरेको ‘पानीको लागि प्रकृति विषयक सेमिनार’ सम्पन्न भएको छ । कार्यक्रमका सहभागीले भविष्यका लागि पानीको मुहान संरक्षणमा जोडदिएका हुन् । सेमिनारको उद्घाटन गर्दै ७ नम्बर प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री माया भट्टले प्राकृति स्रोत साधन संरक्षणमा जोडदिए । पानीको मुहान
संरक्षण गर्नका लागि सरोकारवाला निकायले समेत प्रतिबद्धता जाहेर गरेका छन् ।
पछिल्ला बर्षहरुमा जलवायु परिर्वतनका कारण नेपालका मुहान सुक्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै सरोकारवालाले मुहान संरक्षणमै जोडदिएका
छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जिवराज प्रोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । नाष्टले
महेन्द्रनगरमा उक्त सेमिनार गरेपनि विज्ञान,
पर्यावरण क्षेत्रका अनुसन्धानकर्ताले समेत असन्तृष्टी जनाएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले वैचारिक ढङले विभेद गर्दै नाष्टको अनुसन्धान वृत्ति पाएका एव अनुसन्धानको क्षेत्रमा सकृय अनुसन्धानकर्मीलाई सरोकारवाला विषयमा जानकारी नदिनु दुखदायी र पुर्वाग्रही भएको बताएका छन् । २०७४ सालमै नाष्टको अनुसन्धान वृत्ति पाएका एक जना अनुसन्धानकर्मीले नास्ट सुपको शाखा विज्ञान र प्रविधिको विकास भन्दा राजनीनतिक पुर्वाग्रही बन्दा आफुहरु जस्ता अनुसन्धानकर्मीलाई खबर
नगरेको बताएका छन् । ‘विज्ञान र प्रविधिको विकास गर्न स्थापित भएको संस्थाले यस्तो राजनीतिक पुर्वाग्रही
राख्यो, ‘उक्त अनुसन्धानकर्मीले भने, ‘संस्था विज्ञ समुह भन्दा पनि राजनीति समुहप्रति बढि उत्साहित देखियो ।’ आगामी दिनमा राजनीतिक पुर्वाग्रही
नराख्न समेत आग्रह गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *